देश

पोखरामा असोज ३ गते ‘राइट टु प्रोटिन रन’को पाचौं श्रृंखला हुने

सन्देश श्रेष्ठपोखरा, भदौ ५ हाफ म्याराथनको रुपमा आयोजना हुँदै आएको ‘राईट टु प्रोटिन रन’ यस पटक पोखरामा हुने भएको छ । चौथो श्रृंखलासम्म काठमाडौंमा भएको यस प्रतियोगिताको पाचौं श्रृंखला यहि असोज ३ गते पोखरामा हुने आयोजक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन –एनएफआईए)ले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल (यूएसएसईसी) को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ४ हजार खेलाडी दौडिने आयोजकको दाबी छ । प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र… पुरा पढौ

सुनको मुल्य तोलामै नौ हजार ३ सयले बढ्यो, चाँदीको मूल्य कति ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ ।हिजो छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार… पुरा पढौ

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछ । नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आवमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए… पुरा पढौ

पदक वितरणमा भएको त्रुटी र लापरवाहीको जिम्मेवार सदस्य सचिव : सदस्यद्वय थापा र कोइराला

सन्देश श्रेष्ठपोखरा, भदौ ३ गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का दुई जना कार्यकारिणी सदस्यले पदक वितरणमा भएको त्रुटी र लापरवाहीको जिम्मेवारी सदस्य सचिवले लिनुपर्ने बताएका छन् । गखेप कार्यकारिणी सदस्य द्वय भेनिस थापा र कञ्चन थापा कोइरालाले पदक वितरणमा भएको विवादप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै त्यसको सम्पूर्ण जिम्मेवार सदस्य सचिव भएको बताएका हुन् । थापा र कोईरालाले बुधबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै पदक वितरणमा भएको गल्ती, कमजोरी वा लापरवाहीमा आफूहरुको संलग्नता नरहेको स्पष्ट पारेका छन् । उनीहरुले प्रदेश सरकारको… पुरा पढौ

भारतीय सेनाध्यक्ष सेठ पोखरामा, गोर्खाली सैनिकको साहस र योगदानको खुलेरै प्रशंसा

भारतका स्थलसेनाध्यक्ष जनरल धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताएका छन् । पोखरास्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा आज आयोजित भूतपूर्व सैनिकको भेलामा दुई देशबीचको सैनिक सम्बन्ध अतुलनीय रहेको चर्चा गर्दैै उनले गोर्खाली सैनिकको साहस र योगदानको खुलेर प्रशंसा गरे । “आफ्नो बहादुरी, बफादारी र बलिदानका कारण गोर्खाली सैनिकको विश्वमा छुट्टै पहिचान छ”, भारतीय सेनामा गोर्खाली सैनिकले देखाएको सौर्य अविस्मरणीय रहेको सेनाध्यक्ष सेठले बताए । सेनाध्यक्ष सेठले भारत–नेपाल सम्बन्ध परम्परा, संस्कृति, धर्म र आस्थासँग जोडिएकाले सरकारीस्तरका साथै… पुरा पढौ

प्रेस काउन्सिलका चार सदस्यको शपथ

प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सम्हालेका छन् । सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गरे। अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाइएको बताउँदै अब आफूहरूले केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्ने बताए । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारका बारेमा संक्षिप्त जानकारी गराएका थिए । रासस पुरा पढौ

शुक्लाद्वारा ज्ञानु–नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना

शुक्ला साहित्य प्रतिष्ठान, पोखराले ज्ञानु – नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना गरेको छ । नेपाली साहित्यको विकास, प्रवद्र्धन र विस्तार गर्ने उद्धेश्यले आज बाटुलेचौरमा आयोजित कार्यक्रममा सो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार संचालनका लागि स्थापना गरिएको कोषमा साहित्यकार नरहरि भट्टराईले नगद २ लाख ५१ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरे । आफ्नो ८४ औं जन्मोत्सवका अवसरमा नेपाली साहित्यको श्रीवृद्धि गर्ने हेतुले पुरस्कार संचालनका लागि रकम प्रदान गरिएको उनले बताए । श्रीमती ज्ञानु र परिवारका सदस्यसहित साहित्यकार भट्टराईले गण्डकी… पुरा पढौ

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा यही साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । अपराह्न ४ः०० बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित… पुरा पढौ

लगातारको बर्षाले पोखरामा फिर्के पुल भत्कियो, मादीमा निर्माणाधिन हाइड्रोपावरमा क्षति

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पुल भत्किनुका साथै सडक समेत अवरुद्ध भएका छन् । बर्षाले पोखराको वडा नं. ५ र ८, आलुमाईला चोक जोड्ने फिर्के पुल गएराती भत्किएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकैको सो पुल पेर्ण स्पमा भत्किएर खोलामा पुगेको छ । पुल भत्किएसँगै आवतजावतमा समेत कठिनाई भएको छ ।पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पुल भत्किएको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाएर पैदल यात्रुका लागि सुरक्षित आवतजावतको वैकल्पिक व्यवस्था गर्ने तयारी गरिएको जानकारी दिए । पुल भत्किएर… पुरा पढौ

खेलकुद पदक वितरणमा चरम लापरवाही र गम्भीर त्रुटी देखिएको छानविन समितिको निश्कर्ष

सन्देश श्रेष्ठपोखरा, भदौ २ गण्डकी प्रदेश खेलकुद पदक वितरणमा गम्भीर त्रुटी र चरम लापरवाही देखिएको निश्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको छ । गण्डकी खेलकुद परिषद (गखेप)ले गरेको पदक वितरण विवादमा परेपछि बनाइएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलको संयोजकत्वमा रहेको पदक वितरण छानविन समितिले पदक वितरणमा गम्भीर त्रुटी भएको निश्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन मन्त्रीलाई सोमबार अपराह्न बुझाइसकेको छ । पदक सिफारिस समितिको सिफारिस (निर्णय) बिना नै पदक वितरण भएको देखिनुका साथै पदक वितरणमा चरम… पुरा पढौ