अर्थ

गण्डकी प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन र सम्मान

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो । नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गरे । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उनको छ… पुरा पढौ

माथिल्लो र तल्लो मनाङ आवतजावत विच्छेद

मनाङ । जिल्लाको माथिल्लो र तल्लो भागलाई जोड्ने पुलमा बाढीले क्षति पुर्‍याउँदा दुई भेगबीच आवतजावत पूर्णरुपमा विच्छेद भएको छ । जिल्लाको एक मात्र स्थलमार्गअन्तर्गत चामे गाउँपालिका–१ तिमाङ झरनामा आएको बाढीले मोटरेवल पुलमा क्षति पुर्‍याउँदा आवतजावतमा समस्या भएको हो । यही असार १७ गते तिमाङ झरनामा बाढी तथा ठूलाठूला ढुङ्गा र गेग्रानसँगै आएको पहिरोले मोटरेवल पुलमा क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । पुलमा क्षति भएपछि तल्लो मनाङका स्थानीयलाई सदरमुकाम पुग्न समस्या भएको स्थानीय फुर्वा लामाले बताए ।… पुरा पढौ

उत्पादक र उपभोक्तालाई जोड्दै पोखरा महानगरले सञ्चालन गरेको कृषि ‘एम्बुलेन्स’

गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पु(याएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत वर्ष वैशाख ५ गतेदेखि सेवा सुरुआत गरेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। कृषि एम्बुलेन्समार्फत हाल पोखरा महानगरपालिका वडा नं २२ पुम्दी भुम्दी, वडा नं २३ चापाकोट, घाँटीछिना,… पुरा पढौ

कुश्माको पहिलो, अग्लो र लामो पुलमा सवारीसाधन सञ्चालनमा रोक

पर्वत । जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । पुलबाट यात्रा गर्दा जोखिम निम्तिन सक्ने खतरा बढेकाले मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए। विसं २०६६ मा निर्मित कुश्मा–ज्ञादी झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेको छैन । मानिस पैदलयात्रा गर्ने पुलमा एकैपटक दर्जनौँ मोटरसाइकल गुडाउँदा दुर्घटनाको जोखिम… पुरा पढौ

हिलाम्मे खेतजस्तै सडक, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

बलेवा । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ । सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन । कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा… पुरा पढौ

सुनको मुल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नहोस

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ… पुरा पढौ

ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् भूजीखोलाका बाढीपीडित

ढोरपाटन । चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् । विसं २०७७ भदौ १७ गते राति ढोरपाटन नगरपालिका–८ र ९ स्थित भूजीखोलामा आएको बाढीले ३८ जनाको ज्यान लिएको थियो । बाढीमा १५ जना अझै बेपत्ता छन् । पीडितले जसोतसो घर बनाएर बसे पनि बाढीको त्यो त्रास भने बिर्सिन सकेका छैनन् । बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो । बाढीमा आफन्त गुमाएकाहरूको पीडा अहिलेसम्म पनि मत्थर… पुरा पढौ

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

गलेश्वर । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो । राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राखिने उनले जानकारी दिए । “रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौँ, ट्राफिक प्रहरीलाईसमेत… पुरा पढौ

पोखरा महानगरले गुमाएको राजश्वबारे अध्ययन गर्न लेखा समितिले बनायो अध्ययन उप–समिति

पोखरा, असार २० पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरपालिकाले गुमाएको राजश्वबारे अध्ययन गर्न उप–समिति बनाएको छ । लेखा समितिको हालै बसेको बैठकले मणिपाल शिक्षण अस्पताल, घाटहरु र पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने उडानलाई सहज बनाउन रिठ्ठेपानी डाँडा कटान गर्दा गुमेको राजश्व अध्ययन गर्न समितिका सदस्य रामजीप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय अध्ययन उप–समिति गठन गरेको हो । महालेखा परीक्षकको प्रतिवेदनले यी तीनै विषयमा महानगरले राजश्व गुमाएको बताएको छ । साथै प्रतिवेदनमा गुमेको राजश्व असुलउपर गर्न भनेर टिप्पणीसमेत महालेखा परीक्षकले लेखेपछि त्यस… पुरा पढौ