अर्थ

कास्कीको अन्नपूर्ण गाउँपालिकाद्वारा विपद् व्यवस्थापन कोष सञ्चालनमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ । त्यसका लागि पालिकाले राहत र पुनःस्थापना विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको छ । गत असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । “अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा विभिन्न विपद्जन्य घटनाका कारण गाउँपालिका भित्रका सडक, पुल, होटललगायत भौतिक संरचना, कृषि क्षेत्र तथा स्थानीय… पुरा पढौ

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा यही साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । अपराह्न ४ः०० बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित… पुरा पढौ

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमको आग्रह

नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत बताएको छ ।“काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेका छौँ”, निगमका निर्देशक विनितमणि उपाध्यायले भने । निगमका अनुसार आज भदौ २ गते… पुरा पढौ

सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र

महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रुपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गरी सङ्घीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवकलाई हरेक १५ दिन पुगेपछि अर्धमासिक रुपमा तलबभत्ता भुक्तानी गर्न पत्राचार भएको हो । अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शन अनुसार सङ्घीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले १५ दिन काम गरिसकेपछि तलबभत्ता उपलब्ध गराउन अनुरोध भएको छ । त्यस्तैगरी,… पुरा पढौ

कास्कीका दुग्ध उत्पादक किसानलाई दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण

गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत कास्कीका किसानलाई रु दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ४४ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यअनुसारनै उत्पादन भएको थियो । उक्त परिमाणमा दूध उत्पादन गरेबापत किसानलाई प्रतिलिटर रु पाँचका दरले सहकारी संस्थामार्फत प्रोत्साहन सहयोग उपलब्ध गराइएको कार्यालयका प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए । उनका अनुसार दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका… पुरा पढौ

मुक्तिनाथ मन्दिरमा भेटीको थुप्रो, ११ करोड ७६ लाख मौज्दात

मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु सात करोड १६ लाख ३२ हजार, सांग्रिला बैंकमा रु तीन करोड ९२ लाख ९५ हजार, प्रभु बैंकमा रु ५५ लाख ६४ हजार, नेपाल बैंकमा रु ११ लाख २३ हजार र माछापुच्छे« बैंकमा रु १७ हजार ५००… पुरा पढौ

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन । ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दासमेत नपाएको गुनासो गरिरहेका छन् । अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षकोे परिमाणमभन्दा बढी ग्यास आपूर्ति भइरहेको दाबी गरेका छन् । ती कम्पनीले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गरेकाले बजारमा अभाव देखिएको जनाएका छन् । गृहलक्ष्मी ग्यास कम्पनीले गत आवको साउनमा कास्कीमा ३७ हजार सिलिन्डर… पुरा पढौ

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । समितिका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो ।उनले भने,“हामीसँग ७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ । त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति यकिन गर्ने तथा उपलब्ध स्रोतको परिचालन गर्ने काम भइरहेको छ”, सहकारी क्षेत्रमा समस्या किन उत्पन्न भयो र यसको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने… पुरा पढौ

पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।कम्पनीका अनुसार अरबिटरमा ३।१ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ, जसले १५८ किलोमिटरको आइडीएस रेन्ज प्रदान गर्छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ तथा इको र पावर मोडजस्ता सुविधा उपलब्ध छन्। अरबिटरको प्रमुख विशेषतामध्ये १४ इन्चको… पुरा पढौ

ग्यासको अस्वाभाविक माग नबढाउन लेखनाथ उद्योग वाणिज्य सङ्घको अपिल

पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घले खाना पकाउने एलपी ग्यास आवश्यकताभन्दा बढी मौज्दात नराख्न उपभोक्तालाई अपिल गरेको छ। ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले एकैपटक धेरै सिलिन्डर खरिद गर्न थालेपछि बजारमा अस्वाभाविक माग बढेको भन्दै सङ्घले तत्कालको आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको हो। सङ्घले शनिबार सार्वजनिक अपिल जारी गर्दै नेपाल आयल निगम र एलपी ग्यास उद्योग सङ्घका अनुसार भारतबाट ग्यासको आयात नियमित भइरहेको र बजारमा ग्यासको वास्तविक अभाव नरहेको जनाएको छ। अभाव हुने त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी… पुरा पढौ