माैसम

मनसुन नेपालबाट बाहिरियो, यस्तो छ आजको मौसम

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।… पुरा पढौ

मनसुनी वायुको प्रभाव कायमै,यस्तो छ आजको मौसम

आज देशका पश्चिमी भूभागको धेरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमाजसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको… पुरा पढौ

मनसुन क्रमशः कमजोर हुँदै

जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही… पुरा पढौ

मनसुन कमजोर बन्दै, केही भूभागमा मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुुसार मनसुन कमजोर बन्दै गएको छ । महाशाखाले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा बागमती प्रदेशका थोरै स्थान… पुरा पढौ

उत्तरी गोरखामा असोजमै हिमपात

पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका–१ साम्दोमा सोमबार हिमपात भएको हो । असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको साम्दोका स्थानीय निमा ग्याल्जेन लामाले बताए। जाडो मौसममा पर्ने हिउँभन्दा अहिले परेको हिउँ धेरै गहुङ्गो हुन्छ । यस्तो हिउँले आलुलगायत बालीमा असर पुर्‍याउँछ’, उनले भने, ‘हाल बाक्लो हिमपात नभएकाले खेतीबालीमा असर देखिएको छैन।’ लामाका अनुसार आज दिउँसोबाट अलिअलि घाम लाग्न थालेकाले हिउँ विस्तारै पग्लिँदै गएको छ । अब मौसम… पुरा पढौ

आजको मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर हुँदै

मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग… पुरा पढौ

विपद्का घटनाबाट देशभर ४९जनाको मृत्यु, ११ बेपत्ता,इलाममा पहिरोले पुरेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४९ जनाको मृत्यु भएको छ। बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन्। यसैगरी बाढीपहिरोमा परी ईलाममा ३७, उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ। खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन्। पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन्।राष्ट्रिय विपद्… पुरा पढौ

काठमाण्डौ सहित २० वटा जिल्लामा बाढीको ’रेड अलर्ट’ जारी,केही राजमार्गमा सवारीसाधन होल्ड

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाण्डौ सहित २० जिल्लामा ’रेड अलर्ट’ अर्थात उच्च जोखिमको चेतावनी जारी गरेको छ । उच्च जोखिम भएका केही राजमार्गमा सवारी साधन होल्ड समेत गरिएको छ। गएरातिदेखि वर्षा भइरहेको र दिउँसोपछि वर्षा झनै बढ्ने सम्भावनाका कारण महाशाखाले रेड अलर्ट जारी गरेको हो ।महाशाखाको सूचना अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको… पुरा पढौ

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ । यस्तै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा तथा कर्णाली प्रदेश र मधेस प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर… पुरा पढौ

जलवाष्पयुक्त हावा भित्रँदै : मनसुन कमजोर भए पनि वर्षा जारी

मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले नेपालमा मनसुन केही कमजोर अवस्थामा रहेको छ । यद्यपि, बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा वर्षाको क्रम भने जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा मापन गरिएको छ । विभागले सोमबार पनि देशभर मौसम… पुरा पढौ