दाउन्नेमा सडक अवरुद्ध,अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८२ मा प्रकाशित




पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।

सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा वर्षाका कारण आज बिहानदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए । । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको छ । यस्तै सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको छ ।

अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्वारका लागि सुरक्षा फौज बेशक्याम्पतर्फ गएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको हो । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरिको सहायताले बाटो पहिल्याउंदै उद्वार गरिएको हो । सबै पर्यटकको उद्वार भएपछी यतिखेर बेशक्याम्प खाली भएको छ । कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेशक्याम्पबाट तल झारिएकासहित १ सय ६२ जनाको उद्वार भएको हो । उद्वार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।

उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । उद्वार गरिएका केहिमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या भने देखिएको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।