अर्थ

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास

बागलुङ । बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका छन् । हेलिकप्टरमार्फत विदेशी पर्यटक आउने गरेको बागलुङ नगरपालिका–१० भकुण्डे घरबासमा विश्व भेगन अर्गनाइजेशनले पहिलो पटक पदमार्ग हुँदै कोरोना अघिदेखि विदेशी पर्यटक भित्र्याउन थालेको थियो । हालसम्म सो संस्थाले भकुण्डेमा लगातार विदेशी पर्यटक भित्र्याइरहेको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए । “केही विदेशी पर्यटक भकुण्डेमा आउने गरेका रहेछन्, अत्यधिक… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको क्यालेन्डर बिमोचन

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०८० सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष केशब बहादुर खत्रीले बुद्व विशाल बजारमा ग्राहक बर्गलाई देखिएको पार्किङ समस्यालाई चाडैन समाधान गर्नको लागिएको बताउदै अध्यक्ष खत्रीले ब्यवसायिक साथीहरूको हकहितको लागी गठन गरिएको एशोशियसन सधै नै ब्यवसायी साथीहरूको साथमा रहिरहने बताए । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक ईन्द्रराज अर्यालले संस्थालाई चलायमान बनाउनको लागी एशोशियसनले यस्ता नियमित कार्यक्रमहरू… पुरा पढौ

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ । साताको पाचौँ दिन आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलामा १ लाख ९ हजार तीन सय रुपैयाँ थियो । यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिराको प्रकोपमा पहिलो नम्बरमा परेको हो । पहिराकै कारण हरेक वर्ष यहाँका नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दस स्थानीय तहबाट सङ्कलन गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक… पुरा पढौ

मिटरब्याज पीडितसँगको आजको वार्ता सकारात्मक

काठमाण्डौं । सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता आज सकारात्मक रुपमा टुङ्गिएको छ । सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले उनीहरुका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको जानकारी दिए । आइतबार शान्तिवाटिकामा भएको वार्ता आज भने गृह मन्त्रालयमा भएको थियो । “आजको वार्तामा उनीहरुका माग सुन्ने काम भयो, हामीले टिपोट गरेका छौँ, नीतिगत रुपमा समाधान के गर्न सकिन्छ भनेर छलफल पनि भयो”, कोइरालाले भने, “माग कसरी सम्बोधन गर्न सकिन्छ र विकल्प के हुनसक्छ… पुरा पढौ

आलु महोत्सवमा कृषक र विज्ञ बीच अन्र्तक्रिया

चैत २७ पोखरा । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत सोमवार कृषक र विज्ञ बीच अन्र्तक्रिया भएको छ । पोखरा महानगरपालिका कृषि महाशाखाको सहजीकरणमा भएको उक्त कार्यक्रमका बीच किसानहरुले कृषि पेशा गर्दा आइपर्ने अप्ठ्यारो, कृषि उत्पादन तथा बजारीकरण सम्बन्धमा देखिएका विभिन्न समस्या एवम् चुनौतीबारे जिज्ञासा राखे । त्यस अवसरमा किसानहरुको जिज्ञासाको जवाफ वरिष्ठ वाली संरक्षण अधिकृत शालिकराम अधिकारी, आलु विज्ञ श्यामप्रसाद ढकाल, कृषि महाशाखा प्रमुख मनोहर कडरियाँ, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सीना, हेमजाका… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड समक्ष पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न पोख्रेलीको माग

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पोखराका उद्योगी, व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका छन् । आज पोखरा पर्यटन परिषदको नेतृत्वमा काठमाडौं पुगेका व्यवसायले बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने, पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने लगायतका माग प्रधानमन्त्री समक्ष राखेका हुन् । सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममात्रैको नबनाउन आग्रह गरे । ‘तपाईं आफैंले उद्घाटन गरेको विमानस्थल अहिले नाम अन्तर्राष्ट्रिय तर उडान काठमाडौंजस्तो मात्र भएको… पुरा पढौ

सेयर बजारमा एकल अंकको सामान्य वृद्धि 

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो ।… पुरा पढौ

भन्सार अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन: नतिजा दिनेगरी काम गर्नु

अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् । भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । “आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु के हुन् तपाईंहरुलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरुलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।” आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख गर्दै उनले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर… पुरा पढौ

मिटरब्याज पीडितको दोस्रो समूहसँग आजदेखि वार्ता सुरु

काठमाण्डौं । सरकारी वार्ता टोलीले आजदेखि मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरु गरेको छ । शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर आज पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए । “आज दुवै तर्फका वार्ता टोलीबीच परिचय भयो, भोलि १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ, कोइरालाले भने, “दुवै पक्ष पीडितकै तर्फबाट कसरी समस्या समाधान गर्न सकन्छि भन्नेमै रहेकाले प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय मुख्य छ ।” यसअघि मिटरब्याज पीडितको… पुरा पढौ