सडक

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ । डुम्रे बेँसीसहर चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ को मृत्यु, १३ घाईते

सन्देश श्रेष्ठपोखरा, असोज २३ कास्कीको पोखरामा स्कुल बस दुर्घटनाहुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको कालिका माध्यमिक विद्यालयको ग.२ ख. १४१७ नम्बरको स्कुल बस ओख्लेभीरमा दुर्घटनाहुँदा ३ छात्रा, १ छात्र र एक जना प्रौढ गरेर कुल ५ जनाको मृत्यु भएको हो । मृत्यु हुने सबैको पहिचान खुलेको छ । मृतकहरुमा १५ वर्षिया ममता तिवारी, १५ वर्षिया शुभेक्षा तिवारी र १४ वर्षिया रुमिका नेपाली, १३ वर्षिय असीम कँडेल र ६५ वर्षिय बाबुराम तिवारीको… पुरा पढौ

पोखरामा विद्यालय बस दुर्घटना: मृत्यु भएका पाँचमध्ये चारजनाको पहिचान खुल्यो

पोखरामा आज बिहानै भएको स्कुल बस दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेस्थित भीरबाट खस्दा ४ विद्यार्थीसहित एक स्थानीयको मृत्यु भएको हो । दुर्घटनामा परि दुई बालिकासहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ को बस ओख्ले नजिक दुर्घटनामा परेको थियो ।मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ वर्षीय सुवेच्छा… पुरा पढौ

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम दु्रतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ । चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुुङ मार्ग प्रयोग भइरहेको छ । एक सय १४ मिटर लामो… पुरा पढौ

मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीमा तीन मोटरेबल पुल निर्माण सम्पन्न

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ । मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका–१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टेखोलानजिक पानीविहाडमा एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए । याम्दीखोलामा… पुरा पढौ

मेडिकल व्यावसायी खुमाप्रसाद अर्यालद्वारा गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

पोखरा । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. २ का खुमा प्रसाद अर्यालले गण्डकी प्रदेश खुला कोटातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अर्यालले नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। उहाँले यसअघि पार्टीमा कार्यवाहक कोषाध्यक्ष र आर्थिक संयोजकजस्ता महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। उहाँले पार्टी नेतृत्वमा आफ्नो व्यावसायिक अनुभव भित्र्याउँदै आर्थिक सुशासन, उद्यमशीलताको विकास, शिक्षा, स्वास्थ्य तथा आधुनिकीकृत कृषि क्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको छ। अर्याल स्वास्थ्य शिक्षातर्फ भैरहवा मेडिकल कलेज (यूसीएमएस),… पुरा पढौ

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज २३ गतेबाट टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो ।बैठकपश्चात् महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए । उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको जानकारी गराए ।… पुरा पढौ

हिउँ पन्छाएपछि अन्नपूर्ण चक्रीय पदमार्ग खुल्ला

अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ । मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो । लमजुङको बेँसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरु थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ आइपुग्छन् । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग बाक्लो हिउँ पन्छ्याएर पदयात्रा सहज पारिएको बताए । असोज ८ देखि ११ गतेसम्मको भारी हिमपातले थोरङला पास पदमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा पर्यटक आवागमन बन्द भएको थियो ।… पुरा पढौ

तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँको भानु नगरपालिका १० तल्लो मैदानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय शङ्कर पाण्डे र ६५ वर्षीय टङ्कनीति पाण्डे रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए… पुरा पढौ

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित,गलकोटमा ६३ घरमा क्षति

असोज ९ देखि ११ गतेसम्म आएको बाढीपहिरोबाट पर्वतका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई… पुरा पढौ