देश

हरिशयनी एकादशीः नारायण मन्दिरमा भक्तजनको घुइँचो

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ । भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो । आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वास छ । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज र हरि बोधिनी एकादशीमा एकैदिन पूजा… पुरा पढौ

पोखरामा विदेश घुम्न लैजाने बहानामा ठगी गर्ने ओएसिस कम्पनीमा प्रहरीको छापा, दुई जना पक्राउ

सन्देश श्रेष्ठपोखरा, साउन ८ विदेश घुम्न लैजाने भन्दै ठगी गर्ने पोखरा–५ पस्र्याङस्थित ओएसिस कम्पनीमा प्रहरीले छापा मारेको छ । सस्तो रकममा दुबई, सिंगापुर, मलेसिया, थाईल्याण्डलगायतका देश घुम्न लैजाने भन्दै रकम ठगी गर्ने ओएसिस कम्पनीमा कास्की प्रहरीले शुक्रबार छापा हानेको हो । वडा प्रहरी कार्यालय वैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले छापा हान्ने क्रममा ओएसिस कम्पनीका २ सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन । छापा हान्ने क्रममा ओएसिस कम्पनीले प्रयोग गर्नेगरेको कम्प्युटरलगायतका सामग्रीसमेत… पुरा पढौ

गण्डकीमा दर्ता गर्न पठाओ, याङ्गो र ईनड्राईभको आनाकानी, हालसम्म सवारी सेवा नेपालले मात्रै पायो ईजाजत

पोखरा, साउन ८ गण्डकी प्रदेशमा राईड सेयरिङका लागि ५ कम्पनी पञ्जीकृत भएका छन् । गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली ल्याएर कम्पनी दर्ताको बाटो खुल्ला गरेपछि यी कम्पनीहरुले दर्ताका लागि निवेदन दिएका छन् । पञ्जीकृत भएका ५ कम्पनीमध्य एउटा कम्पनीले ईजाजत नै पाइसकेको यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । कार्यालयका अनुसार सवारी सेवा नेपाल प्रालिले ईजाजत पाइसकेको छ । यस कम्पनीले २० वटा दुुई पाङ्ग्रे सवारी साधन आबद्ध गराएर सेवाका लागि निवेदन… पुरा पढौ

पालिकाहरूको सिमाना, वडा संख्यालगायत पुनरावलोकन सम्बन्धमा कास्कीमा पनि छलफल

पोखरा ,साउन ८    गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिको छलफल कार्यक्रम  सम्पन्न भएको छ। सुझाब संकलनका क्रममा दोश्रो चरण अन्तर्गत कास्कीबाट प्रतिनिधि सभा र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद तथा राजनीतिक दलहरूसंग छलफल तथा अन्तरक्रिया गरिएको हो।   बैठकको  अध्यक्षता गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले  कास्कीका पालिका र वडाका सन्दर्भमा नेपाल सरकारले प्रदान गरेको भुमिकालाई प्रभाबकारी रूपमा सम्पन्न गर्न… पुरा पढौ

सत्याग्रहको आन्दोलन फिर्ता लिन डा. गोविन्द केसीलाई दबाब

हिजोदेखि धनगढीमा २४ औं सत्याग्रह जारी राखेका डा. गोविन्द केसीलाई आन्दोलन फिर्ता लिन दबाब बढेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका केसीलाई रास्वपाका सांसद देखि धनगढीकै केही संस्थाले अनसन स्थगित गर्न दबाब दिएका हुन् ।धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले सत्याग्रह थालेका प्राध्यापक डाक्टर केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ । धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीलाई शुक्रबार बिहान पत्र काट्दै अनसनरत केसीलाई छाड्न अनुरोध गरेको हो । अध्यक्ष पन्तले केसीलाई धर्मशाला छाड्न पत्र दिइएको कुरा… पुरा पढौ

स्काभेटरसहित टिपर प्रहरीको नियन्त्रणमा

अबैध रुपमा प्राकृतिक स्रोतको दोहन गर्ने स्काभेटरसहित टिपरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा २६ विजयपुरमा अवैध रुपमा माटो उत्खनन कार्यमा संलग्न १ थान स्काभेटर र ३ थान टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । स्वीकृति बिना माटो उत्खनन भईरहेको भन्ने गोप्य सुचना पछि प्रहरी टोली सो स्थानमा पुगेको थियो । टोलीले माटो खन्ने कार्यमा संलग्न ग १ क ३७८८ नम्बरको स्काभेटर र माटो लोड गरिरहेका ग १ ख ७७६६ नम्बरको टिपर,बा १ क ८१७७… पुरा पढौ

बिम्बकवि रमेश श्रेष्ठलाई हेमजा साहित्य राष्ट्रिय पुरस्कार प्रदान

शिशिर उजाडपोखरा बिम्बकवि रमेश श्रेष्ठ हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् । हेमजा साहित्य प्रतिष्ठानले स्थापन गरेको सो पुरस्कार पहिलो पटक पोखरेली कवि एवं कलाकार श्रेष्ठलाई प्रदान गरिएको हो । प्रतिष्ठानले शुक्रबार हेमजामा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुशुमाकर न्यौपानेले सो पुरस्कार बिम्बकवि श्रेष्ठलाई अर्पण गरे । पुरस्कारको राशी नगद २१ हजार, दोशल्ला र सम्मानपत्र छ ।सोही अवसरमा प्रतिष्ठानले नै स्थापना गरेको शुभप्रभात काव्यमाला पुरस्कार पनि गन्धर्व सारङ्गी पाठशाला हेमजालाई प्रदान गरिएको छ । सो पुरस्कार… पुरा पढौ

जेनजी आन्दोलनमा फरार बालबन्दी पक्राउ, ३३ वटा मोटरसाईकल पनि नियन्त्रणमा

जेनजी आन्दोलनका क्रममा फरार भएका एक जना बालबन्दी पोखरामा पक्राउ परेका छन् । गत भदौं २४ गते भएको आन्दोलनका क्रममा सराङकोटस्थित बाल सुधार गृहबाट फरार रहेका व्यक्तिलाई कास्की प्रहरीले बिहिबार पक्राउ गरेको हो । जबरजस्ती करणी कसूरमा पुर्पक्षका लागि थुनामा रहेका परिवर्तित नाम ८१–८२ कास्की ४८ लाई वडा प्रहरी कार्यालय, रामबजारबाट खट्टिएको टोलीले पोखरा १३ माछापोखरीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र पासवानले जानकारी दिए । पक्राउ परेका उनलाई आवश्यक कारवार्हीका लागि बिहिबार नै कारागार… पुरा पढौ

नेपाल नेपाल पर्यटन बोर्डका कार्यकारणी सदस्य पोखरेललाई पोखरा पर्यटन परिषद्को स्वागत तथा बधाई

पोखरा, ७ साउन/ नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताएका छन् । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको स्वागत तथा बधाई कार्याक्रममा उनले पर्यटन क्षेत्रका साझा समस्या समाधान र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रवद्र्धन गर्नु पर्ने बताए । पोखरेलले सबै पर्यटन सम्बद्ध संघ संस्था बीच एकीकृत प्रयास आवश्यक रहेको बताए । उनले पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाले देखाएको अपनत्वले थप जिम्मेवार बनाएको बताए । पर्यटन क्षेत्रका साझा समस्या र… पुरा पढौ

गण्डकीमा एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्रे, २४ वटा पुल, ९ वटा झोलुङ्गे पुल निर्माण

सन्देश श्रेष्ठपोखरा, साउन ७ गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा ८६ किलोमिटर सडकमा कालोपत्रे सडक निर्माण गरेको छ । गण्डकी सरकारले गण्डकीका ११ जिल्लामा आर्थिक वर्ष २०८२÷८३ मा ८६ किलोमिटर सडकमा कालोपत्रे गरेको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले विहीबार पोखरामा आयोजना गरेको समीक्षा गोष्ठीमा जानकारी गराएको हो । गण्डकीमा गत आर्थिक वर्षमा कास्कीमा सबैभन्दा धेरै २७ किलोमिटर सडक निर्माण भएको छ भने गोरखामा कत्ति पनि सडक कालोपत्रे नगरेको पाइएको छ । आर्थिक वर्ष २०८२÷८३ मा कत्ति पनि सडक कालोपत्रे… पुरा पढौ