सडक

पुस्तक व्यवसायी महासंघमार्फत् पुस्तक बेच्न सांसद पुनलाई पोखराका मेयर आचार्यको सुझाव

सन्देश श्रेष्ठपोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई पुस्तक बेच्दै नहिंड्न सुझाव दिएका छन् । यहि फागुन २६ गते सोमबार पोखराका तीन फरक ठाउँमा पुस्तक बेच्ने क्रममा सांसद पुन र सर्वसाधारणबीच विवाद भएपछि आज विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले यस्तो सुझाव दिएका हुन् । मेयर आचार्यले नवप्रवर्तन र अनुसन्धानको अभियानका लागि देशभर पुस्तक विक्री गर्दै समर्थन जुटाउनु सराहनी भए पनि बिना दर्ता र बिना अनुमती कुनै पनि वस्तु विक्री वितरण गर्दा हुने कानूनी… पुरा पढौ

जिपले च्यापेर लमजुङमा चालकको मृत्यु

जिपले च्यापेर लमजुङको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ । सोही गाउँपालिका–४ लामीडाँडामा ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।उनका अनुसार आमा समूहको भवन नजिकै जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न खोज्दा जिप गुडेर पछाडिको भागले च्यापेर छाती र हातमा चोट लागेर घाइते भएका थिए । तत्काल स्थानीयले उद्धार गरी सोही जिपमा प्रादेशिक अस्पताल बेँसीसहरमा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषणा… पुरा पढौ

म्याग्दीमा राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुनःनिर्माण र ब्यवस्थित गरिएको हो । एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ मिटर दूरीमा फलामको रेलिङसहितको पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३… पुरा पढौ

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । “बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ”, उनले भने, “उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका… पुरा पढौ

सामुदायिक सेवा केन्द्र लेखनाथद्वारा प्रहरीलाई सीसी क्यामेरा हस्तान्तरण

लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रले शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यका साथ डाँडाको नाक प्रहरी कार्यालयलाई सीसी क्यामेरा हस्तान्तरण गरेको छ। शनिबार आयोजित एक कार्यक्रम बीच सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनालले डाँडाको नाक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक गुणराज बुढाथोकीलाई तीन थान सीसी क्यामेरा हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष खनालले विकृति र विसङ्गतिरहित समाज निर्माण गर्ने अभियानअन्तर्गत सेवा केन्द्र स्थापना गरिएको बताइन्। उनले सीसी क्यामेरा जडानले यस क्षेत्रमा हुने सवारी दुर्घटना तथा ट्राफिक समस्याको व्यवस्थापनमा सहयोग पुग्ने, साथै… पुरा पढौ

हिउँ पन्छाइएपछि मुस्ताङको साङ्ता मतदान केन्द्र जाने सडक सञ्चालनमा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ—डोल्पा सडक हिउँ लगातार ६ दिनसम्म पन्छाइएपछि सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र सडक डिभिजन कार्यालय बाग्लुङको डोजर प्रयोग गरी सडक सञ्चालनमा ल्याइएको हो ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साङ्ता गाउँबाहिर रहेका मतदातालाई गाउँ फर्काउन र मतदानस्थलको सुरक्षामा खटिने कर्मचारी तथा सुरक्षा निकायलाई उक्त मतदान केन्द्रसम्म आउजाउ गर्न असहज भएकाले सडकको हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिननामगेल गुरुङले जानकारी… पुरा पढौ

हुम्लामा हिमपातले यातायात सेवा अवरुद्ध, चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए । उनका अनुसार यी चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्र गरी २० कर्मचारी, नेपाली सेना,… पुरा पढौ

म्याग्दीको दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ । दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन । पुल नहुँदा धौलागिरि गाउँपालिकाको वडा नम्बर ३ दर र वडा नम्बर ४ को मुदीका बासिन्दा मर्कामा परेका दर गाउँका पारस बुढाले बताए । हिउँदमा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । बर्खामा दरखोलामा बाढी आउँदा असारदेखि कात्तिक महिनासम्म सवारीसाधन आवतजावत गर्न… पुरा पढौ

घादिङ बस दुर्घटनामा मृतक १९ मध्ये ९ जनाको मात्रै सनाखत (नामावलीसहित)

पोखराबाट काठमाडौं जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको र १० जनाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रकाश दाहालले जानकारी दिए। गएराति धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भैंसेडाँडा भन्ने स्थानमा माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २ ख १२३१ नम्बरको बस दुर्घटना भएको थियो ।प्रहरीका अनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय कास्कीको कारबाहीमा थप ५ स्कुल बस चालक नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी स्कुल बस सञ्चालन गरेको आरोपमा मंगलबार थप पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानमा चल्ने विद्यालय बस चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको भन्ने जनगुनासोका आधारमा आज बिहान करिब ४:०० बजे ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा पाँच जना चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा पर्नेमा रत्न ज्योती… पुरा पढौ