अर्थ

गण्डकीमा सबैभन्दा बढी आर्थिक वृद्धिदरको अनुमान

यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा तीन दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा दुई दशमलव एक, कोशी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा एक दशमलव आठ, मधेशमा एक दशमलव सात र बागमती प्रदेशमा एक… पुरा पढौ

तनहुँ प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

दमौली । तनहुँको व्यास नगरपालिका–९ माँझफाँटकी आसमाया विक नौ महिना पहिला वैदेशिक रोजगारका लागि दुवई पुगे । म्यानपावर कम्पनीमार्फत दुबई गएका उनले सम्झौता अनुसारको काम र तलब पाएनन्। वैदेशिक रोजगारमा जाँदा आफू ठगिएको महसुस भएको भन्दै विकले दुई महिना अत्यन्तै पीडादायी महसुस भएको बताए । विकले भने, “यातना पनि पाएँ, धेरै रोएँ, कहिले घर जाउँ जस्तो भयो । घरपरिवारलाई यसबारेमा जानकारी गराएँ, नेपाल फर्किन्छु जस्तो लाग्न छाड्यो ।” जानेबेलामा एउटा काम भन्यो उता गएपछि त्यो काम भएन, तलब पनि एक… पुरा पढौ

आज सुनचाँदीकै भाउ घट्यो, हेर्नुहोस कतिमा हुदैँछ कारोबार ?

सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ। साताको चौथो दिन आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको एक लाख एघार हजार एक सय रुपैयाँ थियो । यसैगरी ,आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

सडक पूर्वाधारको विकासले ग्रामिण क्षेत्रका स्थानियलाई सहज

बागलुङ । दुई वर्षपहिले बागलुङ–कुश्मिशेरा सडकको १० किलोमिटर खण्ड कालोपत्र भएपछि बलेवा क्षेत्रका कैयौँ गाउँमा सडक यात्रा सहज भएको छ । एक्काइस किलोमिटर बागलुङ–कुश्मिशेरा सडकको एक किलोमिटर खण्ड मात्रै कालोपत्र हुन बाँकी छ । सो सडकको एक्लेसालमा तीन वर्षपहिले खसेको पहिराले बेलाबेलामा दुःख दिने गरेको छ । अन्य ठाउँमा सडक सुविधाजनक छ । यही सडकलाई आधार बनाएर बागलुङको बेला क्षेत्रमा खोलिएका पहुँच मार्गमा समेत कालोपत्र र ढलान हुने क्रम चलिरहेको छ । कुश्मिशेरादेखि बरेङ गाउँपालिकाको मुकाम हुग्दिशिर जोड्ने सडक दुई… पुरा पढौ

संगम सहकारीको सेवा केन्द्र अब न्युरोडमा

पोखरा । पोखरा– १५ रामवजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लि.को न्युरोडस्थित सेवा केन्द्रको मंगलबार शुभारम्भ गरिएको छ । समुदायको पहिलो रोजाई संगम सहकारी उद्घोष गर्दै रामवजारमा २०६१ सालमा स्थापना भएको सहकारीले २० औं वर्ष पुगेको अवसरमा सेवाग्राहीको सुविधाको लागि महानगरपालिका कार्यलय नजिक पोखरा ९ न्युरोड स्थित हेल्लो स्टेशनरी भएको भवनमा सहकारीको सेवा केन्द्रबाट सेवा सुरु गरिएको हो । सेवा केन्द्रको पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गर्दै संगम सहकारी लामो समय देखि नै नितिनियम पुर्ण… पुरा पढौ

डिजल र मट्टीतेलको भाउ घट्यो, पेट्रोलको मूल्य यथावत्

पोखरा । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको छ । निगमले भारतबाट मूल्य घटेर आएपछि मंगलबार रातीदेखिनै लागु हुनेगरि डिजेल र मट्टीतेलको मूल्यमा समान १० रुपैयाँले घटाएको हो । पेट्रोलको मूल्य भने यथाव रहेको छ । मूल्य समायोजनसँगै डिजल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत्… पुरा पढौ

मृगौला पिडित गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकको आर्थिक सहयोग

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक उरीकी मृगौला पिडित लिना गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग हस्तातरण गरेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले आर्थिक सहयोग संकलन गरेर मृगौला पिडित लिनाका बुवा जगनप्रसाद गुरुङलाई आर्थिक सहयोग हस्तातरण गरेका हुन् । फाउण्डेशनका सस्थापक अमृत गुरुङले विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरेर ६ लाख ४१ हजार २ सय ६० रुपैयाँ जगनप्रसाद गुरुङलाई आज (मंगलबार) काठमाडौं टिचिङ अस्पताल परिसरमा हस्तातरण गरेका हुन् । अन्नपूर्ण –११ घान्द्रुक उरीकी ८ वर्षीय लिना… पुरा पढौ

महानगरको पेट्रोलपम्प अनुगमनः कस्तो पेट्रोल वितरण हुन्छ पोखराका पम्पहरुबाट ?

पोखरा । पोखरा महानगरपालिकाले पेट्रोलपम्पहरुमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा हेमजा, मालेपाटन, जरेबर र विरौटामा सञ्चालित पाँच वटा पेट्रोलपम्पमा अनुगमन गरिएको हो । अनुगमनमा पेट्रोलपम्पहरु परिणाम र गुणस्तरमा भने ठिकठाक भेटिए । पोखरा महानगरपालिकाले मंगलबार गरेको पेट्रोलपम्पको अनुगमनमा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको अनुगमन संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिए । महानगरमा सञ्चालित ५ पेट्रोलपम्पमा अनुगमन गरिएको थियो । हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुल आय स्टोर्स, मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब २९ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य एक प्रतिशतले ओरालो लागेर तीन सय ४९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लाग्दा दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।… पुरा पढौ

कास्कीमा किसानलाई प्रोत्साहनसँगै उत्पादन र उत्पादकत्वमा वृद्धि

गण्डकी । कास्कीस्थित जिल्ला सहकारी सङ्घ यतिखेर उत्पादनको सहज बजारीकरणका माध्यमबाट किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै उत्पादकत्व वृद्धिमा लागेको छ । पोखरा महानगरपालिका–७ शहीदचोकमा २०२६ सालमा कास्कीका सहकारी संस्थालाई कृषि सामग्री, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री सर्वसुलभ रुपमा गराउने उद्देश्यले साथ गठित सङ्घले हाल जिल्लामा गठन भएका संस्थाको विकास र प्रबद्र्धनका साथै स्थानीयस्तरमा उत्पादित दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको छ । सङ्घले स्थानीय दुग्ध उत्पादक सहकारी संस्थामार्फत सङ्कलित दूध सप्तगण्डकी दुग्ध उत्पादक सहकारी सङ्घसँगको सहकार्यमा लामो समयसम्म उद्योगबाट दैनिक… पुरा पढौ