गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बताएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उहाँले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । परम्परागत रूपमा बाउबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित गुरुङले अढाई वर्षपहिले रु पाँच लाख लगानी गरेर कृष्टिना गुरुङ बोयर बाख्रा तथा कृषि पशुपक्षी फार्ममार्फत १२ बाख्राबाट व्यवसाय सुरु गरेका थिए । गुरुङले २०७८ सालमा म्याग्दीबाट रु एक लाख ५० हजार बोयर बाख्राको…
पुरा पढौ