शिशिर उजाड
पोखरा
तिहार भित्रिएपछि पोखराका मुख्य बजारमा देउँसी भैलोको लहर शुरु भएको छ ।
युवाहरुका विभिन्न समूहले बजारमा काग तिहारको दिन देखि नै भैलो खेल्न थालेका छन् । कास्की प्रशासनले राती १० बजे पछि देउँसी भैलो खेल्न रोक लगाए पछि दिउँसो देखि नै बिभिन्न समुहको नाँच गानले बजार गुञ्जने गरेको छ । ससाना बालबालिका पनि पाँच सात जनाको समुह बनाएर पसल पसलमा पुगी देउँसी भट्याएर रमाईलो गरिरहेको देखिन्छ । परम्परा, सँस्कृति र इतिहास झल्कने गरी नृत्य सहितको देउँसी भैलो कमै मात्र देखिने गरेको छ । अहिले बिभिन्न समुहले नेपाली, हिन्दी गीत संगीतमा देउँसी खेल्ने र नाच्नेहरु बढी छन् ।पोखराका महेन्द्रपुल, पृथ्वीचोक, अमरसिंह चोक,बगर, सिर्जनाचोक, लामाचौर,बाटुलेचौर सहित लेखनाथका बिभिन्न बजार क्षेत्रमा युवा युवतीहरु समुह बनाएरै देउँसी भैलो खेलेका दृश्य देखिन्छन् ।पर्यटकीय क्षेत्र लेकसाईड, हल्लनचोक, जरेबर लगायतका क्षेत्रका देउँसी भैलोमा विदेशी पर्यटक पनि टोलीसँगै नाँच्ने गरेका देखिन्छन् ।
बजार भित्र बिभिन्न आमा समूह, विभिन्न जातजाति तथा सामाजिक संस्थाले पनि भैलो खेलेर तिहार पर्वको रौंनक बढाएका छन् । केही जातिय समूहले आ आफ्नो पोशाक सहित संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका छन् । उनीहरुले सोही प्रकृतिका गीत र पञ्चेबाजा पनि बजाएका थिए ।केहीले सँस्कृति झल्कने गीत संगीतका साथै झ्याउरे, सोरठी लगायतका नृत्य देखाएका थछन् भने बाँकीले अधिकांस भैलोमा हिन्दी र नेपाली भाषाका, तिहार भन्दा फरक शैलीका गीत गाएका थिए । नृत्यमा मिक्स गरिएका गीतसंगीत बजाइएको छ ।
केही ठाँउमा छिटफुट रुपमा सडक नै ढाकेर कार्यक्रम गरिएको छ । तिहारको रुपमा भैलो भट्याउने काम भने अधिकांस समूहले गरेका छैनन् । बरु सिधै गीत गाएर समूहलाई आकर्षित गरेको भने देखिएको थियो । देउँसीभैलोको क्रियाकलाप चलिरहेको समयमा कापी कलम र रसिद बोकेका युवाहरु पसल र सडकमा हिडेका छन् । उनीहरुले रकम माग्न थालेपछि पसल गर्नेहरुले दिनभरमा धेरै समूह आउने गरेको बताए ।रसिद लिएकाहरुले संस्कृतिको संरक्षण सहित सार्वजनिक काम वा हितको लागि रकम संकलन गरेको बताउने गरेका छन् ।।गाउँ घरमा भने बिस्तारै देउसी भैलो हराउँदै गएको छ । बस्ती पातलिए सँगै देउँसी भैलोको रौनक पनि कम हुन थालेको बताईन्छ ।
पहिला पहिला रातभर देउँसी भैलो खेलेर रकम संकलन गरे पनि अहिले त्यो प्रचलन भने हराएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






