देश

दोहरो नागरिकताको अभियोगमा दुईजना पक्राउ

कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ । रासस पुरा पढौ

देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको… पुरा पढौ

पृथ्वीचोक बसपार्कको बेथिती : रोक्ने कसले ?

पोखरा, असार १९ पोखराको पृथ्वीचोक पोखरा आउने पर्यटकको मुख्य प्रवेशद्वार हो । चाहे सडक मार्गबाट आउने होस् वा हवाई मार्गबाट आउने, जोकोहि यहि चोकबाट पोखराको कोरसिटी प्रवेश गर्नुको विकल्प छैन । सडक मार्गबाट आउनेहरुको त झन् पृथ्वीचोक बसपार्क अन्तिम विन्दु हो । अनिमात्र उनीहरु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन् । तर यो बसपार्क व्यवस्थित नबन्दा यहाँ आउने पर्यटकले हैरानी खेप्नुपरेको छ । यतिसम्म कि अव्यवस्थित बसपार्क हुँदा गाडीले बाटोमै ओराल्ने मात्र होईन, ओर्लिएका पर्यटकलाई होटल व्यवसायी र उनीहरुद्वारा परिचालित ट्याक्सी चालकहरुले झोला… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकसँगै सबै… पुरा पढौ

अर्थ मन्त्रालयलाई रु. करिब पाँच खर्ब राजस्व उठाउने चुनौती

चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु. आठ खर्ब ९९ अर्ब पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत हो । चालु आवको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न अब बाँकी अवधिमा करिब रु पाँच खर्ब उठाउनुपर्ने हुन्छ ।आयात घटेकाले कारण भन्सारबाट हुने राजस्व सङ्कलनमा कमी आएको र कसिलो मौद्रिक नीति र निजी क्षेत्रमा लगानी कमजोर हुँदा पूर्वाधार निर्माणमा पनि यस अवधिमा अपेक्षित सफलता हासिल हुन… पुरा पढौ

तत्काल संसदीय समितिका सभापति चयन गर्ने शीर्ष नेताहरु समझदारी

तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताले समितिका सभापति अविलम्ब चयन गर्ने प्रतिबद्धता जनाएको सभामुख देवराज घिमिरेले जानकारी दिए । उनले भने, “संसदीय समितिको सभापति चयन तत्काल गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ, अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ ।” उनले समितिले छिट्टै नेतृत्व पाउनेमा विश्वास व्यक्त गरे । समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ… पुरा पढौ

बाढीपहिरोबाट भएको क्षतिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनिकरणका लागि काम गर्न सरकार समक्ष माग गरेका छन । सांसद गोपाल भट्टराईले रुपन्देहीमा तिनाउ नदीले खतराको चिन्हपार गरेकाले सरकारको ध्यानाकर्षण गराए । सांसद जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, मृगेन्द्रकुमार सिंह यादव, शारदादेवी भट्ट, बिमला घिमिरे, शेखरकुमार सिंह, सुमित्रा बिसीले मुग्लिन–नारायणगढ सडकको विकल्प खोजिनुपर्नेमा जोड दिए । बाढीपहिरोले सातै प्रदेशमा धेरै क्षति भइसकेको उल्लेख गदै उनीहरुले अझै यसमा सरकारले तत्काल ध्यान दिन माग गरे । सांसद… पुरा पढौ

बजारमा पनि यसवर्ष किसानलाई मल अभाव

बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो । दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन र डिएपी एक लाख मेट्रिक टन आयात गरिसकेको छ । तर पोटास मल भने हालसम्म आयात गर्न सकेको छैन । चालु आवका लागि चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गर्न बोलपत्र आह्वान गरेकामा चाँडै नै एक लाख… पुरा पढौ

अर्घाखाँचीमा पहिरो अपडेट : तीनको मृत्यु, एकको उपचार हुँदै

अर्घखाँची । अर्घखाँचीको पणेनामा आज बिहान गएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ६ पाणिनि–१ पणेनाको गोहनपानीमा घर पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । पहिरोमा पुरिएका चार बालबालिका मध्य एक जनाको भने सकुशल उद्दार गरिएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए । मृत्यु हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उनले बताए । उद्दार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा… पुरा पढौ

आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक : आयोग

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे दुई लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो । आयोगका अनुसार सो अवधिभित्र सरकारी र निजी स्वास्थ्य संस्थामा महिला स्वास्थ्य स्वयम्सेविका र कार्यालय सहयोगीसहित तीन लाख ५८ हजार नौ सय ३८ स्वास्थ्य जनशक्ति आवश्यक पर्नेछ । आयोगले सो अवधिसम्म चिकित्सक र स्वास्थ्यकर्मी मात्रै दुई लाख ५७ हजार ९१ आवश्यक हुने निष्कर्ष निकालेको छ । आयोगका उपाध्यक्ष… पुरा पढौ