कृषि

विद्यालय परिसरमै च्याउ र तरकारीखेती :पढ्दै कमाउँदै विद्यार्थी

गलेश्वर । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा ९९–१२०मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर… पुरा पढौ

आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेश : बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान

गलकोट । चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १० वटै पालिका समेट्नेगरी समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायीकरण गर्न थालिएको छ । एक सय ५० हेक्टर जग्गामा आलुखेती विस्तार गर्न रैथाने र उन्नतजातको आलुको बीउ प्रदान गर्ने, आलु गोडमेलमा यान्त्रिकीकरणको प्रयोग गर्ने, सिँचाइको व्यवस्था गर्ने, आलु खन्ने औजार वितरण गर्नेदेखि उत्पादनका आधारमा अनुदान र बजारीकरणमा सहयोग पुर्याउने गरी कृषि ज्ञान केन्द्रले धमाधम आलुखेती विस्तारका लागि किसानलाई प्रेरित गरेको छ… पुरा पढौ

पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान

पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम प्रदान गरेका हुन । महानगरले ६० हजार चार सय ४१ केजी च्याउ, २५ हजार चार सय १७ केजी गोलभेँडा, नौ हजार पाँच सय २० केजी सिमी र दुई सय ९१ केजी कोदो गरी ९५ हजार छ सय ६९ केजी कृषि उपजको रु २६… पुरा पढौ

घार्मी कृषि वातावरण तथा पर्यटन सहकारी अवलोकन भ्रमण सम्पन्न

पोखरा । पोखरा १९ स्थित घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारी लि. ले कृषि तथा पर्यटन क्षेत्रको अध्ययनका लागि तनहूँ र लम्जुङ्गका विभिन्न स्थानको अवलोकन भ्रमण सम्पन्न गरेको छ । सहकारीको ३३ सदस्ययीय भ्रमण टोलिले तनहूँको बन्दिपुरको बाख्रा फर्म लम्जुङ्गको पर्यटकीय गाउँ राईनासकोट तथा लम्जुङ्गका विभिन्न पर्यटकीय गन्तव्यहरुको अवलोकन गर्दै पोखरा फर्केको हो । २०७९ मा स्थापना भएको घार्मी कृषि वातावरण तथा पर्यटन सहकारी जो स्थापना भएको अति छोटो समयमै सृजनशील कृयाकलाप गर्दै घार्मी तथा सो क्षेत्रका कृषकहरुलाई सहकारीले समय… पुरा पढौ

झाडी फाडेर सुन्तलाखेती विस्तार

गलकोट । बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका थिए । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन् । लामो समय वैदेशिक रोजगारीमा गएर गाउँ फर्केर आउँदा युवा पलायनका कारण अधिकांश खेतीयोग्य जग्गामा झाडी पालाएको देखेपछि झाडी फाडेर कार्कीले सुन्तलाखेती विस्तार गर्न थालेको बताए । पहिलो चरणमा ८० सुन्तलाका र ४० कागतीका बिरुवा रोपेको बताउँदै उनले सुन्तलाखेतीलाई विस्तार… पुरा पढौ

हलगोरु पाल्नेलाई जैमिनीद्वारा दश हजार अनुदान

बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो । गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलव्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए । दश वडा रहेको नगरपालिकाभरिबाट तीन सय किसानले प्रस्ताव पेश गरेका थिए । पेश भएका प्रस्तावमध्येबाट… पुरा पढौ

डिडिसीले तिर्न बाँकी ६ अर्ब भुक्तानी यथाशिघ्र दिन दुग्ध किसानको माग

पोखरा, फागुन १५ सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले डिडिसीले तिर्न बाँकी ६ अर्ब बक्यौता रकम यथाशिघ्र भुक्तानी दिन माग गरेको छ । दूग्ध किसानहरुको साझा संस्था केन्द्रीय दूग्ध सहकारी संघ लिमिटेडको आह्वान अनुसार सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापन पत्र पठाउँदै दुग्ध किसानका बक्यौता रकम भुक्तानी दिन माग गरेको हो । संघका तर्फबाट संघका अध्यक्ष नवराज बरालले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा हाल किसानले… पुरा पढौ

गौशालामा सीमित भए रैथाने गाई

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो”, उनले भने, “गाई देखिनै छाडे, गोरु पनि पाउन मुस्किल भयो ।” पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई घरमा मात्र गाई छन् । पूजाआजा र धार्मिक कार्यका लागि दूध तथा गहुँतका लागि गाईका साहूलाई पहिले नै भन्नुपर्छ । धवलागिरी गाउँपालिका–७ काफलडाडाका नेत्रप्रसाद पुन गाईको गोठ लिएर लेकबेंसी गर्न छाडेको… पुरा पढौ

स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान

स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवद्र्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई रु पाँच हजार अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए । हाते ट्र्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको हाम्रो परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि वडाले अभियानका रुपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिने नीति अगाडि सारेको उनले बताए । “नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि… पुरा पढौ

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउछन । खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले… पुरा पढौ