अर्थ

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रको पछिल्लो अवस्था र सूचकका बारेमा आज छलफल गरेका छन् । उनले नेपाली उद्योगी व्यवसायीलाई ‘प्रमोट’ गर्नेजस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने र बढीभन्दा बढी नेपाली उद्योग तथा व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा क्रियाशील रहने बताए । अर्थमन्त्री डा महतले भने, “ज्ञानलाई सम्पूर्णरुपमा उपयोग गरेर ‘सिस्टम’मा भएको समस्यालाई धकेल्ने हो, समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।” छलफलमा उनलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । सांसदहरुको… पुरा पढौ

नीति तथा कार्यक्रम : ‘सरकारले पर्यटनलाई महत्व दिएको छ’ – व्यवसायी

जेठ ५ काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष महत्व दिएर प्रवर्द्धनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । कोरोना महामारीपछि पुरानै लयमा फर्किएको पर्यटनलाई थप चलायमान बनाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसहित सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा… पुरा पढौ

नीति तथा कार्यक्रम : हिमालको पानी बिक्रीदेखि रुग्ण उद्योग सञ्चालन गर्नेसम्म

जेठ ५ काठमाण्डौं । सरकारले स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गर्ने एवं अर्थतन्त्रको विकास र विस्तार गर्ने लक्ष्यका साथ ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्राथमिकताका साथ सहयोग गर्ने भएको छ । निजी क्षेत्रले अगाडि बढाएका यी अवधारणलाई सरकारले स्वामित्व लिँदै प्रमुख प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग, वाणिज्य र कम्पनी प्रशासनलाई सक्षम र सुदृढ बनाउनुका साथै विद्यमान नीतिगत, कानूनी तथा प्रक्रियागत… पुरा पढौ

नीति तथा कार्यक्रम : अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म

जेठ ५ काठमाण्डौँ । अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रण एवं उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले कूल एक सय ८८ बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकोे नीति तथा कार्यक्रममा संविधान र सङ्‍घीयताको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पूँजीगत खर्च वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, “राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा स्वाधीनता एवं रा‍ष्ट्रिय हितको… पुरा पढौ

पोखराको परिचय एड्भर्टाइजिङ स्थापनाको १३ औं वर्षमा प्रवेश

पोखरा। विज्ञापन लगानी हो खर्च होइन भन्ने उद्घोषका साथ वि.सं. २०६७ जेठ ५ गतेबाट सेवा आरम्भ गरेको परिचय एड्भर्टाइजिङ १३ औं बर्षमा प्रवेश गरेको छ। परिचयले डिजाइन, छपाई, इभेन्ट म्यानेजम्यान्ट, अनलाइन सञ्चार माध्यम, एलइडी स्क्रिनबोर्ड, होर्डिङबोर्ड, फ्याक्ट्री स्थापना र सञ्चालन गरी ३ दर्जनभन्दा बढी व्यक्तिलाई रोजगार दिँदै आएको छ। राज्यलाई कर तिरी उद्यमशीलताको पाठशालामा रूपान्तरित भएको छौं । परिचयले आफ्नो आयाम र आयातन निजी क्षेत्रबाट विस्तार गरेको जानकारी दिन पाउँदा हामी हर्षित छौं, सञ्चालक सोभित बस्यालले बताए । विज्ञापन भनेकै… पुरा पढौ

एक वर्षे प्रगति विवरण सहितको ‘अन्नपूर्ण दर्पण–१’ सार्वजनिक

जेठ ५ पोखरा । अन्नपूर्ण गाउँपालिका, कास्कीमा नयाँ नेतृत्व आएको एक वर्ष पुगेको छ । गत वर्ष वैशाख ३१ गते नेकपा एमाले उम्मेदवार रहेका विष्णुबहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी विजयी भएका थिए । जेठ ६ गते पदभार ग्रहण गरेका केसीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण शुक्रबार सार्वजनिक गरेका छन् । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवर, गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष अधिकारीले ‘अन्नपूर्ण दर्पण–१’ पुस्तक सार्वजनिक गरेका हुन् । एक वर्षमा १५… पुरा पढौ

राष्ट्रपति पौड्यालद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत जारी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौड्यालले सार्वजनिक गर्ने क्रम जारी छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै छ । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक सुरु भएको हो । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे… पुरा पढौ

असारसम्म सडक कालोपत्र नगरे निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी

बागलुङ । निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र भइसक्थ्यो । निर्माण व्यवसायीको चरम लापर्वाहीका कारण अहिले कुश्मिसेरा–नाम्दुक हुँदै राङ्खानी सडक अलपत्र परेको छ । दुई वर्ष पहिलै कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको सडकको चार वर्ष पुग्नै लागदा आधा मात्रै काम भएको छ । एक वर्षदेखि ठेकेदार सम्पर्कविहीन हुँदा अलपत्र सडकमा यात्रुलाई सास्ती भएको नारायणदत्त पाध्यायले गुनासो गरे। “अहिले बरेङमा कालोपत्र भइसक्यो तर कुश्मिसेराबाट राङ्खानीसम्म आउने सडक कालोपत्र… पुरा पढौ

अर्थतन्त्रमा निजी क्षेत्र : ३२ गुणाले बढे व्यवसाय

नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सार्वजनिक गरे । मन्त्री रिजालले औपचारिक रुपमा पहिलो पटक मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अवस्थितीको बारेमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेकोमा धन्यवाद दिए । सन् २०१२/१३ मा निजी क्षेत्रको योगदान ८६ दशमलव ६७ प्रतिशत थियो । कोरोना महामारी,… पुरा पढौ

सुनचाँदीकै भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ साताको छैठौँ दिन आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ