अर्थ

कम्पनी रजिष्टार, ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय पोखरामा स्थापनाको माग

साउन २७ पोखरा । पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्टार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय कार्यालय स्थापनाको माग गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका उद्योग,पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ती माग राखेको हो । अध्यक्ष प्रजापतिले यी कार्यालय पोखरामा नहुँदा करदाताले ठूलो सास्ती व्यहोर्न परेको बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निजी क्षेत्रको माग संवोधनको लागि सरकारले पहल गर्ने बताए । अध्यक्ष प्रजापति, वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य… पुरा पढौ

नौलो घुम्ती नेपालको ६० घण्टे आधारभूत कम्प्युटर तालिम

साउन २७ पोखरा । नौलो घुम्ती नेपालकोे आयोजना र गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित ६० घण्टे आधारभूत तालिम शनिवार सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै कार्यक्रमका संयोजक मनकुमार राईले कम्प्युटरको आधारभूत ज्ञान वर्तमानको अनिवार्य आवश्यकता भएकाले संस्थाले परियोजना सञ्चालन गरेको बताए । नौलो घुम्ती नेपालका अध्यक्ष बद्री विनोद प्रतीकले सिकाइमा कहिल्यै पनि पूर्णता नहुने भएकाले तालिमका सिकेका कुरालाई व्यवहारमा अधिकतम लागू गर्न विद्यार्थीलाई सुझाए । परियोजनाका बारेमा बताउँदै कार्यक्रम संयोजक महेश विश्वकर्माले नौलो घुम्ती नेपालले ६–७… पुरा पढौ

पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार

गण्डकी । पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका हुन् । विसं २०७८ फागुन १ देखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यहाँका ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनगुनासो आउन थालेपछि मन्त्रालयले चालकलाई मिटर प्रणालीमा गुड्न सहमत… पुरा पढौ

आफ्नै बारीको तरकारी बेच्न दैनिकी दुई किलोमिटरको हिडाई

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त छन् । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने उनको दैनिकी नै बनेको छ । उनले मौसमअनुसार तरकारी खेती गरेका छन् । दैनिक कति किलो तरकारी बिक्री हुन्छ यसको कुनै हिसाब नै छैन उनसंग । “आफ्ने बारीमा फलाएको तरकारीको के हिसाब… पुरा पढौ

बलेवामा ऐतिहासिक ‘हरेलो मेला’को तयारी तिव्र

बलेवा । बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो । वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने प्रचलन बागलुङमा छ । घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो… पुरा पढौ

‘कञ्चन पत्रकारिता पुरस्कार’ हुम तमु र सुन्दर थकालीलाई अर्पण

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत भएका छन् । फोनिजको २४ औं स्थापना दिवसको अवसरमा आज (शनिबार) पत्रकार द्वयलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार अर्पण गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न स्वयम् पत्रकार नै जिम्मेवार हुनुपर्ने धारणा राखे… पुरा पढौ

तनहुँमा महिलाको नाममा जग्गा पास गर्ने बढे

गत आर्थिक वर्ष २०७९र८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार छ सय २८ पास भएको कार्यालयले जनाएको छ । गत आवमा जग्गा रजिष्टे«सन पास वापत रु २४ लाख चौरासी हजार छ सय दुई राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । महिला, दलित तथा जनजाति, सहिद परिवार, अपाङ्गता भएका, ज्येष्ठ… पुरा पढौ

पोखराबाट २४ तोला सुनसहित महिला पक्राउ

पोखरा, साउन २५ पोखरामा एक महिला २४ तोलासहित पक्राउ परेकी छन् । झापाको मोर्तामोड घर भई काठमाडौंको जोरपाटी बस्दै आएकी ४५ वर्षिया कल्पना गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले २८० ग्राम २९ मिलिग्राम अर्थात करीब २४ तोला सुनसहित पोखरा बसपार्कबाट पक्राउ गरेको हो । काठमाडौंबाट पोखरा आएको ग.१ ख.९९४४ नम्बरको बसमा सवार उनलाई पोखरा बसपार्कमा विहान ७ः२५ बजे बसबाट झर्ने क्रममा पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । बसबाट झरेकी गुरुङको शरिर खानतलासी… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा १ लाख १२ हजार बचत

साउन २४ पोखरा । सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार एक कार्यक्रमको आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो । अर्वाड कार्यक्रमको लागि २६ लाख ९९ हजार १२ रुपैयाँ आम्दानी भएकोमा २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च गरेर १ लाख ११ हजार ७ सय ५७ रुपैयाँ बचत भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । कोषाध्यक्ष कविता घर्ती मगरले पेश गरेको आय व्यय विवरण… पुरा पढौ

मालपोत कार्यालयबाट तीस करोड चौरासी लाख राजस्व सङ्कलन

तनहुँ जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा रु तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को तुलनामा गत आवमा रु १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा रु ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व सङ्कलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । आर्थिक वर्ष २०७९÷८० मा रजिष्टे«शन… पुरा पढौ