अर्थ

गण्डकी प्रदेशसभा: बजेटको प्रभावकारी कार्यान्वयनमा सदस्यहरुको जोड

गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताईन् । बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उनको भनाइ छ । प्रदेशसभा सदस्य जितप्रकाश आले मगरले बजेट यथार्थपरक नभई बढी नारामा आधारित रहेको बताए । बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उनको भनाइ छ । रोजगारी र आयआर्जनका गतिविधि बढ्ने… पुरा पढौ

पोखरामा चोरी गर्न काठमार्डौबाट चोर !

पोखरा, ४ असार पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका प्रहरी प्रमुख एसपि नबिन कार्कीले बताएका छन् । शान्ति सुरक्षा सम्बन्धी अन्तक्रिया तथा नागरि सुनुवाई कार्यक्रममा एसपि कार्कीले पछिल्लो समय पोखरामा भएका ठुलाचोरीहरुमा काठमाडौंबाट चोरहरु आएको बताए । नुवारथोक टोलविकास सस्था पोखरा ७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका पोखरा ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको कार्यक्रममा स्थानीयले पोखरामा पछिल्लो समय चोरीका घटना बढेको बताएका थिए । एसपी कार्कीले… पुरा पढौ

पोखरा महानगरको नीति तथा कार्यक्रम : पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माणदेखि फिर्के खोलामा करिडोरसम्म

पोखरा, असार ४ पोखरा महानगरपालिकाले पोखरा बसपार्क निर्माण र फिर्केखोलामा करिडोर निर्माणलाई प्राथमिकता दिएर आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिकाको विहीबार भएको १९ औं नगरसभामा महानगर प्रमुख धनराज आचार्यले बसपार्क र फिर्के करिडोर निर्माणसँगै पर्यटनलाई अर्थतन्त्रको आधार बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । पोखरा पृथ्वीचोकमा बसपार्क निर्माणका लागि घर, टहरा हटाउने अभियान चलाईरहेको महानगरले सो अभियानलाई सार्थकता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको हो । मेयर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ,‘नगर विकास कोष… पुरा पढौ

पोखरा रंगशालामा यामाहाको ब्लु फेष्ट शुरु, नागरिकताकै भरमा बाईक/स्कुटर खरिद गर्न पाईने

पोखरा, असार ३ पोखरामा यामाहाको ब्लु फेष्ट शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक विक्रेता भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा रंगशालामा आजदेखि यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असार १० गतेसम्म हुने ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर ब्लु फेष्टमार्फत एक्सचेञ्ज अफर राखिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । मेघा एक्सचेञ्ज अफरमा… पुरा पढौ

झापाका चिया उद्योग भोलिबाट बन्द हुने

नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् । भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि झापास्थित चिया उद्योगीले उक्त कदम चालेका हुन् । नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब रु १२ देखि रु १४ अर्ब रहेको र त्यसमध्ये करिब रु पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक… पुरा पढौ

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई अति उत्तमको स्तरिकरण

पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले स्तरिकरण गरेको छ । कार्यालयले ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारा सहित स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेको हो । होटल, रेष्टुरेण्ट, चमेना गृह तथा क्याटरिङ व्यवसाय स्तरिकरण कार्यविधी अनुसार गरिएको मूल्याङ्कनमा टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले १०० अंक मध्ये ९२ अंक प्राप्त गर्दै ३ तारा (थ्री स्टार) अंकित ‘अति उत्तम’ श्रेणीको हरियो स्टिकर तथा प्रमाणपत्र प्राप्त गरेको हो । खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले लेकसाइडका अन्य… पुरा पढौ

गण्डकीको बजेट : फेवातालमा सेल्फी ब्रिज, रुपातालमा शिसाको पुल

गण्डकी प्रदेश सरकारले पर्यटन केन्द्रीत बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार ल्याएको बजेटमा पर्यटनको प्रमुख गन्तव्यहरु फेवाताल र रुपातालमा सेल्फी ब्रिज र शिसाको पुल बनाउन बजेट विनियोजन गरिएको छ । मन्त्री शेरचनले फेवातालमा फेवा होराइजन पेडेष्ट्रियन ब्रिज (सेल्फी ब्रिज) निर्माणका लागि र रुपातालमा शिसाको ब्रिज निर्माण कार्य अगाडि बढाउन बजेट विनियोजन गरेको बताए । तर त्यसका लागि निश्चित बजेट भने तोकिएको छैन । पुरा पढौ

राउण्ड फेवा : भ्यू फेवालाई पूर्णता दिईने

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले पर्यटनलाई विशेष प्राथमिकता दिएर बजेट ल्याएको छ । उद्योग तथा पर्यटनका लागि २ करोड बजेट विनियोजन गरेको गण्डकीले राउण्ड फेवा ः भ्यू फेवा कार्यक्रमलाई निरन्तरता दिएको छ । जस अन्तर्गत क्लोज सर्किटका लागि बजेट विनियोजन गरेको आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार ल्याएको बजेटमा उल्लेख छ । पुरा पढौ

गण्डकीको बजेट : कृषि र पर्यटन केन्द्रीत, पूर्वाधार निर्माणमा प्राथमिकता

सन्देश श्रेष्ठपोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि करीब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब १ करोड ९९ लाख १ हजार बढी हो । चालु आर्थिक वर्षमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ… पुरा पढौ

गण्डकीको बजेट ३३ अर्ब,पहिला घरदेश, अनि परदेश र लेक टु लेक कार्यक्रमलाई निरन्तरता

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि करीब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब १ करोड ९९ लाख १ हजार बढी हो । चालु आर्थिक वर्षमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ ।गण्डकीको बजेटमा चालुतर्फ १२… पुरा पढौ