सडक

पर्वतमा आठवर्षको अवधिमा २१ वटा मोटरवेल पुल निर्माण

पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा ती मोटरवेल पुल बनेका हुन्।सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहुँच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि पुल निर्माण भएका हुन् । जिल्लामा कूल २१० किलोमिटर ग्रामीण सडक कालोपत्र भएको जिल्लामा मध्यपहाडी लोकमार्गमा दुई, कालीगण्डकी करिडोरमा तीन गरी ग्रामीण सडकसहित कूल २१ मोटरवेल पुलको निर्माण भएका छन् । संसदीय निर्वाचनसँगै प्रदेश तथा स्थानीय तहको निर्वाचनको यो अवधिमा… पुरा पढौ

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल पुल निर्माण तीव्रगतिमा भइरहेको छ । पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार पैंयु गाउँपालिकाको सरौखोला स्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी– गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेवल पुल निर्माण भइरहेको छ । तीन वटा पुलमध्ये दक्षिण पर्वतको पैंयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । विसं २०८० कात्तिकदेखि निर्माण सुरु भएको पुल हालै सञ्चालनमा आएको हो । २५ मिटर लामो उक्त… पुरा पढौ

फेवातालमा कार खस्दा चालकको मृत्यु

पोखराको फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिकबाट बिहान अन्दाजी २ बजेको समयमा भएको दुर्घटनामा परी कार चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको हो । विएए १५८२ नम्बरको कार फेवातालमा खसेको थियो । स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भएका गुरुङ हाल पोखरा–७ मासबारमा बस्दै आएका थिए । कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं २४ गण, कालिकाबाट गणपति सप्रउ बसन्त बहादुर सिंहको कमाण्डमा २१ जनाको टोली उद्धारका लागि… पुरा पढौ

रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु

रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो । रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बस… पुरा पढौ

रामेछापमा बस दुर्घटना अपडेटः नौ जनाको मृत्यु

रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो । रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ । रासस पुरा पढौ

अमलाविसौंनीमा स्कुटर दुर्घटना, एक युवाको मृत्यु

पोखराको लामाचौरस्थित अमलाविसौंनीमा भएको स्कुटर दुर्घटनामा परी एक जना युवाको मृत्यु भएको छ । पोखरा १९ घार्मीबाट लामाचौर तर्फ आईरहेको ग १० प २५२१ नम्वरको स्कुटर ब्रेक फेल भई दुर्घटनामा पर्दा पोखरा १६ अम्विका थरका १८ बर्षिय आर्यन गुरुङको ज्यान गएको हो । स्कुटरमा सवार अन्य २ जना मध्ये सोही वडाका चरण गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको र अर्का अन्नपुर्ण ४ सल्यानका विज्ञान केसीलाई सामान्य चोट लागेको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ । ३ जना एउटै स्कुटरमा… पुरा पढौ

बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले रु २५ करोडको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न योजना निर्माण थालेको हो । पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुुने गरेको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालुु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सवइञ्जिनियर बहादुर शाहले बताए । उनका अनुसार रघुगङ्गा गाउँपालिका–२ तल्लो र माथिल्लो… पुरा पढौ

बैतडी बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो,सिङ्गो गाउँ नै शोकमा,पुर्चौडी नगरपालिकामा शोक बिदा

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको अनुगमन

जिल्ला समन्वय समिति कास्कीको टोलीले रूपा रिङ्गरोड सडकको बुधबार अनुगमन गरेको छ। गण्डकी प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालय ,भौतिक पूर्बाधार कार्यालय मातहत निर्माणाधीन १६ कि मि लामो उक्त सडक २०८१ साउन १७ रू करिब ४७ करोड १८लाख ९१ लागतमा सम्झौता भएर निर्माण प्रारम्भ भएको थियो। अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गुणस्तरीय काममा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमै सम्पन्न हुने गरेर अगाडि बढ्न निर्माण कम्पनी सहित सरोकारवाला कार्यालयलाई आग्रह गरे । भौतिक पूर्बाधार कार्यालयका… पुरा पढौ

अब म्याग्दीको बेनीदेखि दिल्लीसम्म बसमा सरर

म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो । बस सेवाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गरे । म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न त्यहाँका पर्यटकलाई समेत भित्र्याउन सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । “बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा… पुरा पढौ