अर्थ

गरिमाले पोखरामा गरेको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन

पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ । बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्ककिा प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातानलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको… पुरा पढौ

सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताए । जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको बताए । “सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो”, मुख्यमन्त्री पाण्डेले भने, “सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएका छन् ।” जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री… पुरा पढौ

डलरको भाउ अहिलेसम्मकै उच्च

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । यस्तै,… पुरा पढौ

पोउवा संघको सामाजिक विकास केन्द्रले मनायो बाल दिवस

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बिहीबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा नवप्रभात माध्यमिक विद्यालय पहिलो भएको छ । प्रतियोगितामा धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थीहरु दोस्रो हुँदा नयाँबस्ती सिकाइ केन्द्रले तेस्रो र प्रगतिटोल सिकाइ केन्द्रले सान्त्वना स्थान प्राप्त गरे । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संस्थाको सहयोगमा श्रमिक तथा न्यूनआय भएका परिवारका बालबालिका एवं श्रममा रहेका बालबालिकाको हितमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । केन्द्रले पोखराका विभिन्न क्षेत्रमा बालबालिकाको… पुरा पढौ

भीरकोट–पोखरा सामीप्य सदन मुना–कृष्ण अक्षयकोष स्थापना, चार विधामा पुरस्कार दिईने

पोखरा । भीरकोट–पोखरा सामीप्य सदनले भीरकोट–पोखरा सामीप्य सदन मुना–कृष्ण अक्षयकोष स्थापना गरेको छ । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका स्थायी घर भई हाल पोखरा–१७ विरौटा निवासी नेपाल सरकारका विशेष प्रहरी विभागका निवृत्त कायममुकायम प्रमुख कृष्णप्रसाद शर्मा रेग्मीले आफ्नी दिवंगत श्रीमती मुना शर्मा रेग्मीको स्मृतिमा ४० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । भीरकोट–पोखरा सामीप्य सदनले सञ्चालन गर्नेगरी अक्षयकोष स्थापना गरिएको सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीले जानकारी दिए । उक्त अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजबाट सदनले वार्षिक रुपमा चार जना फरक÷फरक क्षेत्रका विशिष्ट… पुरा पढौ

करमा छलकपट गर्नेलाई बढी दण्ड : प्रमुख कर अधिकृत शर्मा

पोखरा, ५ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणमा आधारित रहेकोले छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाइएको बताएका छन् । ‘हाम्रो कर प्रणालीमा राजश्व कार्यालयले कर निर्धारण गर्दैन, करदाता स्वयंले आफ्नो कर घोषणा गर्ने हो, त्यस्तोमा व्यक्ति इमान्दार हुनुपर्छ,‘उनले भने,‘व्यक्तिले गलत नगरोस् भन्ने हेतुले नै हाम्रो कर प्रणालीले जरिवाना, शुल्क,दस्तुर, ब्याजमा बढी नै रकम तोकेको छ ।’ प्रमुख कर अधिकृत शर्मा कर सप्ताहअन्तर्गत पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको कर… पुरा पढौ

लेक लाग्नबाट जोगाउने कोरियन अक्सिजन मास्कको पोखरामा डेमोस्ट्रेसन

पोखरा, कात्तिक ४ कोरियामा बनेको लेक लाग्नबाट जोगाउने अक्सिजन मास्कको पोखरामा डेमोस्ट्रेसन गरिएको छ । कोरियन कम्पनी सेभिङ स्टोरीले उत्पादन गरेको अभिनव मास्कको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा डेमोस्ट्रेसन गरिएको हो । ट्रेकिङ एजेन्सिज एशोसियन अफ नेपाल (टान) गण्डकीको आयोजनामा भएको कार्यक्रममा मास्क उत्पादन गर्ने कम्पनीका सञ्चालक हा ग्वाङ होले समुन्द्री तहबाट २ हजार ५ सय मिटर भन्दा बढी उचाईमा लेक (हाई अल्टिच्यूड) लेक लागेको अवस्थामा प्रयोग गरिने यो मास्क नासाबाटपनि प्रमाणित भइसकेको दाबी गरे । आगलागीको समयमापनि अक्सिजनका कारण निसासिएकालाई… पुरा पढौ

“व्यवसायिक सीप,रोजगारी र आत्मनिर्भरता तर्फको कदम”:गण्डकी प्रदेशमन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए । “आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ । दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि बमोजिम लगानी गरिरहेको छ ।”, उनले भने । मन्त्री थापाले काम गरेर कोहि… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । गत वर्ष सोही अवधिमा ६७ हजार चार सय ४२ जना पर्यटकले ‘एक्याप’को भ्रमण… पुरा पढौ

पूर्व गर्भनरको प्रश्न : उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?

पोखरा,२ मंसिर । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् ।उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्, त्यहाँ विदेशी लगानी पनि बढ्ने तर्क गरे ।पोखरा उद्योग वाणिज्य संघले आइतबार मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने,‘नीतिपछि बल्ल सरकार… पुरा पढौ