देश

कास्कीमा दशैंको टिकाको दिन ट्राफिक नियम उलंघन गर्ने ४० जना कारबाहीमा

सन्देश श्रेष्ठपोखरा, कात्तिक ५ नेपालीको महान चाँड बडादशैंको टिकाको दिन कास्कीमा ट्राफिक नियम उलंघन गर्ने ४० जना सवारी चालक कारबाहीमा परेका छन् । टिकाको दिन सवारी साधन पातलिएको अवस्थामा पनि ट्राफिक नियम पालना नगरी सवारी चलाउनेहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यस्तै, यात्रुसँग बढी भाडा लिने दुईवटा सार्वजनिक सवारीसाधन र क्षमताभन्दा बढी यात्रु बोक्ने तीनवटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी तथा प्रहरी सहायक निरीक्षक… पुरा पढौ

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै… पुरा पढौ

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी… पुरा पढौ

‘ग्लोबल गभर्नेन्स् फोरम’मा भाग लिन पूर्वराष्ट्रपति विद्या भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ । सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र… पुरा पढौ

बडादसैँको टीका आज पनि लगाइँदै

विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाए्र दसैँ मनाइँदैछ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ । बुधबार बडादसैँको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर बिजया दशमीको टीका थापिरहेका छन् । हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौँ बाहिर रहेका आफन्त र मान्यजनकहाँ… पुरा पढौ

आज बडादशैंको मुख्य दिन : टिकाको शुभ साइत पूर्वाह्न १० : २६ बजे

पोखरा — नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।विजयादशमीका दिन बिहानैदेखि घरघरमा पूजा आराधना गरी दुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ। परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनले आफूभन्दा सानालाई निधारमा रातो टीका र शिरमा जमरा लगाइदिँदै सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरे । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिईन् । रासस पुरा पढौ

शिक्षासेवी ‘रुप सर’को अन्त्येष्टि

पोखराका अग्रज शिक्षासेवी रुप गुरुङको निधन भएको छ । पोखरा १६ दिप निवासी गुरुको ८१ वर्षको उमेरमा शुक्रबार साँझ ग्राण्डि हस्पिटल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो । लामोसमय पोखराको शैक्षिक क्षेत्रमा विताएका गुरुङको सोमबार धार्मिक परम्परा अनुसार शान्ति दीप घाटमा अन्त्येष्टि गरिएको छ ।अन्त्येष्टि अघि दिपस्थित निवासबाट शव यात्रा गरिएको थियो ।शव यात्रामा पोखराका शिक्षासेवी, बिभिन्न राजनितिक दलका नेता, सामाजिक संघ संस्थाका व्यक्ति तथा बाक्लो मात्रामा स्थानीयको उपस्थिती रहेको थियो । स्वर्गीय गुरुङ प्रति नेकपा एमालेका केन्द्रीय सदस्य रश्मी… पुरा पढौ

बाढीपहिरोबाट म्याग्दीको जलजलाका तीन सय घरपरिवार प्रभावित

पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिए । “थप १४० घर जोखिममा रहेका विवरण सङ्कलन भएको छ”, उनले भने, “बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन,… पुरा पढौ

श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा– २०८३ सञ्चालन हुने भएको छ । मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज मुक्तिनाथ बाबा को सत्सङ्कल्पअनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामसहित आमनेपालीलाई एक सूत्रमा जोड्ने जनाइएको छ ।‘यस धार्मिक रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देशविदेशसम्म पुर्‍याउँदै समग्र देशको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै तीर्थस्थलको आपसी… पुरा पढौ