मनोरञ्जन

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा चलचित्र निर्माता उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार काठमाण्डौंमा सम्पन्न निर्वाचनमा सुब्बाले अध्यक्ष पदका अर्का प्रत्यासी सुनिलकुमार थापालाई पराजित गरेका हुन्। सुब्बाले १ सय ५३ मत पाउँदा थापाले १ सय २७ मत पाए। महासचिवमा कलाकार खगेन्द्रप्रसाद लामिछानेले सोही पदका अर्का प्रत्यासी किरण नेपालीलाई पराजित गर्दै निर्वाचित भए । संघको उपाध्यक्षमा ज्योतिराज राई निर्वाचित भएका छन्। रौनक विक्रम कँडेल भने निर्विरोध भए। खगेन्द्र लामिछाने महासचिव पदमा निर्वाचित हुँदा सचिवमा युवराज गिरी निर्वाचित भए । कोषाध्यक्षमा… पुरा पढौ

कास्की आइडलमा गायनतर्फ २० र नृत्यतर्फ १५ जना छनोट

रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै विम्वकवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए । आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाए । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा खोजीका लागि दुई… पुरा पढौ

“यहीँ दुःख गरम्ला” गीतको भिडियो पोखरामा सार्वजनिक

गीतकार सुरज उपाध्यायको रचना, गायक,संगीतकार विनोद बानियाँको स्वरमा रहेको “यहीँ दुःख गरम्ला” गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठानले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बिक्रम कार्कीद्वारा प्रस्तुत गीतको म्युजिक भिडियोको संस्कृतिकर्मि तीर्थ श्रेष्ठले सार्वजनिक गरेका हुन् । सो अवसरमा श्रेष्ठले गीत गीत लेखन, संगीत र स्वर अनि त्यसपछिका अनेक कामका लागि अनेक कष्ट भोग्नै पर्नै बाध्यता रहेको र आउने प्रतिफल राम्रो हुने बताए । श्रेष्ठले भने, “मैले देखेका र अनुभव गरेका गीतकार सुरज तथा गायक, संगीतकार बानियाँ खोलामा… पुरा पढौ

कान्छी–२ को छायाङ्कन सम्पन्न

पोखरा, कात्तिक २१ पोखरेली गायक रोहनजंग कार्कीको ‘कान्छी २’ गीतको छायाङ्कन सकिएको छ । विराज गौतमको रचना, कम्पोज र एरेञ्ज तथा गायक कार्कीको स्वरमा रहेको सो गीतको छायाङ्कन पोखरा–२२ को पुम्दीभुम्दीस्थित कालाबाङ घरेडी, पुम्दीकोट लगायतका ठाउँमा गरिएको हो । गीतमा जीवन वाग्ले र स्नेहा पैंगी लामाले अभिनय गरेको गायक कार्कीले जानकारी दिए । विजय लोहारको परिकल्पना र निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफीमा नवीन थापा, स्पट व्यवस्थापनमा राहुल बज्राचार्य, ड्रोनमा अभि, मेकअपमा विनिता गुरुङ र लाइटमा हरि पौडेलले साथ दिएको उनले बताए… पुरा पढौ

पारिवारिक कथामा बनेको हर्ष, प्रदर्शनका लागि तयार

पारिवारिक कथामा आधारित नेपाली चलचित्र ‘हर्ष’ निर्माण गरिएको छ । आगामी मङ्सिर १२ गतेदेखि नेपालभर प्रदर्शन हुने उक्त चलचित्रको श्रव्यदृश्य ट्रेलर सार्वजनिक भएसँगै निर्देशक एकता पौडेलले भावना, सम्बन्ध र परिवारको विषयमा चलचित्र तयार गरेको बताईन् । उनले आफूले पाएको अवसरलाई पूर्णरुपमा सदुपयोग गरेको बताईन्। अभिनेता सन्तोष पन्तले आफ्नो कलाकारिता यात्रामा पहिलोपटक महिला निर्देशकसँग काम गरेको अनुभव सुनाए । अभिनेत्री वर्षा राउत नयाँ समूहसँग काम गर्दा बेग्लै आनन्द महशुस भएको बताईन् । चलचित्रमा एक परिवारमा छोराको विवाहपछि वंशअगाडि बढाउने विषयमा बाउछोराकाबीच… पुरा पढौ

“मायामा मायामा” गीत पोखरामा सार्वजनिक

गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा सार्वजनिक गरिएको छ । डा जसपाल पाख्रिन तामाङको प्रस्तुति रहेको गीतमा जसपाल पाख्रिन तामाङ र अनिता पौडेलको शब्द र संगीत सन्तोष बस्यालले दिएका छन् । गीतमा सुबिन सेन्चुरीको संगीत संयोजन र नेत्र गुरुङको निर्देशन रहेको म्युजिक भिडियोलाई उच्च स्तरको सिनेमेटिक ढंगमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकार सुशन पाख्रिन तामाङ र बीनु मगरले अभिनय गरेका छन् । लमजुङको मस्र्याङदी गाउँपालिकास्थित हामखोला झरना, ङादी ड्याम, उपल्लो मस्र्याङदी… पुरा पढौ

गीतकार आर्जु विष्ट सम्मानित,प्रतिष्ठानको अध्यक्षमा अनुराग

शिशिर उजाडपोखरा गीतकार एवं संचारकर्मि आर्जु विष्ट ‘सल्यानी’ पोखरामा सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर शनिबार यस वर्षको गीतकार सम्मान प्रदान गरेको हो । कार्यक्रममा साहित्यकार सरुभक्त, विम्वकवि रमेश श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष शितल गिरी र कवि सरस्वती श्रेष्ठले नगद ५ हजार ५ सय ५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे । सल्यानको खलङ्गामा जन्मेका गीतकार विष्ट २०५८ सालदेखि पोखरामा रही पत्रकारिता तथा साहित्य लेखनमा क्रियाशील छन् । ‘सागर’ र ‘झ्याम्म… पुरा पढौ

देशभरका हलमा चलचित्र ‘परान’को प्रदर्शन

नयाँ नेपाली चलचित्र ‘परान’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको यो चलचित्रले आम नेपाली परिवारभित्रको कथालाई पर्दामा उतारेको छ । चलचित्रको कथा स्वयम् निर्देशक आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् ।नेपाली समाजका भावना, पारिवारिक सम्बन्ध र यथार्थलाई उजागर गरिएको चलचित्र ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश शाह, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा र बुद्धि तामाङ लगायतका चर्चित कलाकारहरूको अभिनय छ । प्रमोद खरेल, पुष्पन प्रधान र रचना… पुरा पढौ

बाझापाटन सांगीतिक फेस्ट हुने

बाझापाटन १३ (बि१३) को आयोजनामा पोखरामा म्युजिकल फेस्ट २०२५ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटनमा आगामी बुधबार उक्त फेष्ट हुने भएको हो ।खेलकुद र सामाजिक कार्यमा क्रियाशिल बाझापाटन क्लबको आयोजना तथा सत्य युवा क्लबको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष हितमान गुरुङले जानकारी दिए ।कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले जानकारी दिए । उनका अनुसार सांगीतिक साँझमा दि लोकल्स, ड्रिमर्ज, शैलु राई लगायतको प्रस्तुती रहनेछ । उक्त कार्यक्रमका लागि टिकट शुल्क प्रि—सेल एक… पुरा पढौ

पोखरामा घुम्ती साहित्य उत्सव, महानायक हमाल पनि सहभागी हुने

प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ । एकदिने उक्त साहित्य उत्सवमा विभिन्न लेखक तथा कलाकारले पाठकसँग प्रत्यक्ष संवाद गर्नेछन् । कार्यक्रममा महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी सहभागी हुने स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीले जनाएको छ । महानायक हमालको हालै प्रकाशित पुस्तक ‘युगदेखि युगसम्म’, लेखक भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’बारे विभिन्न सत्रमा छलफल हुनेछ । महानायक हमालसँग अपिल त्रिपाठी, लेखक डा केसीसँग उपेन्द्र पौडेल र सुविन… पुरा पढौ