अर्थ

बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले रू सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने रू छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको राजस्व सङ्कलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ । यो अवधिमा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२ दशमलव ७… पुरा पढौ

सुनचाँदीको भाउ आज यथावत्

आज सुनचाँदीको भाउ आज यथावत् छ । हिजो तोलामा १६ सय रुपैयाँले बढेको आज सुन तोलामा एक लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको भाउ पनि यथावत् छ । चाँदी तोलाको एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । पुरा पढौ

मखमलको जुत्ता बनाउने तालिम सम्पन्न

फागुन ३० पोखरा । मखमलको जुत्ता बनाउने १५ दिने तालिम मंगलबार सम्पन्न भएको छ । नेवाः मिस पुच कास्कीको आयोजना, नेवाः खल कास्की, नेवाः ल्याम्ह पुच कास्कीको सहआयोजना तथा पोखरा महनगरपालिका वडा ९ र सिटिइभिटीको सहयोगमा सञ्चालित तालिम सम्पन्न भएको हो । २५ जना प्रशिक्षार्थी सहभागी भएको तालिम फागुन १५ गते बाट ३० गते सम्म नेवाः छे भिमसेन टोलमा भएको थियो । तालिमको प्रशिक्षकको रुपमा सृजनशील महिला समुह तथा सिप बिकास केन्द्र काठमाडौंका अध्यक्ष दिपा शाक्य रहेकी थिइन् । गण्डकी… पुरा पढौ

कोसेली घरमा गिठा भ्याकुरदेखि कैदीबन्दीले बनाएका मुढासम्म

तनहुँ । तनहुँ जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठाभ्याकुर र सिस्नोदेखि कारागारका कैदीबन्दीले उत्पादन गरेका मुढा बिक्री वितरणका लागि राखिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी समिति तनहुँले सञ्चालनमा ल्याएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठा भ्याकुरका साथै घरेलु उत्पादन बिक्री वितरणका लागि राखिएको हो । महिला उद्यमीलाई उद्यमशील बनाउने उद्देश्यसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, पर्यटन तथा उद्योग कार्यालय र व्यास नगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको समितिकी अध्यक्ष कल्पना… पुरा पढौ

बैंक तथा फाइनान्सले घटाए ब्याजदर

काठमाडौ । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले सङ्घ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताए । हाल… पुरा पढौ

पोखराको रुपाताल छेउमा सिस्टेनी मेला

पोखरा । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ । मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमा अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताए । ‘रुपाताल छेउमा पहिले चैते… पुरा पढौ

सुनको भाउ आज १६ सय रुपैयाँले बढ्यो: अझै बढ्ने अनुमान

सुनको भाउ लगातार बढ्न थालेको छ। साताको तेस्रो दिन आज तोलामा सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो भने अस्ति तोलामा १ हजार ७ सय रुपैयाँले बढेको थियो । भाउ अझै बढ्ने अनुमान छ । यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको… पुरा पढौ

वडा कार्यालयको महत्वपूर्ण विषयमा जानकारी लिन महानगर सार्वजनीक लेखा समितिको अनुगमन

फागुन २९ पोखरा । पोखरा महानगरपालिका सार्वजनीक लेखा समितिले वडा कार्यालयको लेखा प्रणाली, आर्थिक, प्रशासनीक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा अनुगमन सुरु गरेको छ । वडा कार्यालयमा सम्पादन हुने लेखा सम्वन्धि कार्यहरु पारर्दशी भए नभएको, खर्च र आम्दानीका विषयमा अनुमगन गदै वडाका जनप्रतिनिधिसंग छलफल गरेको छ । लेखा समितिले सोमबार पोखरा महागनर वडा नम्वर १० बाट अनुगमन सुरु गरेको हो । लेखा समितिका सभापति झपट रानाभाट, सदस्यहरु बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेल, लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्याय… पुरा पढौ

सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान

काठमाण्डौं । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो । “रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेछ ।” कृषि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने… पुरा पढौ

मौलिक संस्कृति पुगेन घरबासमा

कुश्मा । महिना दिनअघि नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले गुरुङ गाउँ आर्थर डाँडाखर्कमा खबर शिविर सञ्चालन ग¥यो । गाउँका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई उजागर गर्न सञ्चारकर्मीको समूह आर्थर डाँडाखर्क पुगेको थियो । समुदायस्तरमा सञ्चालित घरबास (होमस्टे) मा, कला, संस्कृति, स्थानीय रहनसहन, खानपिन र गाउँको मौलिकतालाई नजिकदेखि हेर्ने र बुझ्ने उत्सुकता सञ्चारकर्मीमा देखिन्थ्यो । “गुरुङ समुदायको आफ्नै मौलिक परम्परा र संस्कृति पुस्तान्तरण नहुँदा हराउँदै गएको छ । बसाइँसराइका कारण गाउँ रित्तिँदै जान थालेपछि यानीमाया, सुनीमाया, सालै जो भाका सुनिन… पुरा पढौ