सडक

कास्कीको घट्टेखोलामा सुख्खा पहिरो, पोखरा-बागलुङ राजमार्ग अबरुद्ध

सन्देश श्रेष्ठपोखरा, कात्तिक २३ कास्कीको अन्नपूर्ण गाउँपालिकाको घट्टेखोलामा सुख्खा पहिरो गएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित घट्टेखोलामा दिउँसो करीब ३ बजे सुख्खा पहिरो खसेको कास्की प्रहरीले जनाएको छ । सुख्ख पहिरोका कारण बागलुङ–पोखरा राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक (ईन्सपेक्टर) दीपक रिजालले जानकारी दिए । अबरुद्ध बाटो खुलाउने प्रयास भइरहेको उनले बताए । पहिरो गएको थाहा पाएलगत्तै वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक (ईन्सपेक्टर) राम सापकोटाको नेतृत्वमा २० जनाको टोली डोजरसहित… पुरा पढौ

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु

नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट खस्दा घाइते भएका तीन जनालाई उपचारको लागि त्रिशूली अस्पताल पुर्याए पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ खनियाबाँसका ४७ वर्षका बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ माथिल्लो खुर्सानेका २७ वर्षीया सुनिता थापामगर र ३१ वर्षीया बिन्दा थापामगर रहेका छन् । बा ९९… पुरा पढौ

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन् । यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्यामा सोचअनुसार आउन सकेका थिएनन् । तर, तिहार नजिकिएसँगै मौसम अनुकूल बन्दै गइरहेकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन सङ्ख्या बढेको… पुरा पढौ

लेकसाइडबाट दुई महिलासहित ३१ जना पक्राउ

कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रबाट २ महिलासहित ३१ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले चाडपर्वलाई लक्षित गरी संचालन गरेको अपरेशन सभ्यता अभियानका क्रममा पर्यटकीय क्षेत्र लेकसाइडमा अनैतिक तथा अवाञ्छित गतिविधि गर्ने ३१ जनालाई नियन्त्रणमा लिएको हो । गएराती देखि शनिबार विहानसम्म गरिएको अपरेशनका क्रममा मादक पदार्थ ।सेवन गरी सवारी साधन चलाउने, झण्डीबुर्जा खेलाउने, प्रहरीसँग विवाद गर्ने, हो हल्ला गरी शान्ति भंग गर्ने कार्यमा संलग्नलाई पक्राउ गरी, अनुसन्धान तथा कारवाही प्रकृयाअगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी… पुरा पढौ

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (पोखरा–जामुने)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डिएलपी) सुरु भइसकेको छ”, उनले भने, “डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।” इन्जिनियर पाण्डेका अनुसार कूल ४१.४५ किमि दूरीको उक्त खण्डमा… पुरा पढौ

पोखरा र स्याङ्जामा भएका दुर्घटनामा ३ जनाको मृत्यु , ३ जना घाईते

पोखरा र स्याङ्जामा भएका छुट्टाछुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । पोखरामा स्कुटरले ठक्कर दिदाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ ।पोखरा –२६ अर्घौचोकस्थित सडकमा बाटो काट्ने क्रममा ग १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री पर्वत जलजला गाउँपालिका–५ घर भई सोही ठाउँ बस्ने ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाटमा उपचारको क्रममा मृत्यु भएको… पुरा पढौ

बाजुराको बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् । बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका(२ बस्ने २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन् । यही कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेकामा तीन जना भने बडीमालिका पुगेर… पुरा पढौ

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका २ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । आज बिहान ४ः५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका ९ पिनथली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहित लेदो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहानदेखि… पुरा पढौ

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ ।शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि शुक्रबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । भारी हिमपात र वर्षाका कारण मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा… पुरा पढौ

मुस्ताङमा २७ वर्षीय पथ प्रदर्शकको मृत्यु

मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ पुगेका एक पथ प्रदर्शकको मृत्यु भएको छ । सोेलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए । पथ प्रदर्शक कुलुङ हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सका महिला पर्यटकलाई लिएर मनाङ हुँदै थोरङला पास पुगेर बुधबार राति मुस्ताङको वारागुङ मुक्तिक्षेत्र(१ मुक्तिनाथ पुगेका थिए । सूचना अधिकारी महतका… पुरा पढौ