अर्थ

विश्वराज पौडेललाई २५ औं पोखरा सडक महोत्सवमा संयोजकको जिम्मेवारी

असार १४ पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको छ । त्यसैगरि सह–संयोजकमा सह–कोषाध्यक्ष वैभव पौडेल चयन भए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराई अध्यक्षतामा बुधबार पोखरामा बसेको कार्यसमिति तथा सल्लाहकार सहितको वैठकले पौडेलद्वयलाई संयोजक र सह–संयोजकमा चयन गरेको हो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित आउँदो… पुरा पढौ

राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली

लमजुङ । लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको छ । उनले भने, “हालसम्म दोर्दी… पुरा पढौ

वर्षाका समयमा ‘कल्भर्ट’ निर्माण सुरु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेबजारस्थित बामपाङ खोलामा वर्षाका समयमा कल्भर्ट निर्माण सुरु गरिएको छ । वर्षामा बाढी आउने जोखिम भए पनि आर्थिक वर्ष सकिन लाग्दा उक्त ठाउँमा कल्भर्ट निर्माण सुरु गरिएको हो । खोलामा असार २ गतेदेखि खन्ने काम थालिएको स्थानीय राजकुमार थापाले बताए । “एक वर्षसम्म काम नगरी आर्थिक वर्ष सकिन लाग्दा बाढीको जोखिम भएको ठाउँमा काम सुरु गरिएको छ । यसबाट बजेटको दुरुपयोग हुनेमा आशङ् पैदा भएको छ”, उनले भने । थापाले वर्षा लाग्ने समयमा खोला खनेर… पुरा पढौ

गाउँपालिकाको‘ मुख्यमन्त्री नवप्रवर्तन साझेदारी’ कार्यक्रमबाट तीन हजार लाभान्वित हुने

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी’ कार्यक्रममार्फत सात सय पाँच घरधुरीका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त कार्यक्रममार्फत एक हजार सात सय ६५ महिला र एक हजार सात सय ६४ पुरुष गरी तीन हजार पाँच सय २९ व्यक्ति प्रत्यक्ष लाभान्वित हुने भएका छन् । त्यसमध्ये चार सय दलित, बाह्मण क्षेत्री छ सय ७७, आदिवासी जनजाति दुई हजार दुई सय ९२ र अन्य एक सय ६० व्यक्ति रहेका छन् । उक्त कार्यक्रममार्फत गाउँपालिकाले उद्योग सञ्चालन गर्न लागेको जनाइएको… पुरा पढौ

बागलुङका स्थानीय तहका नीतिस् कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा

बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाको दुई पालिकाले कुकुर र बाँदर नियन्त्रणका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लाको बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने भएको छ, भने जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्नका लागि जङ्गलमै बाँदर बगैँचा बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको हो । जिल्ला सदरमुकाम रहेको बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिएर कुकुर होस्टेलमा राखिने भएको छ । नगरपालिकाले आर्थिक वर्ष… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको भाउ आज पनि ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले नै घटेको थियो । यस्तै, आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । पुरा पढौ

गण्डकी प्रदेशबाट उत्कृष्ट कृषकका रूपमा छानिए ढुङ्गाना

म्याग्दी । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारका लागि छनोट भएका छन् । म्याग्दी जिल्लाकै अगुवा कृषकका रूपमा परिचित ढुङ्गानाले सञ्चालन गरेका ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृषि सम्मानको सूचीमा समावेश भएको हो । वैदेशिक रोजगारीका लागि एक दशक खाडी मुलुकका विभिन्न देशमा बिताएर स्वदेश फर्किएपछि विसं २०७० देखि निरन्तर पशुपालनमा सक्रिय ढुङ्गानालाई उत्कृष्ट कृषि पुरस्कारबाट शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरिने प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था… पुरा पढौ

अघिअघि भेडाका बथान पछिपछि गोठाला: जङ्गलमै बित्छ गोठालाको जीवन

ढोरपाटन । अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथु्रक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन् । उनीहरू भेडीगोठाला हुन् । जेठ महिना लाग्नासाथ बेँसीबाट लेक चढेका उनीहरू अब असोज लागेपछि मात्रै गाउँ झर्छन् । ती ठाउँमा केही काठले त केही त्रिपालले बारेका स–साना गोठ पनि प्रशस्त देखिन्छन् । यही गोठमा बस्छन् ती गोठालेहरू । सहरबजारको कोलाहलभन्दा निकै टाढा रहेका उनीहरूलाई सुगम ठाउँको सेवा… पुरा पढौ

गण्डकीको बजेट खर्च ४७ प्रतिशत

गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९÷८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि रु. ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष सकिन लाग्दा रु. १७ अर्ब आठ करोड ९२ लाखमात्र बजेट खर्च भएको हो । असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी पुरानै समस्या हो । गण्डकीमा… पुरा पढौ

‘मन्त्रीमुखी’ बजेटले प्रदेशभरका जनता खुसी हुन सक्दैनन्: सांसद केसी

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको वार्षिक विकास पुस्तिका हेर्दा मन्त्रीको निर्वाचन क्षेत्रबाहेक अरु ठाउँका जनता खुसी हुने अवस्था नरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रतिष्ठानलगायतको आगामी आर्थिक वर्षको बजेटमाथि बुधबार आफ्नो धारणा राख्दै एमाले सांसद केसीले बजेट ‘मन्त्रीमुखी’ भएको टिप्पणी गरे । ‘मन्त्री ज्यूका जिल्लाको निर्वाचन क्षेत्रबाहेक अरु जिल्लाका जनता खुसी हुने अवस्था रहेन । कास्कीलगायत अन्य मन्त्री नभएका जिल्ला त हेरेको हेरै हुने अवस्था देखियो,’ उनले भने, ‘योजनाहरु मन्त्री केन्द्रीत… पुरा पढौ