विश्व साइकल दिवसमा फिस्टेलको साइकल यात्रा


     एभरेस्ट आवाज    
     जेठ २० गते २०८३ मा प्रकाशित




पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी आई.बी वर्ल्ड स्कुलले विश्व साइकल दिवस २०२६ को अवसर पारेर पर्यटकीय क्षेत्र पामेसम्म साइकल यात्रा गरेको छ ।

विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले करिब १० किलोमिटरको साइकल यात्रा गरे । प्रदूषणरहित सावारी साधनको प्रयोग गर्दै शारीरिक तन्दुरुस्ती कायम गर्न तथा वातावरणीय प्रदूषणको न्यूनीकरण गर्न जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अभिषेक राईले जानकारी दिए । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले पामे क्षेत्रको फोहरमैला सङ्कलन गरी सरसफाइसहित व्यवस्थापन गरेको शिक्षक प्रेम नारायण ढकालले जानकारी दिए ।

यसैगरी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुले पोखरा २१ दम्सादी क्षेत्रको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै हाइकिङसमेत गरेका छन् । सो अवसरमा उनीहरुले जैविक विविधता, प्रकृति संरक्षण तथा वातावरणीय स्वच्छताका बारेमा विविध जानकारी प्राप्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।