देश

असार १५ सम्म गण्डकीमा १८ प्रतिशत रोपाइँ

पोखरा । असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । असार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार लमजुङमा २७, तनहुँमा २०, बागलुङमा २०, पर्वतमा १४,… पुरा पढौ

‘प्रतिभा’ उत्पादनमा प्रतिभा माविको छलाङ

–‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा प्रतिभा माविका अजर गुरुङले स्वर्ण पदक जिते । चीनमा भएको प्रतिश्पर्धामा विभिन्न २० मुलुकका प्रतिश्पर्धीलाई पछि पार्दै गुरुङले स्वर्ण हात पारेका थिए । २० मुलुकका ३४ समुहका १५६ जना विद्यार्थीबीच भएको प्रतिश्पर्धामा गुरुङ अब्बल ठहरिए । गुरुङले चारसय अंकमा ३६८.५ अंक हात पारेका थिए । –प्रतिभा माविकै अजर गुरुङ र बिनिताकुमारी चापागाँइले यहीवर्ष काठमाडौंमा भएको नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजतपदक हात पारे । चौंथो संस्करणको यो राष्ट्रिय प्रतिश्पर्धामा अजरले व्यक्तिगत… पुरा पढौ

एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनल

मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो । यस जितसँगै नेपाल समुुह ए को विजेतासमेत बन्यो । नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएकामा जवाफमा मलेसिया ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा… पुरा पढौ

स्वास्थ्यचौकीमा औषधि अभाव, सिटामोलसमेत पाउन मुस्किल

मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ । एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो । दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्यचौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिए । मङ्गलबार दिउँसो अनुगमनको क्रममा खनाया स्वास्थ्यचौकीमा पुग्दा औषधि अभाव भएको देखिएको उनको भनाइ छ । “औषधि अभाव छ, आपूर्ति पनि हुन सकेको छैन । बिरामीलाई कसरी उपचार गरौँ”, अनमी तुल्सा विश्वकर्माले… पुरा पढौ

अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु

गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु भएको छ । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरेका हुन्। बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित भएका छन् । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री भने उपस्थित छैनन् । रासस पुरा पढौ

सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरि,आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । पुरा पढौ

देशभर वर्षाको सम्भावना

मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका उक्त मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ । गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै… पुरा पढौ

जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक रहेको बताएका छन् । बीसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८० को अवसरमा एक शुभकामना सन्देश दिदै उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण सुक्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी पहिरो, रोग तथा किराको प्रकोप आदिको क्रम बढ्दै जाँदा धान उत्पादनमा नकारात्मक असर बढ्दै गएको छ, भने । रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण देशवासी दिदीबहिनी… पुरा पढौ

गोरखाको अजिरकोटमा ‘फर्क युवा अभियान’

गोरखाको अजिरकोट गाउँपालिकाले विदेशिएका युवालाई गाउँमा नै फर्काएर स्वरोजगार बनाउन ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्रका बैदेशिक रोजगारीबाट फर्किएका युवाको ज्ञान, सिप र क्षमतालाई गाउँको विकासमा लगाउँदै स्वरोजगार बनाउनका लागि ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । “विदेशबाट फर्किएर फेरि विदेशमा मात्रै अवसर देख्ने युवालाई गाउँमै रहेका थुप्रै अवसरसँग जोड्न सकिन्छ”, उनले भने, “त्यसका लागि गाउँपालिकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यसहित फर्क युवा अभियान स्वरोजगार कार्यक्रमको थालनी गरिएको हो… पुरा पढौ

मालढुङ्गा–बेनी सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । पर्र्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यावसायीलाई सडक खुलाउनका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिए । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अन्य जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा थन्किएका छन्… पुरा पढौ