देश

पोउवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भोलि, ८३.२६ प्रतिशत खस्यो मत

पोखरा — पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ८३ दशमलव २६ प्रतिशत मत खसेको छ। आइतबार भएको मतदानमा अध्यक्ष तथा पदाधिकारीतर्फ २ हजार २ सय ७४ मत परेको निर्वाचन समितिले जनाएको छ।संघमा कुल २ हजार ७ सय ३१ सदस्य छन्। सदस्य पदतर्फ भने २ हजार १ सय ८ जनाले मात्र मतदान गरेका छन्। निर्वाचन समितिका संयोजक दामु अधिकारीले पदाधिकारीको तुलनामा सदस्यतर्फ कम मत खसेको जानकारी दिए।निर्धारित समयअनुसार बिहान ८ बजे मतदान सुरु गर्ने तयारी भए पनि… पुरा पढौ

सिटीवानको पाँचौ तीज मेला बाढीपीडितमा समर्पित

गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता रसुवाको भोटेकोशीका पीडितलाई समर्पण गर्ने भएको छ । पुर्व निर्धारित कार्यक्रमको सवै तयारी पुरा भएपछि वाढी आएकाले सो प्रतियोगिता उनै वाढीपीडितको सहयोगार्थ गर्ने गरी परिमार्जन गरिएको हो । “तीजको वेला सिटीवानको सास्कृतिक मेला, प्रदेश स्तरीय पाँचौ खुल्ला तीज गीत प्रतियोगिता–२०८३” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको छ । तर पनि पछिल्लो… पुरा पढौ

बाढीबाट प्रभावितका लागि ग्लोबल कलिजियटद्वारा १० लाख ३ हजार सहयोग

भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरास्थित ग्लोबल कलिजियट स्कुलले १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ। विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यालयका प्राचार्य बाबुराम पन्तका अनुसार विद्यार्थीबाट ३ लाख २३ हजार १९५, शिक्षक तथा कर्मचारीबाट ३ लाख ३० हजार ५१० र विद्यालय प्रशासनबाट ३ लाख ५० हजार गरी कुल १० लाख ३ हजार ७०५ रुपैयाँ संकलन गरिएको हो।संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप… पुरा पढौ

सन्तानेश्वरमा जारी महायज्ञको पाँचौँ दिनमा मात्र २६ लाख संकलन

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको पाँचौँ दिन सकिँदा १ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको पाँचौँ दिन आइतबार मात्रै २६ लाख ५० हजार रुपैयाँ सहयोग संकलन भएको प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिए। उनका अनुसार महायज्ञ सञ्चालन हुनुअघि नै मन्दिर निर्माणका लागि ७७ लाख रुपैयाँ संकलन भइसकेको थियो।पाँचौँ दिन पोखरा–१४ स्थित विश्वकर्मा सप्लायर्सले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। त्यस्तै… पुरा पढौ

पौडेल वंश महासंघ नेपाल, पोखरा महानगर समितिको सभा सम्पन्न

पौडेल वंश महासंघ नेपाल, पोखरा महानगर समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले देशभर छरिएर रहेका पौडेल समुदायबिच एकता र आपसी समन्वय आवश्यक रहेको बताएका छन् । उनले महासंघको सक्रियतामा देशभरका प्रदेश, जिल्ला र पालिकामा संगठन विस्तार भएको र यसले वंशावली निर्माणका लागि समिति नै गठन गरी काम अगाडी बढाएको स्पष्ट पारे । पौडेल वंशावली लेखन समितिका संयोजक प्रा.डा कृष्ण प्रसाद पौडेलले यस समुदायको ऐतिहासिक पहिचान रहेको बताउँदै, वंशावली निर्माणको कामलाई… पुरा पढौ

बाढीले गोरखाको मनास्लु पदमार्ग अवरुद्ध

बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो । बाढीले दुई पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको उनले जानकारी दिए । “यात्राको तयारी अवस्थामा वा यात्रामा रहनुभएकाहरुले अर्को सूचना प्रकाशित नहुँदासम्म यात्रा नगर्न नगराउनु हुन अनुरोध छ,” जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।… पुरा पढौ

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट ल्याइने भएको छ । हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ । सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तहसनहस बगाएका रसुवागढीस्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडकमार्ग तयार हुन समय… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार अझै चार हजार ४४ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार… पुरा पढौ

बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, पर्यटक आवागमन प्रभावित

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट चुमनुब्रीवासी समस्यामा परेका छन् । पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए । थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि बगाएको जनाइएको छ । “बाढी पहिरोले हामीलाई जोखिममा पा¥यो”, उनले भने, “गाउँबाट तल जाने… पुरा पढौ

सन्तानेश्वरमा जारी महायज्ञमा हालसम्म सवा करोड संकलन

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा चार दिनमै १ करोड २६ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको चौथो दिन शनिबारमात्रै २० लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।महायज्ञको दोस्रो दिनसम्म ८५ लाख रुपैयाँ संकलन भएकोमा तेस्रो दिन थप २० लाख रुपैयाँ प्राप्त भएपछि तीन दिनमा १ करोड ५ लाख रुपैयाँ संकलन भएको अर्थ समिति संयोजक केशवप्रसाद अधिकारीले जानकारी दिए। चौथो दिन २० लाख ५० हजार थपिएपछि कुल रकम १… पुरा पढौ