देश

आगामी दुई शनिबार बैंक खुल्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो । “असार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने… पुरा पढौ

तीन दशकदेखि लगातार ओरालो लाग्दै पर्वतको जनसङ्ख्या

पर्वत । पर्वत जिल्लाको जनसङ्ख्या विगत ३० वर्षयता लगातार घट्दै गएको पाइएको छ । पछिल्ला तीनपटक भएका जनगणनाको तथ्याङ्कमा जनसङ्ख्या घट्दै आइरहेको देखिएको हो । विसं २०५८ मा एक लाख ५७ हजार आठ सय २६ जनसङ्ख्या रहेकामा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो । विसं २०७८ को गणनामा भने झनै घटेर एक लाख ३० हजार आठ सय ८७ कायम भएको छ । वृद्धिदर हेर्दा २०५८ सालमा शून्य दशमलव ९५ प्रतिशत वृद्धिदर रहेकामा २०६८ मा… पुरा पढौ

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो । सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।रासस पुरा पढौ

विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौ । जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो । नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो । विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ ९क्यान० का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।रासस पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार आज बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो। पुरा पढौ

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उनका अनुसार नेपाली साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताए । खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. १० हजार, रु सात हजार र रु. पाँच हजार पुरस्कार प्रदान गरिनेछ… पुरा पढौ

ललिता निवास प्रकरण: चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् । ललिता… पुरा पढौ

अभिनेता सारुक ताम्राकार मृत फेला

फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको प्रहरी उपरीक्षक रिजालले बताए । प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा… पुरा पढौ

आजको मौसम: देशभर भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ–गर्जन÷चट्याङ्गसहित वर्षा हुनेछ । तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।… पुरा पढौ

एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन् । दिउँसो १२ बजे श्रीलङ्कन एयरको युएल १८१ उडानबाट स्वदेश फिर्ता भएका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनका अनुसार श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान गरेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए । श्रीलङ्काका राष्ट्रपति रणिल विक्रम सिंघेसँग… पुरा पढौ