सडक

बेमौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए । सूचना अधिकारी नेपालले भने, “बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन… पुरा पढौ

निरन्तरको हिमपातले ‘हिडन भ्याली’मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा

निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातीदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायती पर्यटकहरु सो भ्यालीमा रोकिएका हुन् । धौलागिरि र सिता हिमालका बीचमा समुन्द्री सतहदेखि पाँच… पुरा पढौ

पोखरामा अचेत अवस्थामा भेटिएका प्रहरी हवल्दारको मृत्यु

पोखरामा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजना अन्तर्गत पोखरा १३ गौंडाकोमुखमा खटिएका प्रहरी हवल्दार ओमकुमार थापा अचेत अवस्थामा भेटिएका थिए ।अचेत अवस्थामा रहेका उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय,कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।नवलपुरको विनय त्रिवेणी गाउँपालिका ६ शिवपुरगढी घर भएका थापा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा दरबन्दी भई हाल सिआरभी भद्रकालीमा कार्यरत थिए । उनको… पुरा पढौ

तनहुँको एक्लेफाँटमा माइक्रो दुर्घटना हुँदा १४ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडक छेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको थियो । घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५… पुरा पढौ

सतर्कता अपनाउन कास्की प्रशासन र मादी गाउँपालिकाको आग्रह

जिल्ला प्रशासन कार्यालय, कास्कीले बिभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सोमबार देखि बुधबारसम्म गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकोले पदयात्रा र पर्यटनसम्बन्धी गतिविधिमा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।प्रशासनले आज सुचना जारी गर्दै पदयात्राका क्रममा पर्यटकहरुमा ‘लेक लाग्ने’ समस्या देखिएको साथै मृत्यु र आपतकालीन उद्धारका घटनाहरू बढेका भन्दै यात्रु तथा पर्यटन व्यवसायीहरूलाई थप… पुरा पढौ

म्याग्दीको बुकेनी र धापुङ्ग गाउँमा पुल बनेपछि स्थानीयको खुसीयाली

म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएसँगै करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुल निर्माण पछि एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका अध्यक्ष सविता रोकाले बताईन् । “धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय जान एक घण्टाको बाटो ३०… पुरा पढौ

म्याग्दीको दाङखोलामा मोटरेबल पुल अलपत्र हुँदा,अस्थायी पुलबाट यातायात सञ्चालन

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ । मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीस्थित दाङखोलामा ठेक्का सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण सुरु नभएको हो । करिब १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण कार्य सुरु नै नभएको धवलागिरि–७… पुरा पढौ

आन्दोलन छाडेर निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्री कार्कीको आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले सडक प्रर्दशनलाई छाडेर, निर्वाचनको तयारीमा जुट्न आह्वान गरेकी छन् । छठको अवसरमा आज जारी शुभकामना सन्देशमा उनले सडक प्रर्दशनबाट समस्याको समाधान नहुने बताउँदै, आझ्ना असन्तुष्टिलाई शान्तिपूर्ण तवरले जनताका माझमा राख्न आग्रह गरेकी हुन् ।“सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन” प्रधानमन्त्री कार्कीद्वारा जारी सन्देशमा भनिएको छ, “आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय… पुरा पढौ

एकैदिन मुस्ताङमा भित्रिए करिब सात हजार पर्यटक

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८ सय ५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको ९बेनी–जोमसोम० सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ एकैदिन छ हजार ५०६ जना… पुरा पढौ

छ वर्षमा पनि म्याग्दीको रणवाङ–दरवाङ सडक योजना अधुरै

म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो रणवाङ–दरवाङ खण्ड कालोपत्र गर्ने योजनाले छ वर्षसम्म पनि पूर्णता पाएको छैन । रणनीतिक महत्त्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सात किलोमिटर लामो सडकअन्तर्गत रणवाङ–तोलावाङ खण्डमा… पुरा पढौ