पोखरा । आरकेडी उद्यमशिल महिला क्लवको अध्यक्षमा संगिता गौतम (तिमिल्सिना) चयन भएकी छन् ।
पोखरामा बुधबार सम्पन्न क्लवको प्रथम अधिवेशनबाट तिमिल्सिनाको नयाँ कार्यसमिति चयन भएको हो । क्लवको उपाध्यक्षमा गिता शर्मा (तिमिल्सिना), सचिवमा हरिकला भूर्तेल (गौतम) सहसचिवमा कविता थापा (भुषाल, कोषाध्यक्षमा कविता थापा (अधिकारी) सहितको १७ सदस्यीय कार्यसमिति चयन गरिएको निर्वाचन संयोजक अधिवक्ता गिता आचार्यले जानकारी दिइन् ।
आरके होल्डिङ कम्पनीको भातृ संस्था समेत रहेको क्लवले महिलाहरुलाई उद्यमी बनाई आर्थिक उन्नती गर्ने उद्देश्य सहित स्थापित क्लवले विगत ३ वर्षदेखि महिला उद्यम सम्वन्धी गतिविधिहरु गर्दै आइरहेको नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले जानकारी दिइन् ।
यसअघि कार्यक्रमको आरकेडी कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कम्पनीका सञ्चालक धर्मराज भण्डारी, संगिता तिमिल्सिनाले कम्पनीका बारेमा प्रकाश पार्नुका साथै नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गिता शर्माले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







