पोखरा, असोज १२
गायक आनन्दराज बज्राचार्यको नयाँ गीत ‘एई ! एउटा कुरा सुनन’ गीतको भिडियो सार्वजनिक गरिएको छ । बज्राचार्यको स्वरमा रहेको सो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीत राजेन्द्र अधिकारी ‘अपूर्ण’ले रचना गरेका हुन् भने गीतमा सचिन सिंहले संगीत भरेका छन् । त्यस्तै, वाद्यवादनतर्फ मादलमा पोसण र गितारमा सञ्जीव सुब्बाले साथ दिएका छन् । गीतको रेकर्डिङ राजाबाबु चौधरी र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेको गायक बज्राचार्यले जानकारी दिए । उनका अनुसार गीत भोकल रेकर्डिङ बार डिजिटल स्टुडियोमा गरिएको छ भने मुख्य रेकर्डिङ र मास्टरिङ काठमाडौंको स्टुडियो अकोस्टिक नेपालमा गरिएको हो ।
आकर्षक तरिकाले बनाइएको म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन नेत्र गुरुङले गरेका छन् । भिडियोमा बद्रीप्रसाद तिवारी र संगीता खातीको अभिनय रहेको छ । म्यूजिक भिडियो पोखरा–२५ हेमजास्थित सुईखेत रिभर भ्याली रिसोर्टमा छायाङ्कन गरिएको छ ।
पोखरा मोहरियाटोलका बज्राचार्य कुनै बेलाको चर्चित देउराली व्याण्डका भोकलिष्टसमेत हुन् । उनले २०५४ सालमा ‘लुकीचोरी’, २०५६ मा ‘अथाह’, २०५९ मा ‘सुयोग’ २०६३ मा ‘निरन्तरता’, २०६८ सालमा ‘निरन्तरता–२’ र ‘निरन्तरता–३’ एल्वममा भएका गीतहरुमा स्वर दिएका छन् । देउराली व्याण्डका संस्थापक उनी हाल भने एक गायनमा रमाइरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको गत साउन २८ गतेको…






