सडक

पृथ्वी राजमार्गः पश्चिम खण्डमा कालोपत्र सकियो

पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डकी इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ । यस्तै सेती नदीमा रु एक अर्ब सात करोड लागतमा चार लेनको ‘सिग्नेचर’ पुल निर्माण पनि धमाधम भइरहेको छ । चिनियाँ कम्पनीले यसैवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । एसियाली विकास बैंकसँग ऋण लिएर मुग्लिन–पोखरा सडक विस्तार गरिएको हो । रासस पुरा पढौ

एघार दिनपछि दमौली बजारको फोहर उठ्यो

एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ । व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा आजदेखि फोहर उठाउन थालेको हो । फोहर बिसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन सकेको थिएन । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले अहिले तत्कालका लागि अस्थायी ठाउँ खोजेर फोहर बिसर्जन गर्न लागिएको जानकारी दिए । उनले भने, “दमौली बजारमा लामो समयदेखि फोहर उठ्न नसक्दा दुर्गन्धित हुन थालेको छ । अहिले फोहर गाडेप तत्काल पुर्ने व्यवस्था… पुरा पढौ

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिएका हुन् । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक तथा शाखा सडकलगायत पूर्वाधार निर्माणले यहाँका कतिपय पर्यटकीय पदमार्ग मासिएका छन् । त्यस्ता पदमार्गको संरक्षण, विकास र प्रवर्द्धन गर्दै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ पछिल्लो समय एक्याप जोमसोम र लोमान्थाङले यहाँका पाँचैवटा स्थानीय तहमा पदमार्ग मर्मत तथा स्तरोन्नति… पुरा पढौ

पोखरामा नाराबाजीसहित सुकुम्वासीको प्रदर्शन

पोखरा महानगरपालिकाले जारी गरेको ३५ दिने सुचना विरुद्ध पोखरामा सोमबार सुकुम्वासीले प्रदर्शन गरेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति जिल्ला समिति कास्कीको अगुवाईमा पृथ्वीचोकस्थित बसपार्कको जग्गामा बसिरहेका सुकुम्वासीले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।उनीहरुले सडकमा विरोध प्रदर्शन गर्दै ३५ दिने सूचना खारेज गर्न माग गरेका छन् । यही वैशाख ३ गते पोखरा महानगरपालिकाले सूचना जारी गर्दै अतिक्रमित जग्गा र त्यहाँ निर्मित संरचना ३५ दिनभित्र हटाउन ‘अल्टिमेटम’ दिएको थियो । उनीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

सुकुम्वासीलाई आन्दोलनको सट्टा सहजीकरण समिति बनाउन पोखराका मेयर आचार्यको सुझाव

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुम्वासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार बनेको बताएका छन् । पोखरामा रहेका सुकुम्वासीहरूले संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेपछि मेयर आचार्यले व्यवस्थित बसोबासका लागि आन्दोलन र संघर्षका कार्यक्रम छोडेर सहयोग गर्न आग्रह गरे । उनले आन्दोलनको घोषणा गरेका उनीहरुलाई कसैको स्वार्थका लागि मानव ढालको रूपमा प्रयोग नहुन र अनावश्यक उत्तेजनामा नआउन आग्रह गरेका हुन् ।यहाँ रहेका सुकुम्वासीको समस्या समाधानका लागि जिम्मेवार ढंगले काम गरिरहेको भन्दै उनले संघर्ष समितिको सट्टा सहजीकरण समिति गठन… पुरा पढौ

कास्की समन्वयले गर्यो माछापुच्छ्रे गाउँपालिकाका योजनाको अनुगमन

जिल्ला समन्वय समिति कास्कीले माछापुच्छ्रे गाउँपालिकामा संचालित बिभिन्न योजनाको अनुगमन गरेको छ । समितिले आर्थिक बर्ष २०८२– ८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जानकारी दिएको छ। अनुगमन गरिएका योजनाहरूमा जिल्ला समन्वय समिति कास्की र माछापुच्छ्रे गाउँ पालिकाको लागत साझेदारीमा निर्माणाधीन माछापुच्छ्रे गाउँपालिका वडा न ६ को वडा कार्यालय मर्मत सम्भार तथा कम्पाउण्ड निर्माण योजना , बराह मा. वि भेडावारीको स्टेज निर्माण र कैलाश मा. वि पर्खाल निर्माण योजना , वडा न ४ को वडा… पुरा पढौ

वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री, सीतालगायत ठाउँमा पहिरो झरेको छ । यसैगरी, मुरुका दुई स्थानमा पहिरो झरेको छ भने पहिरोकै कारण धाउन्ने सडकखण्ड पनि अवरुद्ध हुन पुगेको छ… पुरा पढौ

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती,मनोहरा खोला किनारमा भने अवरोधको प्रयास

काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौँ महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् । काठमाडौँ महानगरपालिका— ११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती शनिबार हटाइएका हुन् । सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरी भत्काइएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार थापाथली… पुरा पढौ

कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ जारी, थप ६१ जना पक्राउ

कास्की प्रहरीले ‘स्वीप अप्रेसन’लाई निरन्तरता दिएको छ । बुधबार राती १० घण्टा निरन्तर ‘स्वीप अप्रेसन’ गरी १ सय २२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले थप ६१ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयले बिहीबार राति ९ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म सञ्चालन गरेको उक्त अप्रेसनका क्रममा पोखराका विभिन्न स्थानबाट ६१ जनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका वडा नम्बर २ र ४… पुरा पढौ

शिशुवा–खुदीखोला सडक उद्घाटन,पोखरामा हाल ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालनमा छन्: नगर प्रमुख आचार्य

पोखरा महानगरपालिका वडा नं ३० शिशुवा– शिसाघाट सडक खण्डको शिशुवा–खुदीखोला सडकको निर्माण कार्य सम्पन्न भएको छ । करिब ४ दशमलव १४ किलोमिटर उक्त सडकको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताए । “हामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएका छन्, नगर प्रमुख आचार्यले भने, यो साना दुखले भएको चिज होइन, आज गएर ल हामीलाई यो गर्दिनुस् न… पुरा पढौ