सडक

देशका बिभिन्न भागमा सवारी दुर्घटना: सात जनाको मृत्यु

मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो । मोरङको रङ्गेली नगरपालिका(७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार… पुरा पढौ

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए । चिदीको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो । पाल्पाको माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा लु २ ख… पुरा पढौ

फेवा नव बर्ष महोत्सव २९ चैतदेखि बैशाख १ गतेसम्म

होटल संघ पोखरा नेपालको आयोजनामा २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २९ चैतदेखि बैशाख १ गतेसम्म संचालन हुने भएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक बर्ष झैं यो पटक पनि लेकसाईडको सडकमा महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संयोजक सुवेदीले बताए । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

नारायणगढ–मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् । यस्तै तुइन खोलाबाट चिसेन्जीको बीचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका उहाँले जानकारी… पुरा पढौ

पृथ्वी राजमार्ग विस्तार:अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासमा विस्तारको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन । आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले पोल सार्न ढिला गरिदिँदा काम नै रोक्नुपर्ने… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएका बताए… पुरा पढौ

पोखरा रात्री दौडको हस्पिटल पार्टनरमा मेडिप्लस

पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रीदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रतियोगिता सफल बनाउन हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवासहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र आयोजकले प्रतियोगिता अवधिभर हस्पिटललाई आधिकारिक ‘हस्पिटल पार्टनर’का रूपमा समावेश गर्ने सहमति भएको हो । यसका साथै हस्पिटलले प्रतियोगिताको खुलातर्फको तेस्रो पुरस्कार नगद… पुरा पढौ

चैते दशैँको अवसरमा समिभञ्ज्याङमा हाल्फ अल्ट्रा म्याराथन हुने

लमजुङको समिभञ्ज्याङमा चैते दशैँको अवसरमा हाल्फ अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लवको आयोजनामा यही चैत १२ गते हुने प्रतियोगिताको तयारी शुरु गरिएको क्लवका अध्यक्ष बाबुराम मल्लले जानकारी दिए । समुन्द्री सतहदेखि करिब १ हजार ५०० मिटरको उचाइमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल तान्द्राङकोट नागभैरब थानको प्रचारप्रसार गर्ने उद्देश्यले यसपालिदेखि हरेक वर्ष हाल्फ अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष मल्लले बताए । २१ किलोमिटरको दुरीमा हुने सो प्रतियोगितामा प्रथम हुनेले… पुरा पढौ

चैत अन्तिम साता पोखरामा रात्रि दौड प्रतियोगिता हुने

पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो ।प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाईसमेत प्रोत्साहन पुरस्कार प्रदान गरिने… पुरा पढौ

मनकामना माइक्रोबस दुर्घटनाका घाइतेको उपचार जारी, अवस्था जोखिममुक्त

गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिबार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका नौ जना घाइतेलाई गए रातिनै त्यहाँ लगिएको थियो । अस्पतालका चिकित्सक डा सुदीप केसीका अनुसार पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनाको न्यूरो सर्जरी र दुई जनाको सर्जरी सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये सात जना भारतीय र दुई जना नेपाली छन् । मनकामना दर्शन गरेर फर्केका १६… पुरा पढौ