घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारी संस्था लिमिटेडको अध्यक्षमा युवा व्यवसायी पोषराज पौडेल चयन भएका छन् ।
पोखरा महानगरपालिका १९ मा रहेको सहकारीको सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि पुन: पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो। सहकारीको उपाध्यक्षमा प्रदीप राज पौडेल, सचिवमा राजकुमार पौडेल, सह–सचिवमा लक्ष्मी अधिकारी,कोषाध्यक्षमा ज्योति पौडेल र सह–कोषाध्यक्षमा अजय पौडेल चयन भए। त्यस्तै सदस्यमा दामोदर पौडेल, राजन पौडेल, रामचन्द्र पौडेल तथा लेखा समिति संयोजकमा पोसराज पौडेल, सदस्यमा पवित्रा पौडेल, जगन्नाथ पौडेल रहेका छन्।
सहकारीले उत्कृष्ट शेयर सदस्यमा जानुका पौडेल र बाल बचत तर्फ बालकुमारी पौडेललाई सम्मान समेत गरेको छ।यसअघि कार्यक्रमको उद्घाटन गर्दै कास्की जिल्ला सहकारी संघका अध्यक्ष दीपक राज बास्तोलाले स्थानीयको ससानो पुँजीलाई सहकारी मार्फत कृषिमा लगानी गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा निर्वाचन समितिका संयोजक बैकुण्ठ पौडेल,सदस्यहरू डिल्लीराम पौडेल, भगवती पौडेल, हरिचन्द्र पौडेल लगायतकाले आगामी दिनमा कृषि, वातावरण र पर्यटन क्षेत्रको प्रवर्द्धन मार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउन सुझाव दिए ।
नवनिर्वाचित अध्यक्ष पौडेलले शेयर सदस्यबाट प्राप्त सुझावलाई आगामी दिनमा समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सहकारीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रदीपराज पौडेल र संचालन सचिव राजकुमार पौडेलले गरेका थिए।सभाले सहकारीको वार्षिक प्रगति, आर्थिक प्रतिवेदन, आगामी वर्षका योजना तथा सहकारी विस्तारका विषयमा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २७ साउन । लायन्स क्लब अफ पोखरा बाराही टाउनले ब्रोडपिक हिमपहिरोमा…





