पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई विभिन्न व्यक्तिले शनिबार सहयोग गरेका छन् । सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङ, उपाध्यक्ष सुमित्रा गुरुङ, कार्यसमिति सदस्य एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी तिलक गुरुङ लगायतले पोखरा १७ दोबिल्लास्थित एकेडेमी अवलोकन गर्नेक्रममा विभिन्न व्यक्तिले सहयोग हस्तान्तरण गरेका हुन् । यसैक्रममा पोखरा १०, रामबजार घर भई हाल हङकङ निवासी पुष्पा गुरुङले सहारा एकेडेमीको अक्षयकोषमा २५ हजार, देवेन्द्रजंग महतको स्मृतिमा हङकङ निवासी उनकी श्रीमती कमला गुरुङले १५ हजार, पूर्व राष्ट्रिय खेलाडी…
पुरा पढौ