अर्थ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ दशमलब १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलब ६१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ ।… पुरा पढौ

५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । “पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित बिजुलीेको परीक्षण सफल भएसँगै केही दिन अघिदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो”, आयोजनाका साइट इञ्चार्ज रमेश सिग्देलले भने, “हामीले एक महिनाअघि निर्माण गरेर आयोजनाको डिसेन्टर टनेलमा दुई तीन पटक पानी हालेर परीक्षण ग¥यौँ त्यसमा सफल भयौँ अनि १५ दिन जति उत्पादित बिजुली प्राधिकरणका कर्मचारीले परीक्षण गर्दा पनि सफल भयौँ ।” “अब… पुरा पढौ

पोखरामा असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

पोखरा । शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ । साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पु¥याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। केही स्थानमा क्षति पु¥याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए । वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए ।… पुरा पढौ

दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला

बागलुङ । पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो । जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा बजारमा शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी, पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । अनुगमनका क्रममा स्वास्थ्य उपचार… पुरा पढौ

बहुउद्देश्यीय कृषि फार्ममा कालिजदेखि भैँसीसम्म

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैँसीसम्म पालन गरिएको छ । कृषि र पशुपालनलाई एकीकृतरुपमा लैजाने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरिबहादुर खड्काले विसं २०७४ देखि बहुउद्देश्यीय फार्म सञ्चालनमा ल्याएका थिए । नेपालमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा उनले करोडौंँको लगानीमा उक्त फार्म सञ्चालन गरेका हुन् पाडापाडीसमेत गरी एक सय भैँसी रहेको सो फार्मबाट दैनिक तीन सय ५० लिटर दूध उत्पादन… पुरा पढौ

थ्राइभ ब्रोकरको शाखा दमौलीमा

पोखरा । थ्राइभ ब्रोकरेज हाउस प्रालि (स्टक ब्रोकर नं.१३)को शाखा कार्यालय तनहुँमा विस्तार भएको छ । विगत २६ वर्षदेखी घितोपत्र दोस्रो बजारमा सेवा दिदै आएको कम्पनीको शाखा कार्यालयको शुक्रबार व्यास नगरपालिका दमौलीमा उद्याटन गरिएको हो । व्यास नागरपालिका प्रमुख बैकण्ठ न्यौपानेले शाखाको उद्याटन गरेका थिए । १३ वर्ष पहिले पोखरामा शाखा स्थापना गरेको कम्पनीले दमौलीमा दोस्रो शाखा स्थापना गरेको हो । शाखा उद्याटनसगै उक्त अवसरमा धितोपत्र सेयर बजार सम्बन्धी लागानीकर्ता शिक्ष तथा सचेतना कार्यक्रम पनि सम्पन्न भएको कम्पनीका अध्यक्ष अनोजराज… पुरा पढौ

वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन्। पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडासँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिएका हुन्। शुक्रबार भएको छलफलमा पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सुझाव दिएका छन् । त्यस्तै अहिलेको अर्थतन्त्र सुधारका लागि वित्त नीति कसिलो र मौद्रिक नीति केही खुकुलो बनाउनुपर्ने सुझाव पूर्वअर्थमन्त्रीहरूले दिएका छन्… पुरा पढौ

याङ्जाकोटमा शुरु भयो बैशाख पूर्णिमा मेला

पोखरा, बैशाख २१ कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा बैशाख पूर्णिमा मेला शुरु भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको मेलाको स्थानिय समाजसेवी एकानसिंह गुरुङले उद्घाटन गरे । तीन दिनसम्म चल्ने मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले आफ्नै गाउँठाउँको विकासका लागि सबै जुट्नुपर्ने बताए । जन्मथलो छाडेर सहर पसेका होस् वा विदेश पुगेकालेपनि जन्मथलोको विकासमा योगदान गरे विकासले कोल्टो फेर्ने बताए । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मेलाले पर्यटन प्रवद्र्धनमा टेवा… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय ५७ दशमलव ९१ अङ्कमा पुगेको छ । नेप्सेका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । विभिन्न कम्पनीका २५… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ । महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ । पुरा पढौ