पोखरा महानगरपालिका–१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजना तथा चुरुगां टोल विकास संस्थाको स्थानिय व्यवस्थापनमा दोस्रो संस्करणको दाइँ महोत्सव गरिएको हो ।महोत्सवको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।कार्यक्रममा उत्कृष्ट धान उत्पादक किसानको रुपमा पोखरा–२३ का फवेन्द्र कुमार गुरुङ सम्मानित भएका छन् । उनले २ सय रोपनीमा धान खेती गरी करिब ५ सय मुरी धान उत्पादन गरेका छन् । कृषक गुरुङलाई धान खेती उत्पादनमा पुर्याएको योगदानको कदर गर्दै पोखराका मेयर धनराज आचार्यले १० हजार नगदसहित सम्मान गरे।
महोत्सवमा उत्कृष्ट गोरू पालक प्रतियोगिता,धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगिता सम्पन्न भएका छन् ।महोत्सवमा अपेक्षाभन्दा धेरै दर्शक उपस्थित भएको कार्यक्रम संयोजक हरिबहादुर भुजेलले बताए।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणि राज लामिछानेका अनुसार महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय कृषि पहिचान नजिकबाट बुझ्न मद्दत गरेको छ। माछापुच्छ्रे–अन्नपूर्ण हिमशृंखलाको सुन्दर दृश्यसहित सम्पन्न दाँई महोत्सवले किसानलाई थप उत्साह मिलाएको स्थानीय माधव गौतमले बताए। परिषद्ले महोत्सवमा सहभागि दँदेरालाई टोपी वितरण गरेका छन् भने अतिथिलाई स्थानीयले बनाएका उपहार वितरण गरिएको छ ।
महोत्सवमा पोखरा भ्रमणमा रहेका बिभिन्न देशका विदेशी पर्यटकहरु पनि पुगेका थिए । उनीहरुले महोत्सवको अनुभव गरेका छन् ।सहभागिहरुलाई स्थानिय आमा समुहले पञ्चेबाजा सहित फुलमालाले स्वागत गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवेन्द्र–भगवान स्मृति छात्रवृति अक्षयकोषका लागि रकम हस्तान्तरण गरिएको छ । पोखराको बाटुलेचौरस्थित…







