मनोरञ्जन

दर्शकले रुचाए,चलचित्र ‘वरिष्ठ बलराम’लाई

तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकले रुचाएका छन् । प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिए । अभिनेता बराल र दयाहाङ राई, अभिनेत्री सम्वृद्धि बरालसहितका कलाकार टोलीले चलचित्र हेर्नआएका दर्शकमाझ साक्षात्कार गर्दै चलचित्रको सवल र दुर्वल पक्षका बारेमा जानकारी लिइरहेको देखिन्थ्यो । अभिनेता बरालले भने,“टीकाको दिन भए पनि केही चलचित्र हल पुगेर दर्शकको प्रतिक्रिया लिएका छौँ । हामीले एउटा सामाजिक… पुरा पढौ

गायिका नितु पौडेलको मृत्यु,गायक बाबुल गिरी विरुद्ध प्रहरीमा उजुरी

आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार आज शुक्रबार बिहान साढे ८ बजे अस्पतालले मृत घोषणा गरेको हो। गायिका पौडेलको मृत्युका विषयमा आफन्तले प्रहरीमा उजुरी दिएका छन् । शुक्रबार दिउँसो प्रहरी वृत्त सिंहदरबारमा गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिइएको हो मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।उनको मृत्युपश्चात् गिरी… पुरा पढौ

चलचित्रको सफलतामा गीतसङ्गीतको उल्लेख्य भूमिका

नेपाली चलचित्र सफल हुनुमा गीतसङ्गीत क्षेत्रको महत्वपूर्ण योगदान रहेको पाइन्छ । चलचित्र भवनसम्म दर्शकलाई आकर्षित गर्ने विभिन्न पक्षमध्ये गीतसङ्गीतको दमदार प्रस्तुतिलाई लिइने गरिन्छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ ‘टिकटक’मा समेत गीत सङ्गीत लोकप्रिय भएपछि चलचित्र हेर्न जाने क्रम बढेको देखिन्छ । चलचित्र सफलताको श्रेय पटकथालाई दिनेगरे पनि प्रचारप्रसार र दर्शक आकर्षित गर्ने तत्वका रुपमा गीत सङगीत क्षेत्रलाई जान्छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका चलचित्र सफल हुनुमा गीत सङ्गीतको महत्वपूर्ण भूमिका थियो । किनकि… पुरा पढौ

पोखराका मुख्य बजारमा देउँसी भैलोको लहर, गाउँ भने सुनसान जस्तै

शिशिर उजाडपोखरा तिहार भित्रिएपछि पोखराका मुख्य बजारमा देउँसी भैलोको लहर शुरु भएको छ । युवाहरुका विभिन्न समूहले बजारमा काग तिहारको दिन देखि नै भैलो खेल्न थालेका छन् । कास्की प्रशासनले राती १० बजे पछि देउँसी भैलो खेल्न रोक लगाए पछि दिउँसो देखि नै बिभिन्न समुहको नाँच गानले बजार गुञ्जने गरेको छ । ससाना बालबालिका पनि पाँच सात जनाको समुह बनाएर पसल पसलमा पुगी देउँसी भट्याएर रमाईलो गरिरहेको देखिन्छ । परम्परा, सँस्कृति र इतिहास झल्कने गरी नृत्य सहितको देउँसी भैलो कमै… पुरा पढौ

सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि हलहरुमा

विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । यसको कथालाई लिएर हलिउडमा चलचित्र र वृत्तचित्र बनिसकेका छन् । यद्यपि नेपालमै रहेको सगरमाथासँग जोडिएर कथा तयार गरेर नेपाली चलचित्र बल्ल तयार भएको छ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले सगरमाथालाई मुख्य विषय बनाएको छ । चलचित्रले नेपालको पर्यटकीयस्थलको प्रवद्र्धन गर्नुका साथै सुन्दरतालाई विश्वभर पु¥याउन थप मदत गर्ने अभिनेता अनमोल केसीले बताए । आजदेखि प्रदर्शनमा आएको उक्त चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन… पुरा पढौ

‘जेरी अन टप’असोज ३१ मा रिलिज हुने

सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ। प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए । उनले भने, “हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएको चलचित्रले पर्यटनमा टेवा पु¥याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मेहनत गरेका छौँ ।”उनले उक्त चलचित्र यही असोज ३१ गतेदेखि… पुरा पढौ

आनन्दराज बज्राचार्यले ल्याए ‘एई ! एउटा कुरा सुनन’

पोखरा, असोज १२ गायक आनन्दराज बज्राचार्यको नयाँ गीत ‘एई ! एउटा कुरा सुनन’ गीतको भिडियो सार्वजनिक गरिएको छ । बज्राचार्यको स्वरमा रहेको सो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीत राजेन्द्र अधिकारी ‘अपूर्ण’ले रचना गरेका हुन् भने गीतमा सचिन सिंहले संगीत भरेका छन् । त्यस्तै, वाद्यवादनतर्फ मादलमा पोसण र गितारमा सञ्जीव सुब्बाले साथ दिएका छन् । गीतको रेकर्डिङ राजाबाबु चौधरी र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेको गायक बज्राचार्यले जानकारी दिए । उनका अनुसार गीत भोकल रेकर्डिङ बार डिजिटल स्टुडियोमा… पुरा पढौ

पोखरामा साउन ३० गते “पोखरा डिजाइनर्स फेसन विक २०२५” आयोजना हुने

पोखरा, साउन २७ पोखरामा साउन ३० गते शुक्रबार “पोखरा डिजाईनर्स फेशन वीक-२०२५” आयोजना हुने भएको छ । बुटिक एसोसिएसन नेपालको आयोजनामा यहि साउन ३० गते शुक्रबार पोखरा–६ बुलौंदीस्थित पोखरा ईभेन्ट सेन्टरमा पोखरा डिजाईनर्स फेशन वीक आयोजना गर्न लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । पोखरा डिजाईनर्स फेशन वीक–२०२५ मा स्थानीय तथा राष्ट्रिय डिजाइनरहरूको नयाँ कलेक्शन प्रस्तुत गरिने बुटिक एशोसियसन नेपालले जनाएको छ । फेसन वीकमा स्थानीय कपडा, परम्परागत ढाँचा र आधुनिक सिर्जनशिलतालाई संयोजन गरी आकर्षक फेसन प्रस्तुति… पुरा पढौ

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

पोखरा । साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ । कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली प्रस्तुति रहेको कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिति देखियो। पृथ्वीचोकको माहोल निकै रमाइलो र सांगीतिक बनेको थियो । सिनेमा प्रचारका लागि पोखरा आएका पल शाहलाई दर्शकले उत्साहपूर्वक… पुरा पढौ