अर्थ

विश्वमै दुर्लभ मानिएको शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे

बागलुङ । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका-४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा पर्यटक आउने क्रम बढ्दै गएको छ । तीन वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा पर्यटक बढेका हुन् । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका-४ कुँडुलेमा रहेको तिरुपति बालाजी धाममा श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय… पुरा पढौ

पशुवस्तुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पशुवस्तुको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि एकदिने शिविरमा सात हजार पाँच सय ८० पशुवस्तुको स्वास्थ्योपचार गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोग र गाउँपालिका पशु शाखा तथा वडा कार्यालयको आर्थिक सहयोगमा वडा नं ४ रन्चोकमा शिविरमा आयोजना गरिएको पशुसेवा विज्ञ केन्द्र गोरखाका अधिकृत तथा सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिए । “शिविरमा विभिन्न एक सय ३७ शीर्षकमा पशुवस्तुको उपचार गरिएको थियो”, सूचना अधिकारी डा अर्यालले भने, “सो… पुरा पढौ

लेकसाईड मदिरा ब्यवशायी समितिद्वारा विशेष गजल बाचन सहित भित्तेपात्रो बिमोचन

पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको लेकसाईड मदिरा ब्यवशायी समितिले विशेष गजल वाचन कार्यक्रम सहित नया वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ । विभिन्न श्रष्टाहरुको गजल बाचन सहित उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशी, लेकसाईड मदिरा ब्यवशायी समितिका अध्यक्ष रोशन देवकोटा लगायतले नयाँ वर्षको भित्तेपात्रो बिमोचन गरेका थिए । सो अवसरमा वोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नबराज… पुरा पढौ

‘ब्याजदर घटाए बिग्रिएको अर्थतन्त्र ट्रयाकमा आउँछ’

पोखरा, बैशाख १६ नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल मोवाईल ईम्पोटर्स एशोसियसनका केन्द्रीय अध्यक्ष दीपककुमार मल्होत्राले अर्थतन्त्र सुधार्नका लागि ब्याजदर घटाउनु अनिवार्य भएको बताएका छन् । नेपाल मोवाईल वितरक संघको केन्द्रीय साधारण सभालाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले समस्याग्रस्त अर्थतन्त्र बन्नुको मुख्य कारण महंगो ब्याजदर भएको बताएका हुन् । अर्थतन्त्र सुदृढ गर्न ब्याजदर घटाउनै पर्ने बताउँदै उनले भने,‘जबसम्म ब्याजदर घट्दैन तबसम्म अर्थतन्त्र सुदृढ हुँदैन ।’ ब्याजदर घटाउने वित्तिकै बिग्रिएको अर्थतन्त्र ट्रयाकमा आउने उनको दाबी थियो । मल्होत्राले ब्याजदर कुनैपनि… पुरा पढौ

आपसी सहकार्यका विषयमा राजदूतसँग छलफल

वैशाख १६ पोखरा । होटल संघ पोखरा नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनविच आपसी सहकार्यका विषयमा हालै पोखरामा छलफल भएको छ । सो अवसरमा संघका महासचिव राजेन्द्र ढकाल र टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका बारेमा जानकारी गराएका थिए । अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरु संवेदनशील रहेको बताउँदै महासचिव ढकालले विगतमा अमेरिकी दुतावासँग संघ नजिक रहेर काम गरेको र भविश्यमा पनि त्यसस्तो सहकार्यप्रति आफूहरु आसावादी रहेको भनाई राखे । पछिल्लो समयमा नेपाल घुम्न… पुरा पढौ

वात्सल्यको भक्तपुरमा नयाँ शाखा, निःशुल्क आई.यू.आई र अल्ट्रासाउण्ड सेवा

काठमाण्डौँ । वात्सल्य नेचुरल आई. भी. एफ.ले भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । निःसन्तान सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्यले नयाँ वर्षबाट संचालनमा ल्याइएको क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा वसोबास गर्ने दम्पतिलाई सहजता प्रदान गर्ने कार्यकारी निर्देशक प्रशान्त सुवेदीले विश्वास व्यक्त गरे । नयाँ शाखा सञ्चालनको अवसरमा भक्तपुरबाट सीमित समयका लागि अल्ट्रासाउण्ड र आई.यू.आई निःशुल्क प्रदान गरिने उनको भनाइ छ ।उनले भने, “नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर हामीले सिमित समयका लागि अल्ट्रासाउण्ड र… पुरा पढौ

बजेट अभावले पर्वतका ७६ खानेपानी योजना अधुरै

लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका छ दर्जनभन्दा बढी खानेपानी योजना अधुरै छन् । एक घर एक धारा पु¥याउने लक्ष्यसहित विसं २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका करोडौँ लागतका ती आयोजना दशकौँ बितिसक्दा पनि बजेट अभावमा अलपत्र बनेका हुन् । जिल्लाका सातवटै पालिकामा रहेका ती योजनालाई पूर्णता दिन तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन नगरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । उक्त कार्यालयका इञ्जिनियर शिवशङ्कर शाहका अनुसार हाल जिल्लाभर रु तीन करोडदेखि रु २० करोड लागत… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सुपर मादी हाइड्रोको साथ

सुपर मादी हाइड्रो पावर लिमिटेडले सातौं पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने भएको छ । कास्कीको मादी गाउँपालिकामा रहेको सुपर मादीले लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । सहयोग सम्बन्धमा सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योती ढुंगाना र मञ्चका अध्यक्ष दीननाथ बरालबिच शुक्रबार मौखिक सहमती भएको उनले खुलाए । वर्षायाममा ४४ मेगावाट क्षमताको सुपरमादीले अहिले १५ मेगावाट उत्पादन गरिरहेको प्रशासकिय अधिकृत सम्झना थापा क्षेत्रीले जनाइन् । आयोजनाबाट वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली… पुरा पढौ

अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही रु दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले आज अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय… पुरा पढौ

सेलवेयजको नयाँ शाखा पोखराको अमरसिंहमा

वैशाख १४ पोखरा । पोखराबाट सेवा शुरु गरेको सेलवेजले पोखरामा थप अर्को शाखाबाट सेवा विस्तार गरेको छ । सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्यपसलबाट शुरु गरेर सेलवेजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको छ । अहिले पोखरा १० अमरसिंह चोक थप नयाँ शाखा शुक्रबार देखी सञ्चालनमा ल्याउन लागेको सेलवेज तथा सेल्लबेरी गण्डकी प्रदेशका प्रमुख व्यवस्थापक दयाल गिरीले जानकारी दिए । सेलवेजले पोखरा र काठमाडौका विभिन्न ठाउँमाबाट सेवादिदै आएको छ । पोखरामा यो सातौ शाखा हो भने सेलवेयज र… पुरा पढौ