बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण नेपालका २६वटा जिल्ला प्रभावित हुने भएका छन् ।
चक्रवात गएराती देखि नै भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको छ भनेआज राती नेपाल प्रवेश गर्ने बताईएको छ ।आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चक्रवात ‘मोन्था’का कारण नेपालको मौसममा गम्भीर असर पर्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।जल तथा मौसम विज्ञान विभागले एक विज्ञप्ति नै निकालेर मोन्थाको प्रभावले बिहीवार दिउँसोदेखि शनिवार बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने जानकारी गराएको हो ।विभागका अनुसार, यो प्रणालीको प्रभाव कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
प्रणालीको प्रभावले मधेश र कोशीका धेरै तथा बागमतीका केही ठाउँमा मध्यम तथा मधेश र कोशी प्रदेशका एकरदुई ठाउँमा अत्यधिक वर्षाको पनि सम्भावना रहेको छ । वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव उल्लेखनीय बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान छ । बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको विभागले जनाएको छ ।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्यसैगरी, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहन भनिएको छ।
प्राधिकरणले सकेसम्म भोलि र पर्सि यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिन अनुरोध गरेको छ । किसानलाई धान तथा अन्यबाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन भनिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख…






