कृषि

मनाङका किसानले भित्र्याए फापर बाली

मनसुनी वायु सकिएलगत्तै यहाँका किसानले फापर भित्र्याएका छन् । मनाङ गाउँ, पिसाङ, भ्राका, टङ्की मनाङलगायत क्षेत्रका किसानले मौसम सुधार हुनासाथ यहाँको रैथाने बाली भित्र्याएका हुन् । हतारमै फापर थन्क्याइएको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका भुजुङ गुरुङ बताउछन। “फेरि मौसम बदली हुने हतारोले अहिले राम्रोसँग काट्ने बेला नहुँदै फापर काटियो । यस वर्ष विगतमा भन्दा अलि छिटो चिसो पनि बढेको छ”, उनले भने, “मौसम सफा हुनासाथ थन्क्याइएको हो ।” वर्ष दिनमा एक बाली मात्र उत्पादन हुने मीठो फापर भित्र्याइएको उनले जानकारी दिए… पुरा पढौ

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

बागलुङमा यस वर्ष एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् । बागलुङका तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट… पुरा पढौ

गण्डकी प्रदेशका ३४ स्थानीय तहमा काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालनमा

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ वटा स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालन भएको छ । कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागू भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२÷८३ मा ३४ पुगेको छ । कूल ९३ दशमलब ४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना आर्थिक वर्ष २०८२ र ०३ मा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा विस्तार भएको… पुरा पढौ

पर्वतमा धानबालीमा फड्के कीराको सङ्क्रमण

पर्वतको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत अनुगमनका क्रममा ती क्षेत्रमा कीराको आक्रमणका कारण धानबालीमा व्यापक क्षति पुगेको पाइएको छ । फड्के कीराको बयस्क र बच्चा दुवै चरणले धानको पातको फेदबाट रस चुस्ने हुँदा बोटका पात पहेँलो हुने, फोस्रा दाना लाग्ने र उत्पादनमा उल्लेख्य गिरावट आउने खतरा रहेको केन्द्रले जनाएको छ… पुरा पढौ

यसवर्ष पोखरा क्षेत्रमा धानको उत्पादन बढ्ने अनुमान

यसवर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ । धानका लागि मौसम अनुकूल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने अनुमान गरिएको हो ।पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसवर्ष गत वर्षको तुलनामा धानको उत्पादन बढ्ने अनुमान गरिएको बताए । उनका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ । स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरले बर्सेनि पोखरेली जेठोबूढो धानको बीउ अनुदानमा वितरण गर्दै आएको जानकारी दिँदै उनले यस वर्ष… पुरा पढौ

ठूलाकोट कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

पोखरा–२८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यहाँका बासिन्दा कृषि क्षेत्र केन्द्रित रहेको हुनाले कृषि सहकारीको ठूलो महत्व रहेको बताउँदै ठूलाकोट कृषि सहकारीले उत्कृष्ट काम गरिरहेको बताए । वडा अध्यक्ष लामिछानेले कृषिमा राज्यले ठूलो अनुदान खर्च गरिरहेकोले पोखरा २८ मा कृषि सहकारी मार्फत सहकार्य गरेर काम गर्नको लागि वडा कार्यालय सकारात्मक रहेको बताए । सहकारीका अध्यक्ष श्याम प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको सधारणसभामा… पुरा पढौ

सयपत्री फूलमा आत्मनिर्भर बन्दै पोखरा, काठमाडौँ महानगरभित्र विदेशी फूल प्रतिबन्धित

नेपालीको दोस्रो ठुलो पर्व तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको छ । विगतमा तिहारका लागि पोखरामा ठूलै मात्रामा फूल बाहिरबाट आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ । पछिल्ला वर्षमा घरका लागि आवश्यक हुने फूल अधिकांशले घरघरमा नै तयार गर्नाका साथै यस क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने क्रम बढेसँगै पोखरा सयपत्री फूलमा आत्मनिर्भर बन्दै गएको हो । सयपत्री फूलप्रतिको आत्मनिर्भरता बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता फूलको बीउ वितरणलगायतमा अनुदान सहयोग… पुरा पढौ

नौ वर्ष बित्दा पनि बनेन चिस्यानगृह

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह विगत नौ वर्षदेखि अधुरो छ । आर्थिक वर्ष ०७३÷७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो । स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह एक तला बनेपछि अलपत्र अवस्थामा अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह… पुरा पढौ

मालपोत कार्यालयको श्रेस्ता सम्बन्धी सूचना अव्यवहारिक भएको पोखरा उद्योग वाणिज्य संघको ठहर

जिल्ला मालपोत कार्यालय कास्कीले हिजो जारी गरेको सूचना अव्यवहारिक भएको भन्दै पोखरा उद्योग वाणिज्य संघले सच्याउन माग गरेको छ। संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको प्रतिनिधिमण्डलले मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जारी सुचना सच्याउन आग्रह गरेको हो । बुधबार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो… पुरा पढौ

कृषकको मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

तनहुँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताए । उनले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी रु ४० हजार ५०० आम्दानी गरेको बताए। गुरुङले ५० बोट काँक्रोका बिरुवा… पुरा पढौ