सडक

फेवा नव वर्ष महोत्सव जारी, पर्यटक दौडमा १८ देशका ५५ सहभागी

पोखरा, ३१ चैत । पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् । यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गरे ।  महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउण्ड एड्भेञ्चरबाट प्रदान… पुरा पढौ

पोखरामा ट्रकको ठक्करबाट स्थानिय माओवादी नेताको मृत्यू

पोखरा, चैत २८ पोखरामा आज भएको सडक दुर्घटनामा एक माओवादी नेताको मृत्यू भएको छ । पोखरा–९ पृथ्वीचोकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिदा नेकपा माओवादी केन्द्र पोखरा–१४ का पूर्व अध्यक्ष तथा अखिलनेपाल किसान महासंघ –क्रान्तिकारी) कास्की जिल्ला समितिका सचिव शिवराज कँडेलको मृत्यू भएको हो । ट्रकको ठक्करबाट स्कुटरको पछाडि बसेका ५३ वर्षीय कँडेल घाईते भएपछि उद्दार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ना. ५ ख. ६२२२ नम्बरको ट्रकले ग. १६ प. २०७५… पुरा पढौ

नारायणगढ-बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द

नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ । आयोजनाका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ । मालवाहक गाडीलाई चोरमारा–अरुणखोला खण्डमा… पुरा पढौ

सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित

तनहँको बन्दीपुर गाउँपालिका– ५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् । बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने यस खण्डमा नालीसहित स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनाका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासी उत्साहित भएका हुन् । बन्दीपुर– ५ कोरीखाका लीलाबहादुर गुरुङले विसं २०७३ सुरु गरिएको घरबास ९होमस्टे० यही बाटोका कारण सञ्चालनमा समस्या… पुरा पढौ

मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ । चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो । हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । सडक डिभिजन कार्यालयले रु एक करोडको लागतमा मुना–खोरीया–मरेनी खण्डमा स्तरोन्नति जारी राखेको छ । बेनीबाट मुना–खोरीया–मरेनी हुँदै… पुरा पढौ

चन्दा सङ्कलन गरी पदमार्ग निर्माण

पर्वत । पर्वत कुश्मा नगरपालिका–३ आम्बोटबासी चन्दा सङ्कलन गरी पदमार्ग निर्माण गरेका छन् । राजमार्गभन्दा झण्डै ५०० मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा सङ्कलन गरेर पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग निर्माणका लागि रु ११ लाख सङ्कलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले बताए । अङ्ग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने विद्यालयसम्म पुग्नका लागि पदमार्ग निर्माण गर्नुपरेको उनले बताए । विद्यालयमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन् । विसं २०५२… पुरा पढौ

बेनीमा चक्रपथ स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा चक्रपथ स्तरोन्नति योजना सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलदेखि वडा नम्बर ७ मा रहेको दरवाङ बसपार्क जोड्ने कालीगण्डकी र म्याग्दी नदी किनारको सडक स्तरोन्नति गर्न थालिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङसँग रु तीन करोड १९ लाखमा ठेक्का सम्झौता गरेको विकेश–दुप्चेश्वर–सुभम जेभीले पहिलो चरणमा नाली निर्माणको काम थालेको छ । योजनामार्फत ९०० मिटर सडकको कुनातर्फ टेवा पर्खाल, नाली, डिलमा रेलिङ निर्माण गरी पाँचदेखि छ मिटर चौडाइका दरले ढलान… पुरा पढौ

सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो । विसं २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा समस्या भएको छ । पुल… पुरा पढौ

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो । योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उहाँले बताए । ढलानको काम यसै सातादेखि थालिने छ । “पहिलो… पुरा पढौ

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

दमौली । तनहुँ आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए । भकुण्डी–बरालुङबँेसी सडकका निम्ति स्थानीयले रु एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् ।… पुरा पढौ