सडक

दुलेगौँडा-हर्कपुर सडक स्तरोन्नति गरिँदै

मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौँडा(हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत तनहुँको दुलेगौँडा(हर्कपुर खण्डमा स्तरोन्नति थालिएको हो । लामो समयदेखि काम हुन नसकेको उक्त खण्डमा अहिले निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडाबाट म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार विसं २०५२… पुरा पढौ

म्याग्दीका ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ । बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक रु दुई करोड १५ लाखको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए। बाटो स्तरोन्नति गर्न ती वर्ष लागेको हो । सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली,… पुरा पढौ

गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित

पोखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडक गरी सडकको दायाँबायाँको मापदण्ड तय गरेको छ । तराई क्षेत्रमा प्रदेश लोकमार्गको सडकको केन्द्रबाट दुवैतर्फ १२.५ मिटर, प्रादेशिक सडक १० मिटर, पहाडी क्षेत्रमा प्रदेश लोकमार्ग १० मिटर, प्रादेशिक सडक ७ मिटर र हिमाली क्षेत्रमा प्रदेश लोकमार्ग ७.५ मिटर, प्रादेशिक… पुरा पढौ

स्याङ्जाको भीरकोटमा दुई सडक कालोपत्र

स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरिएका छन् । भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने काम सकिँदै छ । सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक कालोपत्रको काम भइरहेको भीरकोट नगरपालिकाका इञ्जिनियर सरोज पराजुलीले बताए । आगामी असार २० गतेसम्म सडक कालोपत्र सक्ने गरी काम भइरहेको उनले बताए । सडक कालोपत्रसँगै पक्की नाली र पर्खाल निर्माण गर्ने काम भइरहेको छ । त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक स्तरोन्नति… पुरा पढौ

मुग्लिन–पोखरा खण्डको आंशिक अवरोध हट्यो

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र रुपमा भइरहेको छ । राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हटेको छ । विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा भएको अवरोध आजदेखि हटेको हो । विमलनगर चुनपहरामा चट्टान कटानको काम गर्न गरिएको यातायात अवरोधले यात्रुले सास्ती भोग्नुपरेको थियो । राजमार्ग विस्तारको कामका लागि चुनपहरास्थित सडक निर्माण कार्यलाई तीव्रता दिन एक महिनासम्म आंशिक रुपमा बन्द गरिएको थियो । यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म ५००… पुरा पढौ

बेनी-जोमसोम-कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजन आर्थिक वर्ष २०७३-७४ देखि निर्माण सुरु भएको उनले उल्लेख गरे । आयोजनाअन्तर्गत सञ्चालनमा रहेका सडक कालोपत्रतर्फ सानाठूला गरी सात… पुरा पढौ

बेनीघाट-आरुघाट लार्के सडक: ४२ किलोमिटर मार्ग खुल्यो

गोरखा जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट-आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको छ । चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएको छ । पाङसिङसम्म मोटर पुगेको छ । मार्ग खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन नसकिएको उनले बताए । बेनीघाट, आरुघाट,… पुरा पढौ

घरपझोङ सडकमा कमसल कालोपत्र

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ वाटै वडा जोड्ने रिङ् रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ । घरपझोङ रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ–५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत आधा दर्जन गाउँ जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत घरपझोङ रिङ् रोड सडक २०७६ साल कात्तिक २१ गते बन्दना भगवती… पुरा पढौ

सम्झौताको पाँच वर्षपछि कुश्मिसेरा–राङ्खानी सडकले लियो गति

गलकोट । ठेक्का सम्झौता भएको पाँच वर्षपछि बागलुङ कुश्मिसेरा–राङ्खानी सडक स्तरोन्नतिले गति लिएको छ । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरेको बागलुङको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्षपछि मात्रै कालोपत्र हुने आश पलाएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र बनेको सडक स्थानीयको आन्दोलन र पूर्वाधार कार्यालय घेराउपछि काम सुरु भएको हो । पछिल्लो ठेक्का खोलिएको राङ्खानीबाट बरेङ जाने सडक कालोपत्र भइसक्दा पनि २०७६ सालमा काम सुरु गरेको १० किमी खण्ड सम्पन्न नभएको भन्दै स्थानीयले गत पुसमा पूर्वाधार कार्यालय घेराबन्दी गरेका… पुरा पढौ

मुग्लिन-पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ । पाण्डेले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किलोमिटर दूरी कालोपत्र भएको छ ।” गत… पुरा पढौ