खराब मौसमको कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवरुद्ध भएको छ ।
बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम प्रतिकूल हुँदा पोखरा सहित तीन विमानस्थलबाट हुने उडान अवरुद्ध भएको विमानस्थल स्रोतले जनाएको छ ।। तुम्लिङटार र भरतपुर विमानस्थलबाट पनि उडान हुन नसकेको हो। पोखरा विमानस्थलमा शुक्रबार पौने ११ बजे विमानस्थल खुले पनि पुन अवरुद्ध भएको छ।मौसमको खराबीका कारण न्यून मात्रामा आन्तरिक उडान भइरहेको छ। झापाको भद्रपुर विमानस्थल भने खुला भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक विमानस्थलमा ढिला हुँदा यात्रुको चाप बढेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख…






