अर्थ

नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो । आज दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर ७२ हजार चार सय ७७ पटक खरिद(बिक्री हुँदा रू दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० बराबरको कारोबार भएको छ । सबै समूहको… पुरा पढौ

नाइस नेपाल गार्मेन्ट उद्योग प्रालि आठौं वर्षमा

भदौ ३० पोखरा । पर्यटकीय नगरी पोखरामा गार्मेन्टका समान तयार गरी बजारमा विक्री वितरण गर्दै आएको नाइस नेपाल गार्मेन्ट उद्योग प्रालि आठौं वर्षमा प्रवेश गरेको छ । पोखराको लेकसाईडमा २०७३ साल भदौदेखि १० जना व्यवसायीले संयुक्त रुपमा नेपाली उत्पादनलाई प्राथमिकता दिई उद्योगको सुरुवात गरिएको कार्यक्रममा जानकारी गराइयो । उद्योगले सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज आयोजित उद्योगी र व्यवसायीबीचको अन्तरक्रियाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रवनकुमार प्रजापतिले उद्योगबाट पोखराको पहिचान झल्काउने किसिमका सामाग्रीहरू तयार… पुरा पढौ

बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी खेमराज खनाल

गल्याङ । स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालेका छन् । सात वर्ष विदेश बसेर फर्किएका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् । “विदेशमा नेपालीले कम्पनीमा जस्तोसुकै राम्रो काम गरे पनि पूरै कामदारले गाली खानुपरेको देख्दा अत्यन्त दुःख लाग्थ्यो, त्यो समय स्वदेश फर्केर केही गरौँ भन्ने हुन्थ्योे”, कृषक खनालले भने, “मैले होटलमा काम गर्थें, कोरोनाका कारण होटल बन्दभएपछि कम्पनीले घर पठाइदियो, मलाई पनि के खोज्छस् आँखो भनेजस्तै… पुरा पढौ

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आएका छन् । उनले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन् । सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बिक्री नहुँदा निराश बनेका छन् । गाउँमै दुग्ध सहकारी भए पनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेको उनीहरुको… पुरा पढौ

सिंगामा चिस्यान गृह निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह निर्माण गरिएको छ । कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले शीतभण्डार निर्माण गरेको हो । सिंगामा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ९० लाख विनियोजन गरिएको थियो । चिस्यान गृह निर्माणका लागि रु एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ लागत अनुमान गरिएकामा राजेशबाबु निर्माण सेवाले रु एक करोड ५१ लख २० हजार सात सय ३८ मा निर्माण गर्ने गरी २०७९… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरि, आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार… पुरा पढौ

आरकेडी उद्यमशिल महिला क्लवमा संगिता

पोखरा । आरकेडी उद्यमशिल महिला क्लवको अध्यक्षमा संगिता गौतम (तिमिल्सिना) चयन भएकी छन् ।पोखरामा बुधबार सम्पन्न क्लवको प्रथम अधिवेशनबाट तिमिल्सिनाको नयाँ कार्यसमिति चयन भएको हो । क्लवको उपाध्यक्षमा गिता शर्मा (तिमिल्सिना), सचिवमा हरिकला भूर्तेल (गौतम) सहसचिवमा कविता थापा (भुषाल, कोषाध्यक्षमा कविता थापा (अधिकारी) सहितको १७ सदस्यीय कार्यसमिति चयन गरिएको निर्वाचन संयोजक अधिवक्ता गिता आचार्यले जानकारी दिइन् । आरके होल्डिङ कम्पनीको भातृ संस्था समेत रहेको क्लवले महिलाहरुलाई उद्यमी बनाई आर्थिक उन्नती गर्ने उद्देश्य सहित स्थापित क्लवले विगत ३ वर्षदेखि महिला उद्यम… पुरा पढौ

तीजको दर आश्रमलाई सहयोग

पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिद्धारा नारिहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पोखरा–२५ हेम्जा स्थित मानव सेवा आश्रममा रु १५,०००। बराबरको खाद्यन्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेका छन् । पोखरा फोटोग्राफर संघ महिला उपसमितिले बर्षेनी केही रकम जोहो गरेर बिभिन्न असाहाय गरिव तथा असक्तहरुको लागी तीजको अवसर पारेर सहयोग गर्दै आएको कुरा महिला उपसमिति संयोजक रिता पौडेलले बताईन । सहयोग हस्तान्तरण संगै पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल, संरक्षक गणेश छविले तीजको शुभकामना… पुरा पढौ

हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्नेबारे पोखरा महानगर र कोइकाबीच प्रतिबद्धता पत्रमा हस्ताक्षर

पोखरा, भदौ २८ पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्नेबारे सम्झौता भएको छ । दुई संस्थाबीच रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालन सम्बन्धी सम्झौता भई विहीबार पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत भएको हो । प्रतिबद्धता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोइकाका उपप्रमुख युन यंग लीले हस्ताक्षर गरेका छन् । यसअघि दुई संस्थाबीच ३० अगस्ट २०२३ मा परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो । हाल यो परियोजना नेपाल सरकार र… पुरा पढौ

सुन प्रकरणको अनुसन्धान नरोकिने: सिआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्राल)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिए । बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२… पुरा पढौ