म्याग्दी । छन्त्याल, थकाली, मगरलगायत विभिन्न जनजातिको बसोबास रहेको म्याग्दीमा स्थानीय लोककला र संस्कृतिको संरक्षण गर्न जिल्लाका विभिन्न स्थानमा परम्परागत मेला जात्रा लाग्ने गरेका छन् । जिल्लाका बेनी, गलेश्वर, वरङ्जा, नारच्याङ, दोवा, पाखापानी, कुँइनेमङ्गले लगायतका स्थानमा जातीय संस्कृति झल्कने र सामाजिक सद्भाव कायम हुने खालका मेला लाग्ने गरेका छन् । त्यसका साथै तीज, जनैपूर्णिमा, माघेसङ्क्रान्ति, तुलसीपूर्णिमा, आगो देउ, लिङ्गो ठड्याउने त्यहाँका प्रसिद्ध मेला तथा पर्व भएका म्याग्दीको लोक संस्कृतिका जानकार प्रकाशकुमार श्रेष्ठले बताए । जनैपूर्णिमामा जिल्लाको प्रसिद्ध धार्मिकस्थल रिखार क्षेत्रमा…
पुरा पढौ