अर्थ

महोत्सवमा एकै स्थानमा सय भन्दा बढि प्रजातीका माछाको अवलोकन गर्न सकिने

पौष २३ पोखरा । कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने गरेको छ । अक्वेरियम भित्र समुद्र मुनीको यात्राको महशुस गर्दै दर्शक र विद्यार्थीहरु फोटो खिचाउन भिड लाग्ने गरेको छ । अक्वारियमले महोत्सवमा थप आकर्षण दिएको र माछा सम्बन्धी थप अनुसन्धानका लागि पनि उपयुक्त भएको छ । माछालाई उपयुक्त वातावरण र पानीको गुणस्तर मापन गरी व्यवस्थापन… पुरा पढौ

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा… पुरा पढौ

सडक फराकिलो पार्न दरवाङवासीले पेटी र टहरा भत्काए

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक फराकिलो पार्न स्वःस्फुुर्त रूपमा पेटी र टहरा भत्काएका छन् । मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले उक्त योजना प्रभावित क्षेत्रका बासिन्दा आफैँ अग्रसर भएर पेटी र टहरा भत्काएर योजना कार्यान्वयनमा सहज बनाएका बताए । सडक विस्तार र स्तरोन्नतिका क्रममा प्रभावित क्षेत्रका घरधनीको अवरोध र विवादका कारणले प्रभावित भएको अवस्थामा दरवाङको तल्लो बजारका बासिन्दाले उदाहरण… पुरा पढौ

तीन दिनयता सुनको मूल्य स्थिर, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा तीन दिनयता सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने केही बढेको छ। महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो । पुरा पढौ

लमजुङमा ४ सय मेट्रिकटन सुन्तला उत्पादन

चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताए । केही वर्षदेखि बर्सेनि सुन्तला उत्पादनमा घट्दै गए पनि गत वर्ष र यस वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उनले उल्लेख गरे ।… पुरा पढौ

सिमेण्टमा भएको मूल्य बृद्धि फिर्ता लिन पोखरा र लेखनाथ उवा संघको माग

पोखरा, पुस २२ पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले सिमेन्टमा भएको मूल्य बृद्धि फिर्ता गर्न माग गरेका छन् । पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै सिमेन्टमा भएको अत्यधिक मूल्य बृद्धिको असर भौतिक निर्माण देखिन थालेको दाबी गर्दै तत्काल सिमेन्टमा भएको मूल्य बृद्धि फिर्ता गर्न माग गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम र लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै भनेका छन्,‘निर्माणले… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

पुस २२ पोखरा । नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय… पुरा पढौ

शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रु छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आजको कारोबारपछि… पुरा पढौ

लेखनाथ महोत्सव : हाजिरी जवाफमा जोडिँदै आमाहरु

पौष २१ पोखरा । कास्कीको लेखनाथमा जारी २० औ सस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुहका विच राखिएको हाजिर जवाफ प्रतियोगिताको तयारीमा यस क्षेत्रका आमा समुह लागी परेका छन् । घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले लेखनाथ उद्योग वाणिज्य संघले आमा तथा महिला समुहका विच राखेको हाजिरी जवाफ प्रतियोगितामा भाग लिएर त्यसको तयारीमा साँझ विहान जुटेका हुन् । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यस पटक आमा तथा महिला… पुरा पढौ

श्री गाउँ विकास सहकारीको साधारणसभा सम्पन्न

पोखरा । श्री गाउँ विकास समाज बहुमुखी सहकारी पोखरा १६ बाटुलेचौरको २६ औं साधारण सभा सम्पन्न भएको छ। सहकारीले सामाजिक सेवा सम्मानबाट समाजसेवी पुष्पराज अधिकारी र सहकारी विकासमा योगदान पुर्याएका दुर्गालाल श्रेष्ठलाई सम्मान गरेको छ। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व वडाध्यक्ष दान वहादुर बानियाँ, सल्लाहकार दुर्गा केसी , अध्यक्ष कर्णबहादुर खड्का र संस्थापक अध्यक्ष कुञ्जराज थापाले मायाको चिनो, सम्मान पत्र र सल ओढायर सम्मान गरे । कार्यक्रममा सहकारीले उत्कृष्ट वचत कर्ता हरि कुमारी गुरुङ, उत्कृष्ट कारोबार गर्ने हिमलाल पौडेल, दैनिक… पुरा पढौ