देश

नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापति पदमा सरोज केसीले उम्मेदवारी घोषणा गरेका छन्। उनले संगठनलाई व्यवस्थित, सक्रिय र बलियो बनाउँदै कार्यकर्ता र आम मतदाताबीचको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन्।असोज ८ गते जारी उम्मेदवारी घोषणा पत्रमा केसीले आफूले लामो समयदेखि संगठनमा काम गर्दै आएका साथीहरू, अग्रज नेता तथा शुभेच्छुकसँगको छलफल र सुझावपछि सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उल्लेख गरेका छन्।उनले कास्की क्षेत्र नं. १ मा पार्टीको संगठनलाई व्यवस्थित, सक्रिय र बलियो… पुरा पढौ

पोखराका विद्यालयमा आज र भोलि बिदा

पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आज ८ गते र भोलि ९ गते बिदा दिने निर्णय गरेको छ।महानगरपालिकाले पूर्वसावधानीस्वरूप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। उक्त दुई दिनको बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरपालिकाले जनाएको छ।महानगरपालिकाले बिदाको अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेको छ। सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक… पुरा पढौ

पोखरा आइपुग्यो हुन्डाईको नयाँ भेन्यु, सुरुवाती मूल्य ४८ लाख ९६ हजार

पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा आइपुगेको छ। हुन्डाईले पोखरा तथा आसपासका ग्राहकलाई लक्षित गर्दै नयाँ भेन्युलाई बजारमा उपलब्ध गराएको हो।कम्पनीका अनुसार नयाँ भेन्युमा एसयूभी डिजाइनसँगै आरामदायी इन्टेरियर, आधुनिक प्रविधि र विभिन्न ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर सुविधा थप गरिएको छ।भेन्युको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस राखिएको छ।इन्टेरियरतर्फ १०.२५ इन्च ccNC इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र… पुरा पढौ

पोखराको पर्यटनको पर्याय बन्दै प्याराग्लाईडिङ

सन्देश श्रेष्ठपोखरा, असोज ७ पोखरामा प्याराग्लाईडिङ शुरु भएको तीन दशक पुगेको छ । सन १९९६ बाट शुरु भएको पोखराको प्याराग्लाईडिङको व्यवसायीक यात्राले तीन दशक पार गरेको हो । कम्पनी खडा नगरी सिक्ने थलोको रुपमा प्रशिक्षणात्मक उडानबाट शुरु भएको पोखराको प्याराग्लाईडिङले सन २००० देखि व्यवसायीक रुप लिएको थियो । जतिबेलादेखि कम्पनी खडा गरेर व्यवसायीक रुपमा प्याराग्लाईडिङ उडान भर्न थालियोे । शुरुमा ७ कम्पनीबाट शुरु भएको प्याराग्लाईडिङमा अहिले ५७ कम्पनी पुगेका छन् । र यसमा हालसम्म करीब एक अर्ब लगानी भएको प्याराग्लाईडिङ… पुरा पढौ

फ्लाई दुबईले थाल्यो पोखरा-दुबई उडान

आउँदा ११३ यात्रुलिएर आएको फ्लाई दुबईको जहाज फर्किदा १५२ यात्रु लिएर फर्कियोसन्देश श्रेष्ठपोखरा, असोज ७ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले गर्ने भनिएको बहुप्रतिक्षित पोखरा–दुबई उडान बुधबार साँझदेखि शुरु भएको हो । उडानको शुरुवात फ्लाई दुबईको बोईङ ७३७ एफडिबी ११६५ कलसाईनको जहाजले गरेको छ । नेपाली समय अनुसार दिउँसो २ बजे उडेको सो जहाज करीब सवा ४ साँझ ६ः१९ बजे पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । १५६ वटा ईकोनोमिक र १० वटा… पुरा पढौ

सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा उपभोक्ता मञ्चको जोड

उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे अन्तरक्रियात्मक सचेतना कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सरकारको सहकार्यमा पोखरामा आयोजित कार्यक्रमका वक्ताले सहज आपूर्ति व्यवस्थापनसहित मिसावट र महँगी नियन्त्रणमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए ।प्रदेशका प्रमुख सचिव भूपाल बरालले उपभोक्ता मञ्चले सही समयमा, सही कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । उनले सहज आपूर्ति व्यवस्थापन, मिसावट र मूल्य नियन्त्रण सम्बन्धमा सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सबैले आ–आफ्नो ड्यूटी… पुरा पढौ

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार निहारिकाको ‘राजमाता’लाई

वि.सं.२०८२ सालको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ डा. नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ लाई प्रदान गरिने भएको छ । कविडाँडा साहित्य समाज, चितवनले बुधबार जारी गरेको विज्ञप्ति अनुसार भाद्र २३ मा सार्वजनिक गरेको उत्कृष्ट तीन आख्यानबाट कवि निहारिकाको उपन्यास राजमातालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिमध्येबाट एक कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।तीन उत्कृष्ट आख्यान कृतिहरूमा क्षितिज समर्पणको तोरकीन, सीमा आभासको महायुग र नीलम कार्की निहारिकाको राजमाता परेको थियो । राजमाता… पुरा पढौ

पोखराका लागि दुबईबाट उड्यो फ्लाई दुबईको जहाज

सन्देश श्रेष्ठपोखरा, असोज ७ पोखराका लागि दुबईबाट फ्लाई दुबईको जहाज उडेको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आज साँझ ६ः१५ बजे अवतरण हुने फ्लाई दुबईको बोईङ ७३७ एफडिबी ११६५ कलसाईनको जहाज दुबईबाट उडेको हो । जहाजमा १२५ जना रहेको बताइएको छ । पोखरा आईपुग्ने टोलीलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन वोर्डका सदस्य सन्तोष पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलसहित पर्यटनसँग सम्बद्ध ३० बढी संघसंस्थाका प्रतिनिधिहरु ब्यानरसहित पोखरा विमानस्थल पुगेका छन् । स्वागतका लागि आम पोखरेलीको पनि… पुरा पढौ

मनास्लु हिमालमा मृत्यु भएका दुई जना पर्यटकको शव काठमाडौँमा

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु–२, सङ्खुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो । घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पु¥याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताए । यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लनेक्रम बढीरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उनले बताए । महासचिव गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिए । उनले नेपालको भोटेकोशी बाढीजस्ता… पुरा पढौ