अर्थ

उत्पादक र उपभोक्ताको संगम स्थल बन्यो लेखनाथ महोत्सव

कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द बिन्दु बनेको हो ।महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीको दावी रहेको छ । महोत्सवमा राखिएका करिव… पुरा पढौ

उत्पादक र उपभोक्ताको संगम स्थल बन्यो लेखनाथ महोत्सव

लेखनाथ, ९ पुस ।कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द बिन्दु बनेको हो ।महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीको दावी रहेको छ ।… पुरा पढौ

१४ औं पोखरा महोत्सवको तयारी तीब्र,३३ वटै वडाबाट समावेस गर्न सुझाव

१४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा यही पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवको तयारी स्वरुप मंगलबार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भब्य बनाउन सम्पुर्ण एक भएर लाग्ने प्रतिवद्वता जनाएका छन । सो अवसरमा वोल्दै महोत्स्व सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव सञ्चालन गर्नुपर्ने… पुरा पढौ

पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा, सामाजिक कार्यसंगै कर्मचारी सम्मान

पर्यटकिय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत कर्मचारीहरु सरसफाईका सामग्री सहित सडकमा उत्रिए । उनीहरुले पार्क, मन्दिर लगायत वरपर झाडि फडानी सहित नाला सफाई गरे । नवौं वर्ष प्रवेशका अवसरमा होटलले सञ्चालक तथा कर्मचारीहरुविच शुभकामना साटासाट गरे । उत्कृष्ट कार्य गर्ने कर्मचारी सम्मान पनि गरियो ।सो सम्मानबाट कर्मचारी पुजा लामा सम्मानित भईन् ।… पुरा पढौ

सुनको मुल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई लाख ६८ हजार १००

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ५८ हजार ३००मा र चाँदी रु चार हजार १०५ मा कारोबार भएको थियो । सोमबार दुवै… पुरा पढौ

पोउवा संघले दियो ४४० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

पोखरा,८ पुस । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले  मंगलबार पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा लेखपढका सामग्री प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीसहित संघका अध्यक्ष गोकर्ण कार्की,पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनसहित संघका पदाधिकारी, कार्यसमितिका सदस्य एवं अतिथिहरुले सो विद्यार्थीहरुलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । किडासाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा र लेखपढका सामग्री प्रदान गरिएको हो । सामाजिक विकास… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने

पोखरा, पुस ८ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाईभ व्याण्ड प्रस्तुती दिने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । पुस १५ गते दिउँसो तमु (गुरुङ) समुदायको ल्होसार कार्यक्रम हुनेछ… पुरा पढौ

टान गण्डकीको प्रविधि पर्यटन प्रवर्द्धनमा ‘एआई’को प्रयोग सम्बन्धि तालिम शुरु

सन्देश श्रेष्ठपोखरा, पुस ८ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको प्रविधि पर्यटन प्रवद्र्दनमा एआईको प्रयोग सम्बन्धि तालिम पोखरामा शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र युएनडिपीको दीगो पर्यटन परियोजना अन्तर्गतको तालिम टान गण्डकीको आयोजनामा आजदेखि शुरु भएको हो । चार दिनसम्म चल्ने तालिममा एआई सम्बन्धि विज्ञहरुले पर्यटन प्रवद्र्दनमा एआईको प्रयोग, एआईको प्रयोगमार्फत अडियन्ससँग कसरी अन्र्तक्रिया गर्ने, अडियन्सलाई कसरी ईंगेज गर्ने, कन्टेन्ट कस्तो बनाउने ?, कन्टेन्टको भाषा, शब्द, लेख्ने कला, पोस्टर र सोसल मिडियाका लागि चाहिने तस्बिर निर्माण, एआईको… पुरा पढौ

फोहरजन्य वस्तु बिक्री गरी व्यास नगरपालिकाले १० लाख आम्दानी गर्यो

तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १० लाख ५९ हजार ७०४ आम्दानी गरेको हो । साउनदेखि मङ्सिरसम्म फोहर बिक्री गरी उक्त आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनका अनुसार पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कापी, किताब, गत्ता, टुक्रा कागज, सिसा बिक्री गरी उक्त आम्दानी भएको छ… पुरा पढौ

सुनको मुल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य एकैदिन ५ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्यमा २० रुपैया बढेर मंगलबार तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको… पुरा पढौ