देश

हेमजामा शैक्षिक जागरणको दियोको रुपमा लक्ष्मीशरण उपाध्यायलाई स्मरण

हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई स्थानीय शैक्षिक जागरणका एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरिएको छ। हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा शिक्षासेवी, कवि एवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्याय तथा उनकी धर्मपत्नी राधा उपाध्याय पौडेलको स्मृतिमा ‘लक्ष्मीशरण उपाध्याय व्यक्तित्व र कृति परिचर्चा’ तथा २७४औँ शुभप्रभात काव्यमाला कार्यक्रम वक्ताहरुले शिक्षालाई समाज परिवर्तनको प्रमुख आधारका रूपमा आत्मसात् गर्दै उपाध्यायलाई हेमजाको शैक्षिक विकासमा पु¥याउनुभएको योगदानलाई अहिले पनि प्रेरणाका रूपमा लिने गरिएको बताएका हुन् ।शिक्षाको पहुँच सीमित रहेको समयदेखि नै हेमजामा… पुरा पढौ

भारी वर्षाको संभावनापछि कास्कीमा उच्च सतर्कता

कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि कास्कीमा पूर्वतयारीसहित उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढीपहिरोको जोखिमलाई दृष्टिगत गरी यातायात सेवा, शैक्षिक संस्था, पर्यटन गतिविधि आदिसँग सम्बन्धित विभिन्न निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि आइतबारसम्म कास्कीबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन सेवाका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाका ग्रामिण भेगमा दिउँसो ४… पुरा पढौ

नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापति पदमा सरोज केसीले उम्मेदवारी घोषणा गरेका छन्। उनले संगठनलाई व्यवस्थित, सक्रिय र बलियो बनाउँदै कार्यकर्ता र आम मतदाताबीचको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन्।असोज ८ गते जारी उम्मेदवारी घोषणा पत्रमा केसीले आफूले लामो समयदेखि संगठनमा काम गर्दै आएका साथीहरू, अग्रज नेता तथा शुभेच्छुकसँगको छलफल र सुझावपछि सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उल्लेख गरेका छन्।उनले कास्की क्षेत्र नं. १ मा पार्टीको संगठनलाई व्यवस्थित, सक्रिय र बलियो… पुरा पढौ

पोखराका विद्यालयमा आज र भोलि बिदा

पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आज ८ गते र भोलि ९ गते बिदा दिने निर्णय गरेको छ।महानगरपालिकाले पूर्वसावधानीस्वरूप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। उक्त दुई दिनको बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरपालिकाले जनाएको छ।महानगरपालिकाले बिदाको अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेको छ। सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक… पुरा पढौ

पोखरा आइपुग्यो हुन्डाईको नयाँ भेन्यु, सुरुवाती मूल्य ४८ लाख ९६ हजार

पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा आइपुगेको छ। हुन्डाईले पोखरा तथा आसपासका ग्राहकलाई लक्षित गर्दै नयाँ भेन्युलाई बजारमा उपलब्ध गराएको हो।कम्पनीका अनुसार नयाँ भेन्युमा एसयूभी डिजाइनसँगै आरामदायी इन्टेरियर, आधुनिक प्रविधि र विभिन्न ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर सुविधा थप गरिएको छ।भेन्युको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस राखिएको छ।इन्टेरियरतर्फ १०.२५ इन्च ccNC इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र… पुरा पढौ

पोखराको पर्यटनको पर्याय बन्दै प्याराग्लाईडिङ

सन्देश श्रेष्ठपोखरा, असोज ७ पोखरामा प्याराग्लाईडिङ शुरु भएको तीन दशक पुगेको छ । सन १९९६ बाट शुरु भएको पोखराको प्याराग्लाईडिङको व्यवसायीक यात्राले तीन दशक पार गरेको हो । कम्पनी खडा नगरी सिक्ने थलोको रुपमा प्रशिक्षणात्मक उडानबाट शुरु भएको पोखराको प्याराग्लाईडिङले सन २००० देखि व्यवसायीक रुप लिएको थियो । जतिबेलादेखि कम्पनी खडा गरेर व्यवसायीक रुपमा प्याराग्लाईडिङ उडान भर्न थालियोे । शुरुमा ७ कम्पनीबाट शुरु भएको प्याराग्लाईडिङमा अहिले ५७ कम्पनी पुगेका छन् । र यसमा हालसम्म करीब एक अर्ब लगानी भएको प्याराग्लाईडिङ… पुरा पढौ

फ्लाई दुबईले थाल्यो पोखरा-दुबई उडान

आउँदा ११३ यात्रुलिएर आएको फ्लाई दुबईको जहाज फर्किदा १५२ यात्रु लिएर फर्कियोसन्देश श्रेष्ठपोखरा, असोज ७ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले गर्ने भनिएको बहुप्रतिक्षित पोखरा–दुबई उडान बुधबार साँझदेखि शुरु भएको हो । उडानको शुरुवात फ्लाई दुबईको बोईङ ७३७ एफडिबी ११६५ कलसाईनको जहाजले गरेको छ । नेपाली समय अनुसार दिउँसो २ बजे उडेको सो जहाज करीब सवा ४ साँझ ६ः१९ बजे पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । १५६ वटा ईकोनोमिक र १० वटा… पुरा पढौ

सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा उपभोक्ता मञ्चको जोड

उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे अन्तरक्रियात्मक सचेतना कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सरकारको सहकार्यमा पोखरामा आयोजित कार्यक्रमका वक्ताले सहज आपूर्ति व्यवस्थापनसहित मिसावट र महँगी नियन्त्रणमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए ।प्रदेशका प्रमुख सचिव भूपाल बरालले उपभोक्ता मञ्चले सही समयमा, सही कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । उनले सहज आपूर्ति व्यवस्थापन, मिसावट र मूल्य नियन्त्रण सम्बन्धमा सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सबैले आ–आफ्नो ड्यूटी… पुरा पढौ

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार निहारिकाको ‘राजमाता’लाई

वि.सं.२०८२ सालको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ डा. नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ लाई प्रदान गरिने भएको छ । कविडाँडा साहित्य समाज, चितवनले बुधबार जारी गरेको विज्ञप्ति अनुसार भाद्र २३ मा सार्वजनिक गरेको उत्कृष्ट तीन आख्यानबाट कवि निहारिकाको उपन्यास राजमातालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिमध्येबाट एक कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।तीन उत्कृष्ट आख्यान कृतिहरूमा क्षितिज समर्पणको तोरकीन, सीमा आभासको महायुग र नीलम कार्की निहारिकाको राजमाता परेको थियो । राजमाता… पुरा पढौ

पोखराका लागि दुबईबाट उड्यो फ्लाई दुबईको जहाज

सन्देश श्रेष्ठपोखरा, असोज ७ पोखराका लागि दुबईबाट फ्लाई दुबईको जहाज उडेको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आज साँझ ६ः१५ बजे अवतरण हुने फ्लाई दुबईको बोईङ ७३७ एफडिबी ११६५ कलसाईनको जहाज दुबईबाट उडेको हो । जहाजमा १२५ जना रहेको बताइएको छ । पोखरा आईपुग्ने टोलीलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन वोर्डका सदस्य सन्तोष पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलसहित पर्यटनसँग सम्बद्ध ३० बढी संघसंस्थाका प्रतिनिधिहरु ब्यानरसहित पोखरा विमानस्थल पुगेका छन् । स्वागतका लागि आम पोखरेलीको पनि… पुरा पढौ