देश

असार पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ । सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ । विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ । “आगामी असार ६… पुरा पढौ

नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ । आज वित्त, जलविद्युत् र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः सात… पुरा पढौ

अनलाइनबाट नाबालिकालाई शोषण गर्ने पोखरा पुरनचौरका मनिष भुजेल पक्राउ

सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । भुजेलले सामाजिक सञ्जाल इस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनाका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको… पुरा पढौ

मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा. शेष घले

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारीकता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै सङ्घको विवादलाई छाडेर सकारात्मक भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । सङ्घमा आबद्ध भएदेखि नै आफू सङ्घको संस्थागत हितमा लागेको उल्लेख गर्दै उनले सङ्घसंस्थाको उद्देश्य समाज सेवा… पुरा पढौ

शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा शान्ति समाजको धर्ना

मानवअधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा ४६ वटा धर्ना गरेको छ । यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई लेखिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत् धर्ना दिइएका जिल्लाबाटै बुझाइएको कार्यबाहक सभापति कृष्णबहादुर रावलले जानकारी दिए । तीन बुँदे ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तको सुक्ष्म अध्ययन-अनुसन्धान गरी दोषी प्रमुख दलका शीर्ष नेतासहित जो कोही भए पनि कानुनसम्मत कारबाही गर्न ज्ञापनपत्रमा आग्रह गरिएको उनले बताए । सुशासन, पारदर्शीता र… पुरा पढौ

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर

पोखरा, जेठ १०फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेशन प्रालिको ‘ब्राण्ड एम्बेसडर’ बनेका छन्। थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ।ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टको बजारीकरणमा सहयोग गर्नेछन। श्रेष्ठ र थिंक स्मार्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। पहिलो चरणमा एकवर्षका लाथि थिंक स्मार्ट र श्रेष्ठबीच सम्झौता भएको थिंक स्मार्टका प्रबन्ध निर्देशक देवबहादुर क्षेत्रीले बताए।ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टका लागि स्वदेश र विदेशमा हुने कुनैपनि प्रवद्र्धनात्मक गतिविधिमा सघाउने क्षेत्रीले बताए। थिंक… पुरा पढौ

शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासनको निम्ति पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्रीको ‘भिजन’अनुरुप नीति तथा कार्यक्रम आउन नसकेको बताउँदै सरकारले भूमि बैंकको अवधारणा ल्याउनुपर्नेमा जोड दिए । गुणस्तरीय शिक्षा… पुरा पढौ

मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई केन्द्रमा राखेर नै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतको प्रतिमण्डलसँगको भेटमा उनले ती प्रदेशको समग्र विकासमा आगामी आवको बजेटमा प्राथमिकतामा राखिने बताए । सो अवसरमा प्रतिनिधि मण्डलले प्रदेशको समग्र आर्थिक अवस्था, विकास निर्माणलगायतका कामका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै बजेट विनियोजनमा विशेष प्राथमिकता दिन आग्रह गरेको थियो । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमलाई नै केन्द्रीत… पुरा पढौ

‘नक्कली भुटानी शरणार्थी’ प्रकरण: ‘संसदीय समिति’ गठन गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणबारे छानबिन गर्न ‘संसदीय विशेष छानबिन समिति’ गठन गर्न माग गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको सुरुमै समय माग गरी उनले अहिले भइरहेको छानबिनले जनताले चाहे जस्तो नतिजा दिन सक्दैन भने । “नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्ले नै विशेष छानबिन समिति बनाउनुपर्छ । भ्रष्टचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आएका थियौँ, तीन राजनीतिक दल बसेको विषयमा आशङ्का व्यक्त गर्दै आएका थियौँ, आज आरोप लाग्न कुनै राजनीतिक… पुरा पढौ

राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ गराए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरु दुबैलाई मन्त्री र राज्यमन्त्रीमा मङ्गलबार नियुक्त गरेका थियो । उनीहरूको नियुक्ति र सपथसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।… पुरा पढौ