अर्थ

कोन सहकारी अध्यक्षमा माधव सिग्देल

पुस २७ पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था पोखरा १३ को अध्यक्षमा माधवप्रसाद सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । सहकारीको २६ औं वार्षिक साधारण सभा नवौं निर्वाचनबाट शान्त कुमार श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । सहकारीको सचिवमा सुरेन्द्र प्रसाद सिग्देल, कोषाध्यक्षमा जय प्रसाद सापकोटा र सहसचिवमा केदार राज सिग्देल चयन भएका छन् । सभाबाट सदस्यमा क्रमशः बजिरमान श्रेष्ठ, शारदा पराजुली, खड्क बहादुर गुरुङ र अम्बिका गुरुङ चयन भएका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिमा ज्ञानेन्द्र प्रसाद सिग्देल… पुरा पढौ

जिटिन गण्डकीमा पुनः किसमकुमारी

पुस २७ पोखरा । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतमा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ(एकता), कोषाध्यक्षमा मोहनराज गुरुङ र सह कोषाध्यक्षमा गंगा घले रहेका छन् । त्यस्तै सदस्यहरूमा राजेन्द्र गुरुङ, कन्याप्रसाद गुरुङ, राजु गुरुङ, जगनराज गुरुङ, रुद्रकाजी गुरुङ, जीतमान गुरुङ, दिनेश गुरुङ, पदमबहादुर गुरुङ, रत्न गुरुङ र मधुमाया गुरुङ रहेका छन् । अधिवेशनका लागि जिटिनका… पुरा पढौ

निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोत : प्रदेश प्रमुख भट्ट

पुस २७ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताएका छन् । अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने उल्लेख गरे । ‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो । निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो ।’ प्रदेश… पुरा पढौ

सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ । रासस पुरा पढौ

खाष्टे सहकारीको १४ औं साधारण सभामा सन्मान

लेखनाथ,२२ पुस । कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा रहेको खाष्टे बचत तथा ऋण सहकारी सस्थाको १४ औं वार्षिक साधारणको अवसरमा असर सहकारी सेयर सदस्यहरुलाई सन्मान गरिएको छ । देश ब्यापी सहकारीका क्षेत्रमा फैलाईएका नकरात्मक घटना क्रमका अवस्थामा पनि खाष्टे सहकारी प्रति सेयर सदस्यहरुले देखाएको सदभाव र साझा एकतालाई ख्यालमा राख्दै असल सहकारी अभ्यासमा सहभागी सेयर सदस्यहरुलाई सन्मान गरिएको हो । सहकारीले निती नियममा वसेर असल ऋणीको तर्फबाट कल्पना पुर्जा, असल वचतकर्ताको तर्फबाट सर बहादुर भुजेल जेष्ठ सदस्यहरु मध्यवाट… पुरा पढौ

रास्वपा प्रवक्ता झाले भने : राज्य र गठबन्धन लागेपनि केहि लाग्दैन भन्ने भाष्य तयार भयो

रास्वपा सभापती तथा पूर्व गृहमन्त्री रबि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपामा खुशीयाली छाएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी बुझाएर छाड्न आदेश दिएसँगै रास्वपा नेता, कार्यकर्तामा खुशीयाली छाएको हो । विहीबार साँझ आदेश आएसँगै अदालत परिसर बाहिर रास्वपा नेता, कार्यकर्ता तथा रबिका समर्थकहरुले नाराबाजीसहित खुशीयाली मनाए । उनीरुले ‘रबिदाई हाईहाई’, ‘नेपाली जनता के भन्छ रु रबि दाईलाई ले भन्छ’, ‘न्यायालय हाईहाई’लगायतका नाराहरु लगाएका थिए । अदालतको आदेशलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै रास्वपा प्रवक्ता मनिष झाले रबिको… पुरा पढौ

८४ दिनपछि धरौटीमा रिहा भए रबि

पोखरा, पुस २५ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दिएको आदेशका आधारमा रबि पक्राउ परेको ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत कास्कीले धरौटी बुझाएर रिहा गर्न आदेश दिएलगत्तै बैंक ज्ञारेन्टीमा उनी रिहा भए । साँझ ६ बजे आदेश आएपनि राती करीब ८ः३० बजे उनी रिहा भएका थिए । धरौटी बुझाउन केहि ढिला भएका कारण उनको रिहाईमासमेत ढिलाई भएको थियो । लामिछानेलाई… पुरा पढौ

किनबेचको थलो बन्यो लेखनाथ महोत्सव

पुस २५ पोखरा । कास्कीको लेखनाथमा पुसको १८ गते देखि जारी २० औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारीककेन्द्र बिन्दु बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ… पुरा पढौ

तनहुँ महोत्सव शुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड

पुस २५ तनहुँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज हुने बताएका छन् । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ नाराका साथ दमौलीमा आयोजित नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको आज शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासबाट देशलाई समृद्ध बनाउन सकिने विचार व्यक्त गरे । महोत्सवबाट स्थानीय उत्पादन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउँदै उनले भने, “देशको अर्थतन्त्र विकासमा तनहुँले महत्वपूर्ण भूमिका… पुरा पढौ

वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

पुस २५ काठमाण्डौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ । सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्यत्रय छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल छन् । बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको बृहत्तर विकासको कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ । पर्यटन प्रवद्र्धनका निम्ति विविध जाति, भाषा, धर्म… पुरा पढौ